Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

पर्यटकीय गन्तव्य बन्दै गुल्मीको इस्मा देउराली

खबरडबली संवाददाता

गुल्मी । गुल्मीको इस्मा गाउँपालिका–४ दोहलीस्थित देउराली पार्कलाई पर्यटकीय गन्तव्य बनाउनका लागि संरचना निर्माणको काम अघि बढाइएको छ । पछिल्ला वर्षमा धार्मिक र प्राकृतिक दुवै हिसाबले महत्त्वपूर्ण मानिने देउरालीमा निरन्तर पर्यटकीय पूर्वाधार थपिँदै आएका छन् ।

इस्मा देउराली पर्यटन पार्क तथा पूर्वाधार निर्माणका लागि पाल्पाको पारिलेक कन्स्ट्रक्सनसँग ५४ लाख २१ हजार ५२१ रुपियाँमा सम्झौता भएको गाउँपालिकाका इन्जिनियर हरिप्रसाद पाण्डेले जानकारी दिए । २०८१ माघ २७ गते सम्झौता भएको यो योजना २०८२ जेठ ३० गते सम्पन्न भएको हो ।

सम्झौताअनुसार देउराली क्षेत्रमा गेट, गोलघर, वाल, राष्ट्रिय झण्डा, बुद्ध मूर्ति, मन्दिर, गार्ड रुम, काउन्टर तथा केही विद्युतीय काम सम्पन्न गरिएको पाण्डेले बताए । बर्से र चैते दशैँमा विशेष पूजाआजा हुने यस स्थललाई पर्यटकीय गन्तव्य बनाउन संघ र प्रदेश सरकार दुवै तर्फबाट सहयोग हुँदै आएको छ । 

यसअघि २०७९ सालमा डिभिजन वन कार्यालय गुल्मीमार्फत १२ लाख ४८ हजार ३६२ रुपियाँमा उद्यान पार्क निर्माण भएको थियो । सो काम रेसुङ्गा नगरपालिका–२ की निर्माण कम्पनीले सम्पन्न गरेको हो । तर अहिले त्यतिबेला निर्माण भएका केही संरचना जीर्ण भइसकेका छन् । यसै कारण पार्कलाई व्यवस्थित बनाउन नयाँ संरचना थप्ने र संरक्षण व्यवस्थापनलाई हेरालुमार्फत अघि बढाउने कार्य भइरहेको देउराली मन्दिर संरक्षण तथा पर्यटन विकास संस्थाका अध्यक्ष गणु प्रसाद अधिकारीले बताए । 

उनका अनुसार गुरुङ्ग गाउँ कल्यार र नजिकैको मुख्य सडक मार्गलाई समेत समेटेर कल्यारलाई होमस्टे गाउँ र देउरालीलाई पर्यटकीय पार्कका रुपमा विकास गर्ने लक्ष्य राखिएको छ । तर, यहाँ खानेपानीको अभाव र सडक स्तरोन्नती नभएको स्थानीयको गुनासो छ । नजिकै ठुलो खानेपानी ट्याङ्की रहे पनि देउराली पुग्ने पर्यटकहरूलाई पिउने पानीको असुविधा हुने गरेको स्थानीय बसन्ती न्यौपाने अर्यालले बताइन । उनले पार्कमा प्रवेश शुल्क साना बालबालिकासमेतबाट असुल्ने कार्य रोक्नुपर्ने र व्यवस्थापन सुधार आवश्यक रहेको सुझाव दिइन । 

इस्मा गाउँपालिका–४ का वडाध्यक्ष राजु बस्नेतका अनुसार धार्मिक र प्राकृतिक दुवै दृष्टिले महत्त्वपूर्ण देउरालीलाई क्रमशः पर्यटकीय गन्तव्य बनाउन प्रयास भइरहेको छ । संघ र प्रदेश सरकारको बजेट सहयोगमा संरचना निर्माण भइरहेकाले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अन्तर्गतका अझै धेरै काम गर्न बाँकी रहेको उनले बताए । 

बस्नेतका अनुसार गत वर्ष मात्रै देउरालीका लागि करिब ६७ लाख रुपियाँ विनियोजन भई गाउँपालिकामार्फत कार्यान्वयन गरिएको छ भने दुई वर्षअघि प्रदेश सरकारमार्फत करिब साढे १२ लाख रुपियाँका संरचना निर्माण भएका थिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: