दुबई । युरोपेली राष्ट्रले इरानमाथि संयुक्त राष्ट्रसङ्घको प्रतिबन्ध पुनः लागु गर्ने प्रक्रिया सुरु गर्ने आशङ्काबिच बिहीबार तेहरानमा रियाल मुद्रा रेकर्ड न्यून स्तरमा झरेको छ । यसले पहिल्यै कमजोर अर्थतन्त्रमा थप दबाब सिर्जना गरेको छ ।
सन् २०१५ को इरान र विश्व शक्तिबिचको आणविक सम्झौतामा समावेश ‘स्न्यापब्याक’ संयन्त्र संयुक्त राष्ट्रसङ्घमा भिटो-प्रुफ हुने गरी बनाइएको थियो । यसले ३० दिनको समयावधिपछि लागु हुने सम्भावना छ । यदि कार्यान्वयन गरियो भने, इरानी सम्पत्ति विदेशमा फ्रिज हुने छ, हतियार सम्झौतामा रोक लाग्नेछ र ब्यालिस्टिक मिसाइल कार्यक्रमसमेत दण्डित हुने छ ।
तेहरानमा बिहीबार एक डलर बराबर १० लाख रियालमा कारोबार भयो । सन् २०१५ को सम्झौताको समयमा यो दर ३२ हजार रियाल बराबर एक डलर थियो । अप्रिलमा रियाल आफ्नो सबैभन्दा कम विन्दु एक डलर बराबर १० लाख ४३ हजारमा पुगेको थियो । फ्रान्स, जर्मनी र बेलायतले अगस्ट ८ मा इजरायलसँगको १२ दिने युद्धको सुरुमा इरानले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) को निरीक्षण रोकेपछि स्न्यापब्याक ट्रिगर हुनसक्ने चेतावनी दिएका थिए । त्यसयता इजरायली आक्रमणमा तेहरानका शीर्ष सैन्य नेता मारिए र सर्वोच्च नेता आयातुल्ला अली खामेनी लुकेर बस्न बाध्य भए ।
इरानको प्रतिक्रिया
सुरुआतमा इरानले नयाँ प्रतिबन्धको खतरालाई कम आँकेको थियो । युरोपेली चेतावनीपछि पनि केही समय थोरै मात्र कूटनीतिमा संलग्न भयो । तर पछिल्ला दिनहरूमा छिटफुट कूटनीतिक गतिविधिले यसको शासनभित्रको अराजकतालाई उजागर गरिरहेको देखिन्छ । विदेशमन्त्री अब्बास अराघचीले गत हप्ता भनेका थिए । “युद्ध हुँदा हामी वार्तामा थियौँ । त्यसैले, वार्ताले मात्रै युद्ध रोक्दैन । कहिलेकाहीँ युद्ध अपरिहार्य हुन्छ र कूटनीतिले मात्र त्यसलाई रोक्न सक्दैन ।”
आणविक सम्वर्धनबारे चिन्ता
जुनमा युद्ध सुरु हुनुअघि इरानले ६० प्रतिशत शुद्धतासम्म युरेनियम सम्वर्धन गरिरहेको थियो । यो हतियार-ग्रेड ९० प्रतिशत स्तरको नजिक छ । यससँग धेरै परमाणु बम बनाउन पर्याप्त अत्यधिक समृद्ध युरेनियम भण्डार रहेको बताइन्छ । इरानले आफ्नो कार्यक्रम शान्तिपूर्ण भएको दाबी गर्दै आएको छ । तर पश्चिमी राष्ट्र र आइएइएले सन् २००३ सम्म इरानसँग सक्रिय आणविक हतियार कार्यक्रम रहेको अनुमान गरेका छन् ।
हाल इजरायल र अमेरिकाले युद्धका क्रममा आणविक साइटमा आक्रमण गर्दा इरानको कार्यक्रममा कस्तो असर परेको हो भन्ने स्पष्ट छैन । सन् २०१५ को सम्झौतामा इरानले आइएइएलाई आफ्ना साइटमा अन्य मुलुकभन्दा बढी पहुँच दिने सहमति जनाएको थियो । यसअन्तर्गत स्थायी क्यामेरा, सेन्सर र अनलाइन मोनिटर जडान गरिएको थियो, जसले नातान्ज आणविक केन्द्रमा युरेनियम सम्वर्धन स्तर मापन गथ्र्यो ।
आइएइए निरीक्षकले नियमितरूपमा इरानी साइटमा पुगेर नमूना सङ्कलन गर्ने गरेका थिए, जुन अस्ट्रियास्थित प्रयोगशालामा परीक्षण गरिन्थ्यो । उपग्रह तस्वीरमार्फत पनि निगरानी भइरहेको थियो । तर सन् २०१८ मा अमेरिका सम्झौताबाट बाहिरिएपछि आइएइएका निरीक्षकलाई पहुँच दिनमा इरानले लगातार प्रतिबन्ध लगाउँदै आएको छ । इरानले भने आक्रमणअघि युरेनियम र अन्य सामग्री नयाँ अघोषित साइटमा सारिएको दाबी गरेको छ । यसैबिच, बुधबार रुसी सहयोगमा सञ्चालित बुसेहर आणविक रिएक्टरमा इन्धन प्रतिस्थापन हेर्न आइएइए निरीक्षक उपस्थित थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: