Khabar Dabali १७ असार २०८३ बुधबार | 1st July, 2026 Wed
Investment bank

आगजनी र तोडफोडबाट बाँकेमा तीन सयभन्दा बढी सवारी साधन नष्ट

खबरडबली संवाददाता

नेपालगन्ज। जेनजी प्रदर्शनका क्रममा भदौ २४ गते बाँके जिल्लाका विभिन्न सरकारी कार्यालय र स्थानीय तहमा गरिएको आगजनी र तोडफोडबाट तीन सयभन्दा बढी सवारी साधनहरु नष्ट भएका छन् ।

नष्ट भएका सवारी साधनहरुमा मोटरसाइकल धेरै रहेको विभिन्न कार्यालयबाट प्राप्त भएको तथ्याङ्कबाट जानकारी भएको छ । 

विभिन्न समयमा पक्राउ गरेर नेपालगन्ज भन्सार कार्यालयमा राखिएका दुई सयभन्दा बढी सवारी साधनसहित जिल्लाको कोहलपुर र नेपालगन्जका सरकारी कार्यालय तथा स्थानीय तहमा रहेका तीन सय बढी सवारी साधन नष्ट पारिएका हुन् ।

सबैभन्दा बढी सवारी साधन नेपालगन्ज भन्सार कार्यालयमा जलाइएको सो कार्यालयले जनाएको छ ।

नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलले लिलाम गर्ने उद्देश्यले राखिएका र कार्यालयका कर्मचारीका गरेर दुई सयभन्दा बढी कार, भ्यान र मोटरसाइकलहरु ध्वस्त पारिएको जनाउँदै भन्सारमा मात्रै सात करोड बढीको क्षति भएको अनुमान गरिएको बताए।

सोही प्रकारले नेपालगन्ज उपमहानगरपालिकामा एक एम्बुलेन्ससहित आठ वटा चार पांग्रे गाडी, सात वटा स्कुटर र १५ वटा मोटरसाइकल गरेर ३० वटा सवारी साधन पूर्ण रुपमा नष्ट पारिएको उपमहानगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत रामहरी शर्माले बताए ।

उनले कार्यालयभित्र रहेका सबै सवारी साधन पूर्ण रुपमा नष्ट पारिएको बताए ।

यसैगरि कोहलपुर नगरपालिकामा पनि एउटा एम्बुलेन्ससहित १५ वटा सवारी साधनलाई पूर्ण रुपमा नष्ट पारिएको कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर गिरीले बताए।

सोही प्रकारले उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलाशको कार्यालयमा छ गाडीसहित नौ वटा सवारी साधन नष्ट गरिएको सो कार्यालयका सूचना अधिकारी बलबहादुर बिष्टले बताए।

यस्तै, बाँकेको जिल्ला प्रशासन कार्यालय, भूमिसुधार तथा मालपोत कार्याल, आन्तरिक राजस्व कार्यालय, जिल्ला अदालत, नापी कार्यालय, प्रहरी कार्यालय जयसपुर, कृषि ज्ञान केन्द्र बाँके, राजस्व अनुसन्धान कार्यालय कोहलपुर र इलाका प्रशासन कार्यालय कोहलपुरमा रहेका अधिकांश सवारी साधनहरु पनि नष्ट पारिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

सवारी साधन लगायत सबै क्षतिको विवरण सङ्कलन भइरहेकाले अझै यकिन क्षति थाहा नभएको तर धेरै ठुलो क्षति भएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक पातलीले बताए।  

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठमान्डु गोर्खाजको डाइरेक्टरमा शरद

काठमाडौँ। काठमान्डु गोर्खाजको क्रिकेट डाइरेक्टरमा शरद भेषावकर काठमान्डु गोर्खाजले पूर्व राष्ट्रिय क्रिकेट खेलाडी शरद भेषावकरलाई ‘क्रिकेट डाइरेक्टर’ को...

विदेशको पीआर लिएका कर्मचारीलाई कारबाही गर्न सिफारिस

काठमाडौँ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहे...

साउदी सरकारद्वारा ३३ नेपाली कैदीलाई 'माफी'

काठमाडौँ। साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई माफी दिएको छ । रमजान महिनाको अवसरमा साउदी सरकारले ती नेपालीलाई...

आफ्नै दाजुको हत्या गरी नहरमा फाल्ने भाइ पक्राउ

नेपालगन्ज। जिल्ला प्रहरी कार्यालय बाँकेले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका–४ गोहुवाका विनोद चौधरीलाई पक्राउ गरेको ज...

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरणको रिट: सुलभ अग्रवाल र दीपक भट्टको फाइल झिकाउन आदेश

काठमाडौं।  सर्वोच्च अदालतले एमाले उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिट निवेदनको सुनुवाइका क्रममा सर्वोच्च अदालतले ...

हेटौँडाको रातोमाटेमा गाडी दुर्घटना, छ जना घाइते

मकवानपुर। महेन्द्र राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोइन्ट नजिकै विद्युतीय गाडी दुर्घटना हुँदा छ जना यात्रु घाइते भएका छन्...

तीन घण्टामा सबैभन्दा बढी वर्षा दाङको कोइलाबासमा

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले पछिल्लो तीन घण्टामा सबैभन्दा बढी वर्षा दाङको कोइलाबासमा भएको जनाएको छ। महाशाखाले मंगलबार दिउँसो सार्वजनिक गरे...

विदेशी आवासीय अनुमति लिएर कार्यालयमा अनुपस्थित ४ कर्मचारीसँग स्पष्टीकरण माग

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहे...

दुई महिनापछि फेरि सुरु भयो नेपाली चियाको निर्यात

काठमाडौं । गुणस्तर परीक्षणको नाममा भारतीय चिया बोर्डले सिर्जना गरेको अवरोधका कारण झन्डै दुई महिनादेखि रोकिएको नेपाली चियाको निर्यात पुन: सुरु भएको छ। ...

हाल पार्टी एकताको सम्भावना छैन, कार्यगत एकतामार्फत संयुक्त सङ्घर्ष आवश्यक: ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा लोकतन्त्र, संविधान र राष्ट्रिय हितको पक्षमा रहेका सबै लोकतन्त्रवादी, ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending