Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

आधुनिक बाजाले कैलालीका बादी समुदायको पुर्ख्यौली पेसा सङ्कटमा

खबरडबली संवाददाता

कैलाली । बल्चौरका तीर्थ बादीलाई मादल बनाउने चटारो छ । सखारै उनी काठ काट्ने  औजार लिएर घर बाहिर मादल बनाउन राखिएको काठको घार मिलाउछन् । त्यसपछि तयार भएको मादलमा खरी लगाउने, सुकाउने र डोरी कस्छन् ।  

नारीहरूले सौभाग्य र समृद्धिका निम्ति धार्मिक परम्परानुसार शिवपार्वतीको उपासना एवं पूजा गर्ने तीज नजिकिएसँगै उनको व्यस्तता बढेको हो । मादलको मौस मादल बनाउने र बेच्ने फुर्सद हुँदैन । 

शिल्पी तीर्थको सानो कच्ची घर छ । समीपको अर्को कटेरोलाई उनले मादलको गोदाम बनाएका छन् । उनले त्यो गोदाममा बेच्नका लागि ठिक्क पारेका एक दर्जनबढी मादल राखेका छन् । मादल बनाउनको लागि तयार पारेका काठका घार पनि भण्डार गरेका छन् । “एउटा मादल साधारणतया तयार गर्न ४ दिने लाग्ने गर्दछ । तर मादल बनाउँदा एक दिन घार तयार पार्ने, अर्को दिने कस्ने र खरी लगाउने गरिन्छ । खरी लगाएको मादललाई सुकाएर ‘फिनिसिङ’ गर्नुपर्छ”, उनले भने।

मादल बनाउने काठ अभाव भएको उनको गुनसो छ । रिट्ठा र आँपको काठमा कला भर्ने उनी बाख्रा, राँगाको छाला र खरीढुङ्गाबाट मादल उत्पादन गर्ने गरेको  बताउछन् । “मादल बेचेर वार्षिक छ लाखसम्म आम्दानी हुने गरेको छ । 

 एउटा मादले रु तीन हजारदेखि रु १५ हजार सम्ममा बिक्री हुने गरेको  तीर्थले बताए । स्थानीय सरकारको सहयोग पाएमा  मासिक ५० वटा मादल उत्पादन गर्न सकिने बताउँदै उनले आधुनिक बाजाले आफूहरूको पेसा सङ्कटमा परेको सुनाए ।

बल्चौरकै अर्को मादल व्यवसायी किस्न बादी पनि मादल बनाउन व्यस्त छन्। तीजमा मादलको माग बढ्ने भएकोले उनलाई चटारो छ ।  किस्न बादीको पनि मुख्य आयस्रोत मादल बेच्ने नै हो। बजारको आधुनिक मादलले आफ्नो पेसा नै सङ्कटमा परेको सुनाउदै किस्न बादीले व्यावसाय सञ्चालनका लागि स्थानीय र प्रदेश सरकार संग सहयोगको समेत अपेक्षा गरेका छन् । उनले मादल बेचेरै वार्षिक ३/४ लाख रूपैयाँ आम्दानी गर्ने गरेको बताउछन्। 

बादी समुदायले लामो समयदेखि मादल, दमाहा ठेकी, सुल्फा, हुक्का बनाएर  जीविकोपार्जन गर्दै आएको भए पनि हाल आफ्नो पेसा सङ्कटमा परेको दुखेसो उनले गरे । उनले आफ्नो पीडा सुनाउँदै भने, “हिजोआज वनबाट मादल बनाउने काठ ल्याउन पाइँदैन ।” 

बादी समुदायले परम्परागत पेसाका रूपमा  मादल बनाउँदै आएकामा समाजमा आधुनिक बाजाको प्रचलन बढ्दै जाँदा परम्परागत बाजाको प्रयोग घट्न थालेपछि बादी समुदायको बाजा बनाउने पेसा सङ्कटमा परेको लम्कीचुहा नगरपालिका–३ बल्चौरका रमेश  बादीले बताए । 

लम्कीचुहा नगरपालिका–३  बल्चौरमा  बादी समुदायका एक सय ७१ घर छन् । विगतमा घुमन्ते जीवन बिताउँदै आएको उक्त समुदायले स्थायी रूपमा बसोबासको सुनिश्चितता भए पनि रोजगारीको अभावमा  छिमेकी मुलुक भारतलाई रोजीरोटी आर्जनको थलो बनाएका छन् । यद्यपि यो समुदायका  केही सदस्य  मादललगायत  बाजाका साथै घरेलु हतियार हँसिया, खुकुरी, बन्चरो, खुर्पा तथा कृषि औजार बनाएर परम्परागत पेसालाई  निरन्तरता दिइरहेका छन् । बजार अभावमा आफूहरूलाई टिक्न कठिन भएको उनीहरूको गुनासो छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: