Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

गुल्मीकाे भाडगाउँमा शिवालय मन्दिरकाे ३७ वर्षपछि पुनर्निर्माण

खबरडबली संवाददाता

गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका–३, उपल्लो भाडगाउँमा रहेको शिवालय मन्दिर पुनर्निर्माणपछि आकर्षक बनेको छ । एक करोड रुपियाँभन्दा बढी लागतमा मन्दिर पुनर्निर्माण गरिएको हो । 

मन्दिरमा नर्मदेश्वर शिवलिङ्ग स्थापना गरी अखण्ड दीप प्रज्वलन भइरहेको छ । यो मन्दिर २०४४ सालमा शिलान्यास गरी २०४५ सालमा स्थापना गरिएको थियो । करिब चार दशकदेखि मन्दिरमा निरन्तर पूजा–आजा हुँदै आएको छ ।

पुनर्निर्माणका लागि २०७९ सालमा रेसुङ्गा नगरपालिकाबाट ५० लाख र पर्यटन कार्यालयबाट ५ लाख रुपियाँ विनियोजन भएको मन्दिर निर्माण समितिका अध्यक्ष प्रकाश पाण्डेले बताए । मन्दिरको डिजाइन र निगरानी रेसुङ्गा नगरपालिकाका सब–इन्जिनियर चक्र केसीले गरेका कारण मन्दिर निकै आकर्षक बनेको उनले उल्लेख गरे ।

पछिल्लो दुई वर्षमा लुम्बिनी प्रदेश सरकारबाट ४५ लाख र रेसुङ्गा नगरपालिकाबाट ५ लाख रुपियाँ थप विनियोजन भएको समितिले जनाएको छ । हालसम्म मन्दिर निर्माणमा एक करोड पाँच लाख रुपियाँ खर्च भएको छ । विभिन्न संस्था र स्थानीयको सहयोगमा भारतबाट नर्मदेश्वर शिवलिङ्ग ल्याई गत साउन १५ गते स्थापना गरिएको छ । प्रत्येक सोमबार रुद्री र चण्डी पाठ हुने गरेको छ ।

रेसुङ्गा हुँदै साउनेको शक्ति मन्दिरसम्मको बाटोमा रहेको यो मन्दिरमा भाकल गरेका सबै कुरा पूरा हुने विश्वास रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बाबुराम मरासिनीले बताए । उनले सदरमुकाम तम्घासबाट तीन किलोमिटरको पैदल यात्रापछि मन्दिर पुग्न सकिने र तम्घास, भाडगाउँ, साउने हुँदै रेसुङ्गासम्मको धार्मिक मार्गको रूपमा विकास गरिने बताए ।

गाउँका २७० घरधुरीबाट भेटी संकलन गरी भारतबाट शिवलिङ्ग ल्याइएको र दैनिक बिहान–साँझ अखण्ड दीपसहित नित्यकर्म हुने गरेको मरासिनीले बताए । मन्दिरको प्रवेशद्वार र भजन–कीर्तनका लागि शीतलपाटी व्यवस्थापन गर्न बाँकी रहेको मन्दिर व्यवस्थापन समितिका सचिव यमलाल पाण्डेले बताए । यातायातको असुविधा र प्रचार–प्रसारको कमीले ओझेलमा परेको यो शक्तिशाली मन्दिरलाई रेसुङ्गासँग जोडेर प्रवर्द्धन गरिने रेसुङ्गा नगरपालिका–३ का वडाध्यक्ष बाबुराम खत्रीले बताए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: