वीरगञ्ज । स्थानीय प्रशासन र सुरक्षा निकायले वीरगञ्ज महानगर क्षेत्रमा हैजाको सङ्क्रमण देखिएपछि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएका छन् । जिल्ला स्वास्थ्य सङ्कट व्यवस्थापन समिति पर्सा र यहाँका नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले समुदायस्तरमा नै सचेतनामूलक कार्यक्रम गर्दै आइरहेका हुन् ।
पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीले जिल्ला स्वास्थ्य सङ्कट व्यवस्थापन समितिमार्फत यहाँको हैजा नियन्त्रणका लागि आवश्यक कदम चाल्दै आइरहेको जानकारी दिए । ‘हैजाको रोकथाम र नियन्त्रणका लागि सबै निकायबीच हातेमालो गरेर अघि बढ्ने निर्णय भएको छ’, उनले भने, ‘कार्यालयले दैनिकजसो सरोकारवाला निकायसँग छलफल गरेर आवश्यक समन्वय र सहकार्यको काम भइरहेको छ ।’
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख तथा प्रहरी उपरीक्षक गौतम मिश्रले पनि सामुदायिक प्रहरी साझेदारीमार्फत हैजाको रोकथाम र नियन्त्रणको लागि सचेतनामूलक कार्यक्रम गर्दै आइरहेको बताए । ‘प्रहरीले बिरामीको आवश्यक उद्धार र अस्पतालसम्म पुर्याइदिने काम गर्दै आइरहेको छ’, उनले भने ।
जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरीमा अहिलेसम्म हैजाको सङ्क्रमित नभेट्टिएको उनले दाबी गरे । ‘यहाँका दुई जना प्रहरी बिरामी भएर अस्पतालमा भर्ना भए पनि अहिलेसम्म कलेरा सङ्क्रमित भएको भेट्टिएको छैन’, उनले भने, ‘प्रहरीले पनि आवश्यक सतर्कता र सावधानी अपनाउँदै आइरहेको छ ।’ उनका अनुसार वडा प्रहरी कार्यालय श्रीपुर र जिल्ला प्रहरीमा कार्यरत एक–एक जना झाडाबान्ता भएका दुई जना अस्पतालमा भर्ना भएका छन् ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेड क्वाटर पर्साका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द्र भट्टले पर्सा जिल्लामा रहेका सशस्त्र प्रहरीको २४ वटै युनिटले प्रत्येक दिन तीन वटा सामुदायमा पुगेर हैजा र झाडापखालाको लक्षण र सोको रोकथामको लागि अपनाउनुपर्ने उपायको विषयमा सचेतना कार्यक्रम गर्दै आइरहेको जानकारी दिए ।
‘सशस्त्र प्रहरीले दैनिक पर्सामा ७२ वटा समुदायस्तरमा जनचेतनाको कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ’, उनले भने, ‘यसले पक्कै पनि जनस्तरमा जनचेतना फैलाउनको लागि महत्त्वपूर्ण योगदान पुर्याउनेछ ।’ सशस्त्र प्रहरीले जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई पनि दैनिक हैजासम्बन्धी जनचेतनामूलक कार्यक्रम गर्दै आइरहेको छ ।
गणपति भट्टले पर्सा जिल्लामा रहेका सशस्त्र प्रहरी बलमा अहिलेसम्म हैजाको सङ्क्रमण नदेखिएको दाबी गरे । ‘अहिलेसम्म यहाँका सुरक्षाकर्मीमा हैजाको सङ्क्रमण देखा परेको छैन’, उनले भने, ‘हाम्रो गण तथा सो मातहतका युनिटमा पनि पानी पिउँदा उमालेर वा पियुस राखेर पिउने गरिराखेका छौँ । हैजाको सम्भावित जोखिमलाई ध्यान दिँदै गणमा सागपात पनि एक साताको लागि नखाने निर्णय गरिसकेका छौँ ।’
गणपति भट्टले सशस्त्र प्रहरीले पर्सा जिल्लामा हुने जुनसुकै प्रतिकूल अवस्थामा पनि सशस्त्र प्रहरी सहयोग र साझेदारी गर्न तम्तयार अवस्थामा रहेको जानकारी दिए । पर्सामा रहेका नेपाली सेनाले पनि हैजाको सङ्क्रमणबाट जोगिनको लागि आवश्यक सतर्कता अपनाउँदै आइरहेको जनाएको छ । श्रीजङ्ग गणका गणपति तथा प्रमुख सेनानी लोकेन्द्र कार्कीले बाहिरबाट आउने खाद्य सामग्रीमा थप सतर्कता र सावधानी अपनाउन थालेको जानकारी दिए ।
‘यहाँ पानी उमालेर वा पियुस राखेर खाने गरेका छौँ’, उनले भने, ‘यहाँ रहेका नेपाली सेनामा कसैमा पनि अहिलेसम्म हैजाको सङ्क्रमण देखा परेको छैन ।’ यद्यपि वीरगञ्ज महानगर र स्वास्थ्य कार्यालय पर्सालगायतका निकायले पनि समुदायस्तरमा जनचेतना फैलाउँदै आइरहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: