Khabar Dabali ४ माघ २०८२ शनिबार | 17th January, 2026 Sat
Investment bank

अध्यक्ष प्रचण्डलाई बलियो बनाएर अगाडि बढ्नु पर्छ: गजुरेल

खबरडबली संवाददाता

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव हरिबोल गजुरेलले अध्यक्ष प्रचण्डलाई बलियो बनाएर अगाडि बढ्न निर्देशन दिएका छन् ।

पार्टीको प्रदेश समिति सचिवालय बैठकलाई सम्बोधन गर्दै उनले पार्टीलाई चुनावमा लैजाने हो भने अध्यक्ष प्रचण्ड लाई निसर्त सहयोग गरेर अगाडि बढ्नुपर्ने उनले बताए । गजुरेलले भने- 'अहिले अध्यक्ष प्रचण्डले सहि गर्दा गर्दै आलोचना गर्ने र पार्टी नेतृत्वप्रति देखिएको जनविश्वासलाई फरक बहस तर्फ मोड्ने जुन गतिविधि भैरहेका छन । आफ्नाले त राम्रो गर्दा माया पो गर्छन । राम्रो गर्दा गर्दै विरोध त शत्रले गर्द्छन  । चुनाव नलड्ने हो । बैद्यै जी ले जस्तै गर्ने हो भने त ठिकै छ । होइन भने अहिले अध्यक्ष प्रचण्डले लिएको अभियानलाई निसर्त सहयोग गर्न जरूरी छ । प्रदेश १ सहि नेतृत्व को पक्षमा एकताबद्व हुन्छ ।'

उनले पार्टी नेतृत्त्वप्रति सही आलोचना र समर्थन गर्ने संस्कार विकास गर्नुपर्नेमा जोड दिए । उनले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा लिएका सुशासन, सामाजिक न्याय र समृद्धिको कदमलाई सामान्य उपलब्धि नभई ठूलो महत्वको वर्ग संघष भएको उल्लेख गरे । “राम्रो भइरहेको कामलाई खुलेर समर्थन गर्नुपर्छ, बिग्रिएको ठाउँमा कार्यकर्ताले प्रतिवाद गर्नुपर्छ । विपक्षले हो राम्रो गर्दा पनि विरोध गर्ने” गजुरेलले भने । 

गजुरेलले पार्टीभित्रको धारणा र बहसलाई स्वाभाविक मान्दै नेतृत्त्वले राम्रो गर्दा समर्थन र साथ दिनुपर्ने बताए । 
उनले पार्टी र नेताहरूले आफ्ना कामलाई पुस्तक पढेजस्तै एकपटक मात्रै हेरेर छोड्ने होइन, निरन्तर समीक्षा र अभ्यास गर्दै जानुपर्ने सुझाव दिए । “हामी सबै मिलेर नेतृत्त्वलाई मजबुत बनाउनुपर्छ, पार्टीलाई बलियो बनाउनुपर्छ । यही बाटोले भविष्यमा ठूलो सफलता दिलाउँछ,” उनले जोड दिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending