काठमाडौं । सरकारले अनुदान कटौती गरेको विरोधमा देशभरका ऊखु किसानले माइतीघर मण्डलामा अनिश्चितकालीन धर्ना सुरु गरेका छन् ।
नेपाल ऊखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनी मैनालीका अनुसार ऊखुका लाँक्रासहित काठमाडौँ आएका किसानले अनुदानको माग राख्दै धर्ना शुरू गरेका हुन् । धर्नामा सर्लाही, महोत्तरी, सिराहा, रौतहट, बारा, सुनसरी, मोरङ, नवलपरासी, कञ्चनपुरलगायत तराई–मधेशका १३ जिल्लाका अगुवा किसान सहभागी छन् ।
गत असारको अन्तिम साता बसेको मन्त्रिपरिषद् बैठकले ऊखु किसानले पाउँदै आएको प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान कटौती गर्ने निर्णय गरेको थियो । गत वर्ष क्रसिङ भएको ऊखुको लागि प्रतिक्विन्टल ३५ रुपैयाँ अनुदान दिने निर्णय भए पनि चालु आर्थिक वर्षको बजेटमा ऊखु अनुदानका लागि कुनै रकम विनियोजन गरिएको छैन। फलस्वरूप, यो वर्ष क्रसिङ हुने ऊखुको अनुदान किसानले नपाउने सम्भावना छ ।
ऊखु किसानले २०६६ सालदेखि अनुदान प्राप्त गर्दै आएका थिए । तर, चालु आर्थिक वर्षमा अनुदानको व्यवस्था नहुनुका साथै गत वर्षको क्रसिङ भएको ऊखुको अनुदान पनि सरकारले उपलब्ध गराएको छैन । सर्लाहीका किसानले मात्रै सरकारबाट ३७ करोड ३९ लाख ९५ हजार ३७९ रुपैयाँ अनुदान पाउन बाँकी छ ।
किसानहरूले अनुदान कटौतीले लाखौँ किसान ऊखु खेतीबाट पलायन हुने अवस्था आएको बताएका छन् । उनीहरूले प्रतिक्विन्टल ७० रुपैयाँ अनुदानलाई निरन्तरता दिन माग गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: