गुल्मी । गुल्मीका ३३ हजारभन्दा बढी नागरिकलाई कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाइँदै छ । जिल्लामा दुई नगरपालिका र दश गाउँपालिका गरेर १२ स्थानीय तहका ३४ हजार ८६ जना नागरिकलाई कोभिड–१९ विरुद्धको फाइजर–बायोएनटेक मोनोभ्यालेन्ट नामक खोप लगाइने स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य अधिकृत पशुपति आचार्यले जानकारी दिए ।
जनस्वास्थ्य अधिकृत आचार्यका अनुसार जिल्लामा रहेका विभिन्न खोप केन्द्रमार्फत् यहाँका नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाइएको छ । करिब ३७२ खोप केन्द्रमार्फत् १२ वर्ष वा सोभन्दा माथि उमेर समूहका नागरिकलाई लगाइने उनले बताए ।
कोभिड–१९ विरुद्धको निश्चित औषधी उपचार नभएकाले सङ्क्रमणबाट बच्नका लागि खोप लगाउन जरुरी रहेको आचार्यले बताए । जिल्लाको रेसुङ्गा नगरपालिकामा छ हजार, मुसिकोट नगरपालिकामा चार हजार दुई, कालीगण्डकी गाउँपालिकामा एक हजार ७८२, सत्यवती गाउँपालिकामा तीन हजार ५०४, चन्द्रकोट गाउँपालिकामा दुई हजार १८४, रुरुक्षेत्र गाउँपालिकामा दुई हजार चार, छत्रकोट गाउँपालिकामा दुई हजार ५०२ जना नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाइने उनले जानकारी दिए ।
त्यसैगरी गुल्मीदरबार गाउँपालिकामा तीन हजार ५०४, इस्मा गाउँपालिकामा एक हजार ५००, धुर्कोट गाउँपालिकामा दुई हजार १००, मदाने गाउँपालिकामा दुई हजार २०२ र मालिका गाउँपालिकामा दुई हजार ८०२ जना नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाइनेछ ।
कोभिड १९ विरुद्धको यो खोप लगाउने कार्यलाई तीब्र रुपमा अगाडि बढाइएको जनस्वास्थ्य अधिकृत आचार्यले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: