वासिङ्टन । अमेरिकाका उपराष्ट्रपति जे डी भान्सले आइतबार (स्थानीय समय) भारतमाथि लगाइएका माध्यमिक प्रतिबन्ध र भन्सार शुल्कलाई युक्रेन युद्धमा रुसविरुद्ध प्रयोग गरिएको ‘आक्रामक आर्थिक लाभ’ को रणनीति अन्तर्गत रहेको भन्दै यसको बचाउ गरेका छन् ।
एनबिसी न्युजको मिट द प्रेस कार्यक्रममा बोल्दै उनले ट्रम्प प्रशासनले भारतमाथि कर लगाउने उपायमार्फत मस्कोलाई आफ्नो तेल अर्थतन्त्रबाट फाइदा लिन कठिन बनाइरहेको बताए । उनले भने, “मलाई लाग्छ यो प्रश्नले वास्तविक अवस्थाबारे गलत बुझाइ ल्याउँछ । राष्ट्रपतिले आक्रामक आर्थिक लाभको प्रयोग गर्नुभएको छ । उदाहरणका लागि, रुसीहरूलाई तेल अर्थतन्त्रबाट धनी हुन कठिन बनाउने उद्देश्यले भारतमाथि दोस्रो भन्सार शुल्क लगाइएको हो । उहाँले यदि रुसले हत्या र हिंसा रोकेर युद्ध अन्त्य गर्छ भने उनीहरू पुनः विश्व अर्थतन्त्रमा समाहित हुन सक्छन्, तर यदि त्यसो भएन भने उनीहरू अलग–थलग रहन्छन् भनेर स्पष्ट रूपमा देखाउनु खोज्नुभएको छ ।”
प्रतिबन्धले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युद्धविरामका लागि बाध्य हुनुहुन्न भन्ने विदेशमन्त्री मार्को रुबियोको शङ्काबारे सोध्दा भान्सले भने, “प्रतिबन्धहरू टेबलबाट हटाइएका छैनन् । हामी केस–बाइ–केस आधारमा निर्णय गर्छौं । वास्तविक प्रश्न यो हो कि कुन प्रकारको दबाबले रुसीहरूलाई वार्ता टेबलमा ल्याउन सक्छ ? तपाईंले भन्नुभयो कि प्रतिबन्धले युद्धविराम ल्याउँदैन, मलाई लाग्छ त्यो ठ्याक्कै सत्य हो । किनकि यदि हामी रुसीहरूको दृष्टिकोणलाई हेर्यौँ भने, उनीहरू युद्ध रोक्न चाहँदैनन् । उनीहरूका जटिल कारण छन् जसका कारण युद्ध जारी राख्न चाहन्छन् ।”
उप–राष्ट्रपतिले अमेरिकासँग अझै पनि ‘खेल्न बाँकी धेरै कार्डहरू’ रहेको उल्लेख गर्दै ट्रम्प प्रशासनले अघिल्ला सरकारहरूमाभन्दा बढी आर्थिक दबाब मस्कोमाथि दिएको दाबी गरे ।
वासिङ्टनले रुसी तेलको सबैभन्दा ठूलो खरिदकर्ता चीनमाथि समान उपाय लागू नगरेको भन्ने आलोचनामा उनले जवाफ दिए, “अहिले हामीसँग चीनमाथि ५४ प्रतिशत कर छ । यसैले हामीले पहिले नै चिनियाँहरूमाथि कडा प्रतिबन्ध लागू गरिसकेका छौँ । साथै, युद्ध अन्त्य गर्न चीनलाई जिम्मेवार साझेदार बन्न प्रोत्साहित गर्न सरकारका सबै तहमा निरन्तर संवाद भइरहेका छन् ।”
यदि रुससँग सम्झौता भयो भने केही कर हटाउन सकिने तर आवश्यक परे थप भन्सार शुल्क लगाउने विकल्प पनि खुला रहनेछ भन्ने भान्सले सङ्केत दिए । उनले भने, “हामी यो युद्धलाई अन्त्यतर्फ लैजान आक्रामक आर्थिक दबाब दिइरहेका छौँ । सम्भवतः हामीले अझै थप दबाब लागू गर्नेछौँ, वा यदि प्रगति भएको महसुस भयो भने त्यो दबाब घटाउनेछौँ ।”
रुस–युक्रेन वार्ता र युक्रेनका लागि अमेरिकी प्रतिबद्धता सन्दर्भमा भान्सले भने, “हामी युक्रेनलाई सुरक्षा ग्यारेन्टी प्रदान गरिरहेका छौँ जसले भविष्यमा फेरि आक्रमण हुन नदिने सुनिश्चित गर्छ । त्यसैले धेरै प्रगति भएको छ, यद्यपि हामी अझै लक्ष्यसम्म पुगेका छैनौँ ।”
अमेरिकी कूटनीतिक पहलमा प्रकाश पार्दै उनले भने, “हामी हत्या र युद्ध रोक्ने आधार खोज्न रुसी तथा युक्रेनी दुवैसँग सकेसम्म संवाद गर्ने प्रयास गरिरहेका छौँ । राष्ट्रपति पनि यस क्षेत्रमा धेरै आक्रामक र ऊर्जावान कूटनीतिमा संलग्न हुनुभएको छ, किनभने यो युद्ध कसैको हितमा छैन । यो न युरोप न अमेरिकाको हितमा पर्छ । रुस वा युक्रेनको हितमा पनि छैन । त्यसैले हामी कूटनीतिक समाधानका लागि निरन्तर दबाब दिनेछौँ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: