काठमाडौं । छलफलका लागि होटेलमा बोलाएर श्रीमतीको हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । काठमाडौंको बुढानीलकण्ठ-२, भंगालका २८ वर्षीय सन्तोष सेन्चुरीलाई प्रहरीले शनिबार भारतबाट पक्राउ गरी ल्याएको हो ।
गत साउन २७ गते उनले नयाँ बसपार्कस्थित कोशी होटेल एन्ड लजको कोठा नम्बर २०१ मा आफ्नी २७ वर्षीया श्रीमती ललिता विकको घाँटी थिचेर हत्या गरेका थिए । हत्या गरेपछि शव बक्स-पलङभित्र लुकाएका थिए ।
भोलिपल्ट ललिताका भाइले दिदी हराएको उजुरी गरेपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । प्रहरी वृत्त महाराजगन्जले सन्तोषसँग सोधपुछ गर्दा उनले केही थाहा नभएको बताएर श्रीमती खोज्न गएको नाटक गरेका थिए । साउन २९ गते उनी भारत भागेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पर्साबाट पक्राउ गरेको हो ।
एसपी अन्जु जिसीका अनुसार सन्तोष र ललिताबीच सम्बन्ध राम्रो थिएन । सम्बन्धविच्छेदको विषयमा उनीहरू छुट्टाछुट्टै बस्दै आएका थिए । सन्तोषको प्रेमिकासँगको सम्बन्धलाई लिएर उनीहरूबीच बारम्बार विवाद हुँदै आएको थियो । सम्बन्धविच्छेदबारे छलफल गर्न भन्दै सन्तोषले ललितालाई होटेलमा बोलाएर हत्या गरेका हुन् ।
साउन २९ गते होटेलको कोठाबाट गन्ध आएपछि होटेल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले कोठा खोलेर हेर्दा ललिताको शव फेला परेको थियो । पक्राउ परेपछि सन्तोषले घाँटी थिचेर हत्या गरेको स्वीकार गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: