Khabar Dabali ५ माघ २०८२ आईतवार | 18th January, 2026 Sun
Investment bank

भारतको स्वच्छ ऊर्जा कोसेढुङ्गा तर कोइलामै निर्भरता

खबरडबली संवाददाता

भारत । भारतले आफ्नो स्थापित ऊर्जा क्षमताको आधा हिस्सा गैर-जीवाश्म इन्धनबाट हाँसिल गरेर निर्धारित लक्ष्यभन्दा वर्षौअघि महत्वपूर्ण कोसेढुङ्गा पूरा गरेको छ । तर विश्वको तेस्रो सबैभन्दा ठूलो हरितगृह ग्यास उत्सर्जक भारत अझै पनि बिजुली उत्पादनका लागि कोइलामै गहिरो निर्भर छ ।

“यो भारतको ऊर्जा सङ्क्रमण यात्रामा ठूलो उपलब्धि हो”, नवीकरणीय ऊर्जामन्त्री प्रह्लाद जोशीले जुलाईमा तथ्याङ्क सार्वजनिक गर्दै भने, “यो उपलब्धि भारतले पेरिस सम्झौता अन्तर्गत लिएको सन् २०३० को लक्ष्यभन्दा पाँच वर्षअघि आएको हो । सन् २०७० सम्म शुद्ध-शून्य उत्सर्जनमा पुग्ने भारतको प्रतिबद्धताको दिशामा यो एक महत्वपूर्ण कदम हो ।”

तर जलवायु विज्ञ अवन्तिका गोस्वामी भन्छन्, “५० प्रतिशतको यो कोसेढुङ्गाले स्थापित क्षमता मात्र देखाउँछ, वास्तविक उत्पादन अझै पनि निकै कम छ ।” कारण स्पष्ट छ–हाल करिब तीन-चौथाई बिजुली अझै पनि कोइला जलाउने पावर प्लान्टबाट नै आउँछ ।

कोइला विरोधाभास

भारतको कोइलामाथि निर्भरता अझै पनि घटेको छैन । बरु, गत वर्षमा कोइला उत्पादन पाँच प्रतिशतले बढेको छ । कोइला मन्त्रालयले भनेको छ, “कोइला अझै पनि अपरिहार्य छ ।” यसले ऊर्जा सङ्क्रमणमा भारतका व्यावहारिक चुनौती देखाउँछ । नवीकरणीय ऊर्जामा तीव्र वृद्धि भए पनि भण्डारण क्षमताले माग धान्न सकेको छैन ।

मन्त्रालयका अनुसार कोइला क्षेत्र भारतको ऊर्जा मिश्रणमा प्रमुख योगदान कर्ता बनेको छ । यसले देशको ७४ प्रतिशतभन्दा बढी बिजुली आपूर्ति गर्छ र स्टिल तथा सिमेन्ट जस्ता प्रमुख उद्योगलाई पनि चलाइ राख्छ । यो निर्भरताले भारतलाई विश्वव्यापी रूपमा चुनौतीपूर्ण स्थितिमा राख्छ । समग्रमा कार्बन उत्सर्जनका लागि यो मुलुक चीन र संयुक्त राज्य अमेरिका भन्दापछि छ ।

यही कारणले भारत अझै पनि विश्वको तेस्रो ठूलो उत्सर्जक बनेको छ । तर विश्लेषकका अनुसार भारतको जनसङ्ख्या एक अर्ब ४० करोड भए पनि प्रतिव्यक्ति उत्सर्जन विश्वव्यापी औसतको एक तिहाइ मात्रै हो । सतत सम्पदा क्लाइमेट फाउन्डेसनका कार्यकर्ता हरजित सिंहका शब्दमा, “प्रतिव्यक्ति उत्सर्जन हेर्दा भारतले अपेक्षाकृत राम्रो प्रगति गरिरहेको छ ।”

भारतले सन् २०३० सम्ममा उत्सर्जन ४५ प्रतिशत घटाउने लक्ष्य लिएको छ । तर विज्ञान तथा वातावरण केन्द्रका अनुसार सन् २०४७ सम्ममा बिजुलीको माग दोब्बरभन्दा बढी हुने अपेक्षा गरिएको छ ।

नवीकरणीय ऊर्जामा प्रगति

भारतको ४८४.८ गिगावाट स्थापित क्षमतामध्ये आधा गैर-जीवाश्म इन्धन स्रोतबाट आएको छ । यसको सबैभन्दा ठूलो हिस्सा सौर्य ऊर्जाबाट छ । यो कुल ११९ गिगावाट छ जुन विश्वमै तेस्रो ठूलो हो । भारतले मरुभूमिमा विश्वकै सबैभन्दा ठूलो सौर्य र हावा ऊर्जा फार्म निर्माण गरिरहेको छ । यसपछि हाइड्रो, हावा र आणविक ऊर्जा छन् । तर आणविक ऊर्जाको योगदान दुई प्रतिशतभन्दा कम छ ।

तर समस्या के छ भने सौर्य र हावाबाट ऊर्जाको उत्पादन मौसमअनुसार मात्र स्थिर हुन्छ । भण्डारण क्षमता भने जम्मा ५०५ मेगावाट घन्टा छ । यो अपर्याप्त छ । मन्त्री जोशीले भने, “भारत हरेक वर्ष २५-३० गिगावाट नवीकरणीय क्षमता थप्दैछ । तर भण्डारण क्षमता नभएसम्म हामी या त त्यो ऊर्जा बर्बाद गर्ने छौँ वा नवीकरणीय घट्दा फेरि कोइलामै फर्कनु पर्ने छ ।”

भण्डारण र चीनमाथि निर्भरता

भण्डारणका लागि आवश्यक ब्याट्री उत्पादनमा दुर्लभ धातु चाहिन्छ । यो दुर्लभ धातुको ७० प्रतिशत आपूर्ति चीनले नियन्त्रण गरेको छ । हरजित सिंह भन्छन्, “हामी अझै पनि चीनमाथि निर्भर छौँ ।” यही कारणले चीनका विदेशमन्त्री वाङ यीले हालै नयाँदिल्ली आएर दुर्लभ धातुको आपूर्तिबारे छलफल गरेका थिए । 

भारतले अर्को विकल्पका रूपमा पम्प-हाइड्रो भण्डारण प्रणालीमा ध्यान दिइरहेको छ । यसमा अतिरिक्त ऊर्जा प्रयोग गरेर पानीलाई माथिल्लो जलाशयमा पम्प गरिन्छ र माग बढ्दा बिजुली उत्पादन गर्न सो पानी प्रयोग गरिन्छ ।

आगामी बाटो

तर विशेषज्ञ गोस्वामी स्वच्छ ऊर्जामा सङ्क्रमणका लागि बहुआयामिक दृष्टिकोण आवश्यक रहेको बताउँछन् । उनिले भने, “भारतको स्वच्छ ऊर्जामा रूपान्तरण बहुआयामिक हुनुपर्ने छ । कोइला प्लान्टको उत्सर्जन घटाउँदै, ग्रिडमा नवीकरणीय स्रोतलाई राम्रोसँग एकीकृत गर्न सके मात्र वास्तविक परिवर्तन सम्भव हुने छ ।” 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending