काठमाडौं । सत्ता साझेदारीको आधार बनेको कांग्रेस–एमाले गठबन्धन नीतिगत र कानुन निर्माणका मूल प्रश्नमा भने दिनप्रतिदिन टाढिँदै गएको छ । सरकार गठनको मुख्य औचित्य मानिएको संविधान संशोधनमै दुई दलका प्राथमिकता र अडान छुट्टै देखिनु यसबीचको असमझदारीको मुख्य उदाहरण हो ।
संविधान संशोधनमै मतभेद
कांग्रेस तत्काल कार्यदल गठन गरी संशोधनका बुँदा पहिचान गर्नुपर्नेमा अडिग छ भने एमाले राष्ट्रिय सभामा दुई तिहाइ अभावलाई देखाएर अघि बढ्नै नचाहने पक्षमा छ । संविधान संशोधन नै सरकारको जग हो भन्ने सातबुँदे सहमतिका आधारमा बनेको गठबन्धन १३ महिना नाघ्दा पनि कार्यदलसम्म नबन्नु राजनीतिक अविश्वासको संकेत मानिन्छ ।
विधेयक–विवाद
सूचना प्रविधि तथा साइबर सुरक्षा, सामाजिक सञ्जाल, निजामती सेवा, भूमिसम्बन्धी, विद्यालय शिक्षा, संवैधानिक परिषद्, अख्तियार, राष्ट्रिय अनुसन्धान, बहुविवाह लगायतका प्रायः सबै प्रमुख विधेयकमा दुवै दल अलग–अलग धारमा उभिएका छन् ।
साइबर सुरक्षा विधेयक : कांग्रेसले अभिव्यक्ति स्वतन्त्रतामाथि नियन्त्रण गर्ने प्रावधान हटाउनुपर्ने भन्दै आएको छ । एमाले भने झूटा सूचना नियन्त्रणका लागि कडा प्रावधान आवश्यक ठान्छ ।
भूमि विधेयक : एमाले ‘फास्ट ट्र्याक’ बाट पारित गर्न चाहन्छ भने कांग्रेसले वन, मध्यवर्ती क्षेत्र र जग्गा दुरुपयोग रोक्नुपर्ने अडान लिएको छ ।
शिक्षा विधेयक : कांग्रेस निजी क्षेत्रअनुकूल प्रावधान अस्वीकार गर्छ, एमाले भने निजी क्षेत्रमैत्री प्रावधान चाहन्छ ।
निजामती सेवा विधेयक : ‘कुलिङ अफ पिरियड’ कांग्रेसको अडान हो भने एमाले त्यसलाई हटाउन संशोधन अघि बढाइरहेको छ ।
संवैधानिक परिषद् विधेयक : राष्ट्रपति पौडेलको चासोलाई सम्बोधन गर्नुपर्ने कांग्रेसको मत छ तर ओली नेतृत्वको एमाले यथास्थितिमै अघि बढ्न चाहन्छ ।
बहुविवाह संशोधन : कांग्रेसले बहुविवाहलाई मान्यता दिनै नहुने भनाइ बनाइसकेको छ तर एमालेभित्रै मत एक छैन ।
‘टेक एन्ड पे’ विवाद
ऊर्जा क्षेत्रमा बजेटमार्फत आएको ‘टेक एन्ड पे’ प्रावधान हटाउने कांग्रेसको अडानप्रति एमाले अझै असहमत छ । प्रधानमन्त्री ओलीले सहमति जनाए पनि एमालेको अनिच्छाले कांग्रेस चिढिएको छ ।
स्वार्थ समूहको प्रभाव
पूर्वप्रशासकीय न्यायाधीश काशीराज दाहालका अनुसार नीतिगत मुद्दामा दलबीचको गहिरो छलफलको अभावले विधेयक निर्माण प्रक्रियामा स्वार्थ समूहको प्रभाव बढेको छ । शिक्षा, सहकारीदेखि ठेक्कापट्टासम्मका दबाब समूहले आफ्नो स्वार्थअनुकूल कानुन बनाउन खोजेको स्पष्ट देखिने उनको भनाइ छ ।
संविधान संशोधनको औचित्य देखाएर सत्ता साझेदारी गरेको कांग्रेस–एमालेबीच आज संवैधानिकदेखि प्रशासनिक र सामाजिक कानुनसम्मका एजेन्डामा असहमति मात्र बढ्दो छ । सत्ता बाँडफाँटमा सहकार्य भए पनि विधेयक र नीतिमा असहयोग र अविश्वास गहिरिँदै गएको छ । यसले गठबन्धनको भविष्यलाई अनिश्चित बनाइरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ५ गते, २०८२ - २१:०२
काठमाडौं । आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा नेकपा एमालेभित्र टिकट वितरणलाई लिएर गहिरो असन्तोष फैलिएको छ। पार्टीको निर्णयप्र...
माघ ५ गते, २०८२ - २०:४०
धनगढी । फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा नेकपा एमालेको टिकट वितरण सुदूरपश्चिममा पेचिलो र विवादास्पद देखिएको छ। शनिबार पार्टीले ...
माघ ५ गते, २०८२ - २०:३३
पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई देखि ११ किताबका लेखक न्याैपाने र १२ मुद्दाको रेकर्ड बनाएका चक्रे मिलन एकै मैदानमा
माघ ५ गते, २०८२ - २०:१०
काठमाडाैं । धरानमा भएको बस दुर्घटनामा मृत्यु भएकाहरूको पहिचान खुलेको छ । शैक्षिक भ्रमणका लागि जनकपुरबाट विद्यार्थी बोकेर आएको १ ख ७११९ नम्बरको यात्रुव...
माघ ५ गते, २०८२ - १९:०२
ओखलढुंगा। सिफारिस नगरिएको व्यक्तिलाई उम्मेदवार बनाइएको भन्दै ओखलढुंगामा नेकपा (एमाले) पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ। पार्टीको स्थानीय तहबाट सिफ...
माघ ५ गते, २०८२ - १८:५९
काठमाडौं । दुर्गा प्रसाईंलाई कारबाहीको माग गर्दै निर्वाचन आयोगले प्रहरी साइबर ब्यूरोलाई निर्देशन दिएको छ । प्रसाईंले कांग्रेसको विशेष महाधिवेशनलाई ...
माघ ५ गते, २०८२ - १८:४०
ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोटलाई लिएर नेकपा एमाले ओखलढुंगामा खुला विद्रोहको अवस्था सिर्जना भएको छ । प...
माघ ५ गते, २०८२ - १८:३१
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको टिकट नपाएपछि नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी नेतृत्वविरुद्ध खुला असन्तोष प्रकट गरेका छन् । टिकट वितर...
माघ ५ गते, २०८२ - १८:३०
रुपन्देही । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल रुपन्देही–२ बाटै उम्मेदवार बन्ने भएका छन् । शनिबारको सचिवालय बैठकले पौडेललाई पाल्पा–२ को टिकट द...
माघ ५ गते, २०८२ - १८:१६
धनगढी । नेकपा एमालेले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभा उम्मेदवार बनाएकी एक्ली महिला नेतृ कमला बोहराको टिकट खोसेपछि पार्टीभित्रै तीव्र असन्तुष्टि र आ...




प्रतिकृया लेख्नुहोस्: