काठमाडौं। पूर्व राष्ट्रपति डा। रामवरण यादवले २०८२ भदौ २३ र २४ गते ‘जेन–जी’ आन्दोलनका क्रममा भएको हिंसा, आगजनी र तोडफोडले मुलुकलाई कम्पित बनाएको भन्दै गहिरो दु:ख व्यक्त गरेको छन्।
राजनीतिक तथा प्रशासनिक अन्योल अन्त्य गर्दै नागरिकको जीउधनको सुरक्षा सुनिश्चित गर्न जिम्मेवार निकायले ढिलाइ नगर्ने विश्वास व्यक्त गर्दै उनले भनेको छन्, “नेपालको संविधान २०७२ र त्यसले दिएको मार्गचित्र नै यो संकट समाधान गर्ने एक मात्र उपाय हो। यही संविधानको सही कार्यान्वयनबाट ‘जेन–जी’ पुस्ताका आकांक्षा र उद्देश्यहरू समेत पूरा गर्न सम्भव छ।”
उनले ज्यान गुमाउने युवाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै पीडित परिवारलाई धैर्यधारणको शक्ति मिलोस् भनी कामना गरेको छन्।
उनले यस्तो गतिविधिले सिंगो मुलुकलाई कम्पित र स्तब्ध तुल्याएको उल्लेख गर्दै अकालमै ज्यान गुमाउने युवाहरूको आत्माको चिरशान्तिको कामना गर्नुभएको छ ।
डा। यादवले वक्तव्यमा भनेको छन्, “युवाहरूको आन्दोलन भ्रष्टाचारको अन्त्य, अभिव्यक्ति स्वतन्त्रता र उत्तरदायी शासन जस्ता अत्यन्त स्वाभाविक र आधारभूत मागका लागि भएको थियो। तर, आन्दोलनका नाममा भएको विनाश र विध्वंसको कारण र कर्ता पहिल्याउनु आज अपरिहार्य छ।”
उनले सिंहदरबार, शीतल निवास, सर्वोच्च अदालत, प्रदेश सभा, स्थानीय तहका संरचनालगायत देशका संवैधानिक र ऐतिहासिक धरोहरमा गरिएको तोडफोड नियोजित देखिएको भन्दै यसको वास्तविक उद्देश्य र कारकहरू पहिचान गर्नु राष्ट्रको एकता, अमनचयन र सुरक्षित भविष्यका लागि जरुरी भएको टिप्पणी गरे।
आन्दोलनका क्रममा औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानमा भएको क्षतिले लाखौंलाई रोजगारी दिने संरचना मात्र नभई राष्ट्रिय अर्थतन्त्रमा ठूलो धक्का पुराएको भन्दै डा. यादवले यस्तो प्रवृत्तिबाट देशलाई जोगाउन सबैलाई सचेत रहन आग्रह गरेको छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २७ गते, २०८२ - १६:४३
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ । पुस २५ गतेदेखि दे...
पौष २७ गते, २०८२ - १६:३३
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हालसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराइसकेका छन्। विशेष महाधिवेशनको उद्घाटन सत्रम...
पौष २७ गते, २०८२ - १६:२०
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्र उद्घाटन गर्न सभापति शेरबहादुर देउवालाई उपस्थ...
पौष २७ गते, २०८२ - १६:०७
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष तथा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले पछिल्लो चार महिनादेखि नेपाली कांग्रेस ‘कोमा’मा रह...
पौष २७ गते, २०८२ - १५:५९
काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीमा अब इतिहासको ब्याज खाएर बस्न नसक्ने बताउँदै नेताहरूलाई कटाक्ष गरेका छन्। दोस्रो ...
पौष २७ गते, २०८२ - १५:२८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी...
पौष २७ गते, २०८२ - १५:०८
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिको नाम...
पौष २७ गते, २०८२ - १५:००
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ। राप्रप...
पौष २७ गते, २०८२ - १४:४१
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले उद्घाटन गरेका छन्। उनीहरूले पानसमा बत्ती बालेर भृकुटीमण्डपस्थित...
पौष २७ गते, २०८२ - १४:२८
काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको र पार्टी विभाजन नहोस् भन्नेमा सचेत बताएको छन्। कांगेसको विशेष महा...




प्रतिकृया लेख्नुहोस्: