Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

पशुपतिनाथमा तीजको तयारी पूरा

खबरडबली संवाददाता

काठमाडौं । हरितालिका (तीज) पर्वका लागि पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको सुविधाका लागि सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । 

तीजमा दर्शन गर्न आउने भक्तजन, विशेषगरी हिन्दू नारीहरूका लागि सुरक्षा, स्वयंसेवा, चन्दन वितरण, दर्शन मार्ग व्यवस्थापन, आकस्मिक स्वास्थ्य सेवा, भजनकीर्तन, दीपावली, गौदानस्थललगायत व्यवस्था गरिएको छ ।

पशुपति क्षेत्रमा मन्दिर प्रवेशका लागि चारवटा मार्ग तय गरिएको छ । पहिलो मार्गमा गौरीघाट–उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–वासुकी हुँदै उत्तर ढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी पश्चिम मूल ढोकाबाट बाहिर निस्कने र कैलाश दक्षिणको जुत्ताचप्पल कक्ष हुँदै फर्कने छ । दोस्रो मार्गमा मित्रपार्क–जयवागेश्वरी–पाचागणेश–भीमसेनस्थान–भूवनेश्वरी–शङ्कराचार्य मठ दक्षिण हुँदै फलामे पुलको सानो ढोकाबाट मन्दिर प्रवेश गरी पश्चिम मूल ढोकाबाट बाहिर निस्कने र शङ्कराचार्य मठ दक्षिणको जुत्ताचप्पल कक्ष हुँदै फर्कने छ । तेस्रो मार्गमा पिङ्गलास्थान–चारशिवालय–पञ्चदेवल–बज्रघर–दक्षिण ढोकासम्मको लाइनबाट कोटिलिङ्गेश्वर मन्दिर छेउको सानो ढोकाबाट मन्दिर प्रवेश गरी दक्षिण ढोकाबाट बाहिर निस्कने र पञ्चदेवल पूर्वको अस्थायी जुत्ताचप्पल कक्ष हुँदै फर्कने छ । र चौथोमा तिलगङ्गा–राम मन्दिर–बागमती नदी पूर्व किनार–आर्यघाट नजिकको पुल हुँदै पूर्व ढोकाबाट मन्दिर प्रवेश गरी सोही ढोकाबाट बाहिर निस्कने र आर्यघाट नजिकको अस्थायी जुत्ताचप्पल कक्ष हुँदै फर्कने छ । 

मूल मन्दिरभित्र आठवटा लामको व्यवस्था गरिएको छ । बिहान ३ बजेदेखि मन्दिरका चारवटै ढोका खोलिनेछ, जसले दर्शनार्थीले छिटो दर्शन गर्न सकिने छ । श्रीयन्त्र पूजाको समयमा जाली राखी बाहिरबाट दर्शनको व्यवस्था गरिएको छ ।

चन्दन वितरणका लागि पश्चिम ढोका बाहिर सानोसदावर्त सत्तल, पञ्चदेवल पूर्वदक्षिण, उमाकुण्ड, दक्षिणामूर्ति, तिलगङ्गा, वनकाली, गौशाला र जयवागेश्वरीमा व्यवस्था गरिएको छ । गौदान र पूर्णपात्रो जस्ता धार्मिक कार्यका लागि भकुण्टोल–वनकाली मार्गमा स्थान तोकिएको छ । 

टिकट लिएका तेस्रो मुलुकका पर्यटकलाई मन्दिर प्राङ्गणबाहेक मेला क्षेत्र अवलोकन गर्न दिइनेछ । सुरक्षा व्यवस्थाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र आवश्यकताअनुसार नेपाली सेनाको सहयोग लिइनेछ । राष्ट्रिय अनुसन्धान विभागले मेला क्षेत्रमा अनुगमन गर्नेछ । पाकेटमारी र अनियमित गतिविधि रोक्न सादा पोसाकमा प्रहरी खटाइएको छ ।

कोषले बहुमूल्य गरगहना र साना बालबालिकासहित दर्शनमा नआउन अनुरोध गरेको छ । नित्य दर्शनार्थीका लागि बिहान ५:३० बजेसम्म चारवटै ढोकाबाट प्रवेशको व्यवस्था छ । मन्दिर दर्शनका लागि कुनै पासको व्यवस्था छैन । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: