गुल्मी । गुल्मीको इस्मा गाउँपालिका–४ दोहलीस्थित देउराली पार्कलाई पर्यटकीय गन्तव्य बनाउनका लागि संरचना निर्माणको काम अघि बढाइएको छ । पछिल्ला वर्षमा धार्मिक र प्राकृतिक दुवै हिसाबले महत्त्वपूर्ण मानिने देउरालीमा निरन्तर पर्यटकीय पूर्वाधार थपिँदै आएका छन् ।
इस्मा देउराली पर्यटन पार्क तथा पूर्वाधार निर्माणका लागि पाल्पाको पारिलेक कन्स्ट्रक्सनसँग ५४ लाख २१ हजार ५२१ रुपियाँमा सम्झौता भएको गाउँपालिकाका इन्जिनियर हरिप्रसाद पाण्डेले जानकारी दिए । २०८१ माघ २७ गते सम्झौता भएको यो योजना २०८२ जेठ ३० गते सम्पन्न भएको हो ।
सम्झौताअनुसार देउराली क्षेत्रमा गेट, गोलघर, वाल, राष्ट्रिय झण्डा, बुद्ध मूर्ति, मन्दिर, गार्ड रुम, काउन्टर तथा केही विद्युतीय काम सम्पन्न गरिएको पाण्डेले बताए । बर्से र चैते दशैँमा विशेष पूजाआजा हुने यस स्थललाई पर्यटकीय गन्तव्य बनाउन संघ र प्रदेश सरकार दुवै तर्फबाट सहयोग हुँदै आएको छ ।
यसअघि २०७९ सालमा डिभिजन वन कार्यालय गुल्मीमार्फत १२ लाख ४८ हजार ३६२ रुपियाँमा उद्यान पार्क निर्माण भएको थियो । सो काम रेसुङ्गा नगरपालिका–२ की निर्माण कम्पनीले सम्पन्न गरेको हो । तर अहिले त्यतिबेला निर्माण भएका केही संरचना जीर्ण भइसकेका छन् । यसै कारण पार्कलाई व्यवस्थित बनाउन नयाँ संरचना थप्ने र संरक्षण व्यवस्थापनलाई हेरालुमार्फत अघि बढाउने कार्य भइरहेको देउराली मन्दिर संरक्षण तथा पर्यटन विकास संस्थाका अध्यक्ष गणु प्रसाद अधिकारीले बताए ।
उनका अनुसार गुरुङ्ग गाउँ कल्यार र नजिकैको मुख्य सडक मार्गलाई समेत समेटेर कल्यारलाई होमस्टे गाउँ र देउरालीलाई पर्यटकीय पार्कका रुपमा विकास गर्ने लक्ष्य राखिएको छ । तर, यहाँ खानेपानीको अभाव र सडक स्तरोन्नती नभएको स्थानीयको गुनासो छ । नजिकै ठुलो खानेपानी ट्याङ्की रहे पनि देउराली पुग्ने पर्यटकहरूलाई पिउने पानीको असुविधा हुने गरेको स्थानीय बसन्ती न्यौपाने अर्यालले बताइन । उनले पार्कमा प्रवेश शुल्क साना बालबालिकासमेतबाट असुल्ने कार्य रोक्नुपर्ने र व्यवस्थापन सुधार आवश्यक रहेको सुझाव दिइन ।
इस्मा गाउँपालिका–४ का वडाध्यक्ष राजु बस्नेतका अनुसार धार्मिक र प्राकृतिक दुवै दृष्टिले महत्त्वपूर्ण देउरालीलाई क्रमशः पर्यटकीय गन्तव्य बनाउन प्रयास भइरहेको छ । संघ र प्रदेश सरकारको बजेट सहयोगमा संरचना निर्माण भइरहेकाले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अन्तर्गतका अझै धेरै काम गर्न बाँकी रहेको उनले बताए ।
बस्नेतका अनुसार गत वर्ष मात्रै देउरालीका लागि करिब ६७ लाख रुपियाँ विनियोजन भई गाउँपालिकामार्फत कार्यान्वयन गरिएको छ भने दुई वर्षअघि प्रदेश सरकारमार्फत करिब साढे १२ लाख रुपियाँका संरचना निर्माण भएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: