Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

कृषिमै भविष्य खोजिरहेका युवा

खबरडबली संवाददाता

शारदा । स्वदेशमा भविष्य नभएको भन्दै दैनिक धेरै युवायुवतीहरु रोजगारीका लागि विदेश पलायन भइरहेका छन् । राज्यले स्वरोजगार मुलक कार्यक्रम ल्याउन नसक्दा घरपरिवार पाल्न भन्दै जनशक्ति विदेश पलायन भइरहेका छन् । जसले गाउँघर बालबच्चा र वृद्धवृद्धाहरुको मात्र होकी जस्तो देखिन थालेको छ । धेरै जनशक्ति विदेश पलायन भइरहदा सल्यानमा केही जनशक्तिले यस्तो उदाहरण प्रस्तुत गर्दै आइरहेका छन् । जसले लगन, परिश्रम र अठोट भए आफ्नै माटोमा पनि सुन फलाउन सकिन्छ भन्ने देखाएका छन् । 

शारदा नगरपालिका ९ नयाँबस्तीका जिवराज बोहराले ओखर र टिमुर खेतीबाट मनग्य आम्दानी गर्दै आइरहेका छन् । एक सय बोट ओखर र तीन सय बोट टिमुर लगाएका बोहराले वार्षिक सबै खर्च कटाएर पाँच लाख बढी आम्दानी गर्दै आइरहेका छन् । उनले भने,‘एक सय ५० बोट ओखर मध्ये अहिले १५ ÷२० बोटले दाना दिन थालिसकेका छन् । जसबाट एक लाख देखि एक लाख ५० हजारसम्म आम्दानी हुन्छ भने एक सिजनमा पाँच देखि ६ क्विन्टल टिमुर बिक्रीबाट चार÷पाँच लाख रुपैयाँ आम्दानी भइहाल्छ । 

एक ओखरबाट बोटबाट चार हजार देखि पाँच हजार दानासम्म उत्पादन भइरहेको र रुख ठूलो भइरहेकाले वार्षिक उत्पादन पनि बढ्ने बोहराको भनाइ छ । कृषिमा भविष्य नदेख्दा र छोटो समयमा धेरै प्रतिफल लिन खोज्दा धेरै युवाहरु विदेश पलायन भइरहेको उनले बताए । कृषिमा लगानी गर्न सके र आफ्नै माटोमा पौरख गर्न सके विदेशमा हुने आम्दानी जति स्वदेशमा पनि गर्न सकिने बोहरा बताउँछन् । 

यस्तै शारदा नगरपालिका २ जोगिदेउ खोलामा वि.स २०७७ सालदेखि व्यवसायिक ड्रागन खेती गर्दै आएका छन् ५२ वर्षीय घमण्ड बहादुर डाँगीले । लगाएको एक वर्षदेखि नै उत्पादन दिने भएकाले छोटो समयमै आम्दानी लिन सकिने उनको भनाइ छ । झन्डै दुई रोपनीमा व्यवसायिक खेती गर्दै आएका डाँगीले एक सिजनमा मात्रै दुई लाख न्दा बढी आम्दानी गर्दै आएका छन् ।  उनले भने, ‘सुरुका एक दुई वर्ष अनुभवको अभावका कारण उत्पादन लिन सकिएन पछि विस्तारै सिक्दै गइयो अहिले अन्नबालीको भन्दा झन्डै पाँच गुणा बढी आम्दानी यो ड्रागन खेतीले दिइरहेको छ । 

जिल्लामा पहिलो खेती भएकाले बजारको माग अनुसार आफूले उत्पादन गर्न नसकीरहेको उनकोे अनुभव छ।रातो जातको ड्रागन भएकाले मूल्य पनि राम्रो पाउने उनले बताए। ‘राप्ती राजमार्ग सडक छेउमा नै भएकाले धेरै जसो बारीबाट नै बिक्री भइहाल्छ बारीबाट बिक्री नभएको बजार लगेर बिक्री गर्ने गरेको छु’,उनले भने ।  प्रतिकिलो तीन सय ५० रुपैयाँका दरले बारीबाट नै बिक्री वितरण हुँदै आइरहेको डाँगीले बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: