कोलम्बो । श्रीलङ्काका पूर्वराष्ट्रपति रनिल विक्रमासिङ्घे अस्वस्थ भएका कारण मङ्गलबार अदालतमा उपस्थित हुनसक्ने अवस्था नरहेको डेली मिररले अस्पताल स्रोतलाई उद्धृत गर्दै जनाएको छ ।
डेली मिररका अनुसार उनलाई अगस्ट २६ मङ्गलबारका दिन कोलम्बो फोर्ट मजिस्ट्रेटसमक्ष उपस्थित गराउने तय गरिएको थियो । तर अस्पताल अधिकारीहरूले उनको स्वास्थ्य अवस्था अदालतमा जान असम्भव रहेको बताएका छन् । कोलम्बो राष्ट्रिय अस्पताल (सिएनएच) का एक वरिष्ठ अधिकारीका अनुसार, विक्रमासिङ्घेलाई औषधि सेवन र कम्तीमा तीन दिन आराम गर्न सल्लाह दिइएको छ ।
अघिल्लो दिन उनी डिहाइड्रेटेड भएको रिपोर्ट आएको थियो, जसले मुटुको दर बढाएको थियो । अधिकारीले भने, “हाल लक्षणहरू गम्भीर छैनन्, तर जटिलता उत्पन्न भएमा अवस्था गम्भीर हुनसक्छ । उचित उपचार भएमा उहाँ निको हुन सक्नुहुन्छ तर तीन दिनसम्म आराम र औषधि आवश्यक छ ।”
सावधानीका लागि चिकित्सकहरूले उनलाई इन्टेन्सिभ केयर युनिट आइसियुमा स्थानान्तरण गर्ने निर्णय गरेका छन् । सुरुमा उनलाई जेल अस्पतालमा भर्ना गरिएको थियो, तर मेडिकल मूल्याङ्कनले त्यहाँ आवश्यक विशेषज्ञ उपचार उपलब्ध नभएको देखाएपछि कोलम्बो राष्ट्रिय अस्पतालमा सारिएको थियो ।
न्युजवायर लङ्काका अनुसार, राज्य कोष दुरुपयोग गरेको आरोपमा उनलाई शुक्रबार पक्राउ गरिएको थियो । उनीमाथि लन्डनको निजी भ्रमणको खर्च सरकारी कोषबाट भुक्तानी गरेको आरोप छ । उक्त निजी भ्रमणका क्रममा उनले लन्डनमा विश्वविद्यालयको स्नातक समारोहमा भाग लिएका थिए । अनुसन्धानकर्ताहरूले यो भ्रमण आधिकारिक नभए पनि सरकारी खर्चमा भएको दाबी गरेका छन् ।
छ पटक प्रधानमन्त्री बनेका रनिल विक्रमसिङ्घेले सन् २०२२ जुलाईमा गोटाबाया राजापाक्षलाई विरोध प्रदर्शनले हटाएपछि श्रीलङ्काको अन्तरिम राष्ट्रपति बनेका थिए । उनी सन् २०२४ सेप्टेम्बरमा राष्ट्रिय जनशक्तिका नेता अनुरा कुमारा दिसानायकेसँग राष्ट्रपति चुनावमा पराजित भएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - १७:१२
पाल्पा । विगतको तुलनामा अपाङ्गता भएका व्यक्तिप्रति केही सकारात्मक सुधार भएको देखिए पनि अझै कयौंँ अपाङ्गता भएका व्यक्तिको पीडा उस्तै छ । शिक्षा, रोज...
पौष १ गते, २०८२ - १७:०९
काठमाडौं । नेकपा (एमाले) का पूर्वनेता डा. भीम रावलले पार्टीको ११औं राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरूलाई पार्टीभित्रको निरंकुश र स्वेच्छाचारी प्रवृत्त...
पौष १ गते, २०८२ - १७:०६
काठमाडाैँ । प्रतिबन्धित इस्लामवादी राजनीतिक दलका एक वरिष्ठ धर्मगुरु नेतालाई हिंसा भड्काएको अभियोगमा ३५ वर्षको कैद सजाय सुनाइएको छ । पाकिस्तानको एक आतङ...
मंसिर ३० गते, २०८२ - २०:१५
काठमाडाैँ । यो वर्ष ‘कठोर र गैरजिम्मेवार’ सहायता कटौतीको लहरले शरणार्थीहरूलाई अनावश्यक पीडा दिएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । सहायता कटौति शर...
मंसिर ३० गते, २०८२ - २०:११
जनकपुरधाम । मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा नेपालको संविध...
मंसिर ३० गते, २०८२ - २०:०६
काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको मतदान समय सरेको छ । एमाले ११औँ महाधिवेशनका केन्द्रीय सचिव डा. कुन्साङ लामाले सोमबार साँझ प्र...
मंसिर ३० गते, २०८२ - २०:०१
सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा सोमबार दिउँसो आगलागीबाट ठुलो क्षेत्रफलमा लगाइएको उखु जलेको छ । विद्युतको तार सर्ट भएर मुना चौधरीक...
मंसिर ३० गते, २०८२ - १९:०७
काठमाडौँ । ‘च्याउ खाऔँ, स्वस्थ्य बनौँ’, ‘स्वस्थ्य जीवनको आहार च्याउ’ भन्ने नारासहित च्याउखेती गर्दै आएका ललितपुरको गोदावरी नगरपालिका–११, सेराफाँटका कृ...
मंसिर ३० गते, २०८२ - १९:०४
काठमाडौँ । पछिल्लाे २४ घण्टामा आगलागीमा परी दुई जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला २४ घ...
मंसिर ३० गते, २०८२ - १९:०२
कैलाली । कैलाली जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको ‘सर्च एण्ड स्विप अपरेशन’का क्रममा ३४२ फरार प्रतिवादीलाई पक्राउ गरिएको छ । जिल्ला अदालतले विभ...




प्रतिकृया लेख्नुहोस्: