ब्युनस आयर्स। अर्जेन्टिनाका विभिन्न अस्पतालमा ब्याक्टेरियाबाट सङ्क्रमित भएको फेन्टानिलको मात्रा बिरामीलाई दिँदा कम्तीमा ८७ जनाको मृत्यु भएको छ।
गत मेदेखि एक अदालतले क्लेबसिएला निमोनिया र राल्स्टोनिया पिकेटी नामक ब्याक्टेरियाबाट सङ्क्रमित औषधिको प्रयोगका कारण कतिजनाको मृत्यु भएको हो भन्ने पत्ता लगाउने प्रयास गरिरहेको छ ।
त्यसयता मृतकका परिवारका सदस्यले न्यायको माग गर्दै अस्पताल बाहिर प्रदर्शन गरेका छन् ।
अर्जेन्टिनाको औषधि नियामक निकाय अनमतले दायर गरेको उजुरीका आधारमा अनुसन्धान सुरु भएको हो । उजुरीमा सङ्क्रमित औषधिका कारण अस्पतालमा उपचार गराइरहेका बिरामीको समस्या बढेको र केहीको मृत्युसमेत हुन पुगेको अनमतका एक कर्मचारीले नाम नबताउने शर्तमा एएफपीलाई बताए।
अनुसन्धानको नेतृत्व गरिरहेका न्यायाधीश अर्नेस्टो क्रेप्लाकले बुधबार प्रकाशित एक लेखमा ब्यूनस आयर्स शहर र अन्य तीन प्रान्तमा बिरामीको मृत्यु भएको बताएका छन् ।
कम्तीमा २४ जनालाई सोधपुछ गरिएको छ र उनीहरूको सम्पत्ति अदालतले जफत गरेको छ।
एचएलबी फर्मा र रामालो ल्याबोरेटरीजका मालिक एरियल फुर्फारो गार्सियालाई औषधिको प्रयोगमा सावधानी नअपनाएको भन्दै पक्राउ गरिएको छ ।
उनले उक्त दाबीको खण्डन गरे र एक पूर्व सहकर्मीले मिडियामा यसबारे अफबाह फैलाएको आरोप लगाए ।
गार्सियाले दैनिक पत्रिका क्लारिनसँग भनेयो, “यो मिडियाले मनगढन्ते आरोप लगाएको छ। सबै क्लिनिकल हिस्ट्रीले बिरामीहरूमा अन्य अधिक खतरनाक ब्याक्टेरियाहरू थिए र उनीहरू गम्भीर स्वास्थ्य समस्या भएका व्यक्तिहरू थिए।”
‘द नेशन’का अनुसार देशका आठवटा अस्पताल र स्वास्थ्य केन्द्रमा सङ्क्रमित औषधिको पाँच वटा ‘ब्याच’ वितरण गरिएको छ र अनुसन्धानका क्रममा २०० अस्पतालको ‘क्लिनिकल हिस्ट्री’ हेरिएको छ।
दुई साताअघि ब्यूनस आयर्सबाट ६० किलोमिटर दक्षिणमा पर्ने ला प्लाटामा रहेको इटालियन अस्पताल बाहिर मृतकका आफन्तले प्रदर्शन गर्दै ‘फेन्टानिल पीडितका लागि न्याय’ को माग गरेका थिए।
अलेजान्ड्रो अयालाले ३२ वर्षको उमेरमा आफ्ना भाइ लियोनेलको मृत्यु भएको एएफपीसँग बताउनुभयो। उहाँले भन्नुभयो, “फेन्टानिलका कारण केही दिनमै उहाँको मृत्यु भएको हो ।”
विशेषज्ञहरूले नयाँ मेडिकल रेकर्डहरूको समीक्षा गरिएको र अस्पतालहरूमा सङ्क्रमितको सङ्ख्या पुष्टि गरिएको छ।
यद्यपि, आजसम्मका कुनै पनि मृत्यु फेन्टानिलसँग सम्बन्धित भएको रिपोर्ट गरिएको छैन।
अर्जेन्टिनाको संसद्ले बुधबार यस मुद्दासँग सम्बन्धित २६ वटा प्रश्न सरकारको कार्यकारी शाखामा पेश गरेको छ, तर त्यसको जवाफका लागि कुनै समयसीमा तोकिएको छैन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०८३ - १७:४१
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाएका छन्। राष्ट्रपति कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिअनुसा...
बैशाख २० गते, २०८३ - १७:२८
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सातौँ अध्यादेश जारी गरेका छन्। उनले आइतबार ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८३’ जारी गरेका हुन्। य...
बैशाख २० गते, २०८३ - १७:१८
काठमाडौं । सम्पत्ति शुद्धीकरण कसुरमा रामबहादुर बम्जन ले सफाइ पाएका छन्। जिल्ला अदालत सर्लाहीले उनलाई आरोप पुष्टि हुन नसकेको ठहर गर्दै सफाइ दिएको हो। ...
बैशाख २० गते, २०८३ - १६:३४
नेपालगन्ज। स्तरोन्नतिको चरणमा रहेको नेपालगन्ज–गुलरिया सडक खण्डको खजुरा बजार क्षेत्रको सडक फराकिलो बनाउन माग गर्दै स्थानीयबासीले दवाव दिन हस्ताक्षर सङ्...
बैशाख २० गते, २०८३ - १६:२३
रुकुम पश्चिम । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले क्रान्तिको सपना अझै पूरा नभएको बताएका छन्।...
बैशाख २० गते, २०८३ - १६:१४
काठमाडौँ। बङ्गलादेशको राजधानी ढाकामा आयोजित ‘इम्पेरियल फोटो जर्नालिस्ट अप्रिसिएसन अवार्ड २०२६’ बाट नेपालका १० जना फोटोपत्रकार सम्मानित भएका छन् । ब...
बैशाख २० गते, २०८३ - १५:५५
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार बन्न चाहने सदस्यहरूका लागि नयाँ योग्यता मापद...
बैशाख २० गते, २०८३ - १५:४९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उद्योगी व्यवसायीहरूलाई डर–त्रासमा नपर्न आग्रह गरेका छन्। आइतबार निजी क्षेत्रक...
बैशाख २० गते, २०८३ - १५:४२
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली को हाल राजनीतिक भेटघाट नियन्त्रित गरिएको छ। हालै पत्थरीको शल्यक्रिया गरेका उनी ...
बैशाख २० गते, २०८३ - १४:०५
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले स्वतन्त्र प्रेसबिना सुशासन, पारदर्शिता र जनविश्वास मजबुत हुन नसक्ने बताएका छन् । ...


प्रतिकृया लेख्नुहोस्: