काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं गणतन्त्र नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा लोडसेडिङ अन्त्य हुनु केवल प्राविधिक पहल मात्र नभई राजनीतिक आँट र दूरदृष्टिको परिणाम भएको दाबी गरेका छन् ।
पोस्टबहादुर बोगटी स्मृति प्रतिष्ठानद्वारा आयोजित “नेपालको ऊर्जा राज्यशिल्प र जलविद्युत् परिदृश्य: रणनीतिक प्राथमिकता, चुनौती र सम्भावना” विषयक राष्ट्रिय ऊर्जा संवादलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ऊर्जा र कृषिलाई गणतन्त्रको पहिलो सरकारले नै आधारभूत प्राथमिकता दिएको स्मरण गरे ।
अध्यक्ष प्रचण्डले गणतन्त्र स्थापनापछि बनेको पहिलो सरकारकै पालामा १० वर्षभित्र १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्यसहित ऊर्जा क्षेत्रमा क्रान्तिकारी कदम चालिएको बताए । “हामीले त्यसबेला लोडसेडिङ अन्त्य गर्ने मात्र होइन, देशलाई ऊर्जा आत्मनिर्भर बनाउन दीर्घकालीन खाका तयार गरेका थियौँ,” उनले भने ।
कृषिलाई दोस्रो प्राथमिकता दिँदै किसानको ऋण मिनाहा गर्ने, समस्या समाधानका लागि नीति ल्याउने र ग्रामीण क्षेत्रमा उत्पादनमुखी अर्थतन्त्रको आधार खडा गर्ने कार्यहरू पनि त्यही अवधिमा अघि सारिएको उनले सम्झाए ।
प्रचण्डले आफ्नो दोस्रो कार्यकालमा ऊर्जा क्षेत्रमा विशेष ध्यान दिँदै “उज्यालो अभियान” सुरू गरिएको र सो अभियानकै परिणाम स्वरूप मुलुक लोडसेडिङमुक्त बनेको दाबी गरे । “जनार्दन शर्मालाई ऊर्जा मन्त्री बनाउने र कुलमान घिसिङलाई प्राधिकरणको नेतृत्वमा ल्याउने निर्णय परम्परागत ढाँचालाई भत्काएर नयाँ जनपक्षीय अभ्यास सुरू गर्ने राजनीतिक आँट थियो,” उनले स्पष्ट पारे ।
ऊर्जा विकासको अपार सम्भावना हुँदाहुँदै पनि पुराना, झन्झटिला कानुन, नियमावली र नौकरशाहीको परम्परावादी सोचकै कारण प्रगति रोकिएको अध्यक्ष प्रचण्डको भनाइ छ ।
“अब पुरानो सेटिङ भत्काएर नयाँ, गतिशील र जनपक्षीय संरचना बनाउनैपर्छ,” उनले जोड दिए ।
प्रचण्डले ऊर्जा क्षेत्रमा भएको प्रगतिलाई केवल प्राविधिकहरूलाई मात्र श्रेय दिने प्रवृत्ति गलत भएको उल्लेख गर्दै, नेतृत्वको भिजन, राजनीतिक आँट र रणनीतिक निर्णयकै कारण परिवर्तन सम्भव भएको प्रस्ट पारे । “प्राविधिक महत्त्वपूर्ण हुन्छन्, तर नीति बनाउने, बाटो देखाउने र जोखिम उठाउने नेतृत्वकै भूमिका निर्णायक हुन्छ,” उनले भने ।
अध्यक्ष प्रचण्डले भारत र बंगलादेशसँग ऊर्जा व्यापारका लागि आफ्नो नेतृत्वमा लगातार पहल भएको स्मरण गर्दै, निजी क्षेत्रलाई नाफा कमाउने वातावरण बिना ठूलो लगानी सम्भव नहुने टिप्पणी गरे ।
प्रचण्डले जनयुद्ध र जनआन्दोलनबाट आएको गणतन्त्र, संघीयता, समावेशीता र समानुपातिक प्रतिनिधित्व माओवादी नेतृत्वकै उपलब्धि भएको दाबी गरे । “जनताले बुझ्न थालेका छन्—देश बनाउन सक्ने शक्ति माओवादी नै हो,” उनले जोड दिए ।
अन्त्यमा, अध्यक्ष प्रचण्डले ऊर्जा क्षेत्रलाई राष्ट्रिय हित, जनताको भावना र समृद्धिको आधार मानेर सबै राजनीतिक दल, निजी क्षेत्र र नागरिक समाज मिलेर अघि बढ्नुपर्ने निष्कर्ष प्रस्तुत गरे ।
यता उनले पोस्टबहादुर बोगटीजस्ता इमान्दार नेताले ऊर्जा क्षेत्रमा नीतिगत स्थिरता दिने, महत्त्वपूर्ण परियोजनाहरू अघि बढाउने र छिमेकीसँग सहकार्य विस्तार गर्ने काममा महत्त्वपूर्ण योगदान पुर्याएको स्मरण गर्दै प्रचण्डले भने, “राष्ट्रले बोगटीको योगदानलाई सदैव सम्झनैपर्छ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: