सल्यान । वन तथा खेतियोग्य जमिनमा मिचाहा प्रजातिका वनस्पति तीव्र रूपमा फैलिन थालेपछि सल्यानमा यसको विस्थापन र व्यवस्थापन अभियान थालिएको छ ।
वनस्पति अनुसन्धान केन्द्र सल्यान, जिल्ला प्रशासन कार्यालय र जिल्ला वन कार्यालयको संयोजनमा जिल्लाका विभिन्न क्षेत्रमा फैलिएका मिचाहा वनस्पतिको नियन्त्रण अभियान सुरु गरिएको हो ।
अनुसन्धान केन्द्रका अनुसार सल्यानमा काँडे वनमारा, कालो वनमारा, सेतो वनमारा, सेतो गन्धे झार, निलो गन्धे झार, पटपटे, पाति झारलगायत दर्जन बढी मिचाहा प्रजातिका वनस्पति पाइएको छ । तीमध्ये धेरै विगतका वर्षहरूमा देखिएका थिएनन्, तर पछिल्ला केही दशकयता ती वनस्पतिले ठूलो भूभाग ओगटिसकेको अनुसन्धान केन्द्रका प्रमुख डा. मित्र पाठकले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “जैविक विविधताको नाश गर्ने मुख्य कारणमध्ये एक मिचाहा प्रजाति पनि हो । यसले रैथाने वनस्पतिलाई विस्थापन गर्ने वा त्यसैलाई नष्ट गर्ने प्रभाव पारिरहेको छ ।”
मिचाहा वनस्पति किसानका खेतबारीदेखि घरआँगन र जंगलसम्म फैलिएको छ । यसले माटोको उर्वराशक्ति कम गर्नुका साथै स्थानीय उत्पादन घटाएको छ । कपुरकोट गाउँपालिका–३ मुलपानीकी किसान मिना कुमारी बुढाथोकीले मिचाहा वनस्पतिकै कारण तरकारी उत्पादन घटेको अनुभव सुनाउनुभयो । उहाँले भन्नुभयो, “वस्तुभाउले पनि नखाने यो झार खेतबारीमा फैलँदा उत्पादन कम भएको छ । घाँससमेत हराउँदै गएको छ । पाँच–छ वर्षयता मात्र यसले निकै क्षति पुर्याएको छ ।”
मिचाहा प्रजातिको फैलावटले पारिस्थितिकीय प्रणाली र खाद्यचक्रमा प्रत्यक्ष असर गरेको कपुरकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश पौडेलले बताउनुभयो । उहाँका अनुसार, यसले रैथाने र लाभदायी प्रजातिलाई लोप हुने अवस्थामा पुर्याएको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ लाई “हरित वर्ष” घोषणा गरी मिचाहा वनस्पतिको स्थानमा बहुउपयोगी प्रजाति रोप्ने कार्यक्रम सुरु गरिएको छ ।
त्यस्तै, प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले मिचाहा वनस्पतिले कृषि मात्र नभई वातावरणलाई नै असर पारेको भन्दै नियन्त्रण अभियान सुरु गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कतिपय वनस्पतिलाई जैविक मल बनाउन सकिन्छ भने केहीलाई विस्थापन नै गर्नुपर्छ । विस्थापन गरिएका स्थानमा जडीबुटी तथा फलफूलका बिरुवा रोप्ने कार्य पनि अघि बढाइएको छ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: