Khabar Dabali २९ पुष २०८२ मंगलवार | 13th January, 2026 Tue
Investment bank

पाकिस्तान–साउदी अरेबिया रक्षा सम्झौता

खबरडबली संवाददाता

पेरिस ।  पाकिस्तान र साउदी अरेबियाबीच यसै महिना हस्ताक्षर भएको नयाँ रक्षा सम्झौताले मध्यपूर्व र दक्षिण एसियाको शक्ति सन्तुलनबारे गहिरो बहस सुरु गरेको छ ।

कतारस्थित हमास कम्पाउन्डमा इजरायली आक्रमण, इरान–इजरायल तनाव, तेहरानको आणविक कार्यक्रमबारे अनिश्चितता र मे महिनाको भारत–पाकिस्तान झडपको पृष्ठभूमिमा आएको यो सम्झौता संवेदनशील समयको कदम मानिएको छ। ब्रुकिङ्स इन्स्टिच्युसनका जोशुआ ह्वाइटले “अनुभवी विश्लेषकहरूलाई समेत अचम्मित पारेको” टिप्पणी गरेका छन्। सम्झौताका ठ्याक्कै प्रावधान अझै सार्वजनिक भएका छैनन्, विशेषगरी सम्भावित आणविक पक्षबारे प्रश्न अनुत्तरित छन्।

सन् १९८२ को प्रोटोकल सम्झौटापछि साउदी–पाकिस्तानी सुरक्षा सहकार्य लगातार जारी छ । त्यतिबेला पाकिस्तानी सेनाको उल्लेखनीय उपस्थिति साउदी भूमिमा थियो । अहिले पनि हजारौँ साउदी सैनिकलाई पाकिस्तानी प्रशिक्षकले तालिम दिँदै आएका छन् र पाकिस्तानी अधिकारीहरू साउदी रक्षा मन्त्रालयमा कार्यरत छन् ।

युरोपेली काउन्सिल अन फरेन रिलेसन्सकी गल्फ विज्ञ क्यामिली लोन्सका अनुसार यो सम्झौता लामो वार्ताको परिणाम हो । “हालका घटनासँग प्रत्यक्ष जोड्नुभन्दा साउदीको अमेरिकी सुरक्षा ग्यारेन्टीबारे बढ्दो शंका र इजरायली शक्तिप्रतिको प्रतिक्रिया रूपमा हेर्न सकिन्छ,” उनले बताइन् ।

लाहोर विश्वविद्यालयका सैयद अली जिया जाफरीका अनुसार पाकिस्तानका लागि यो सम्झौता मध्यपूर्वको सुरक्षा संरचनामा आफ्नो महत्त्व देखाउने अवसर हो भने साउदीका लागि अमेरिकामाथिको निर्भरता घटाएर सुरक्षा स्रोत विविधीकरणको प्रयास हो ।

बुलेटिन अफ द एटमिक साइन्टिस्ट्सका अनुसार पाकिस्तानसँग करिब १७० आणविक हतियार छन् । सम्झौताले यी क्षमतासँग सम्बन्ध राख्छ कि राख्दैन भन्ने स्पष्ट छैन । आधिकारिक वक्तव्य पनि आएको छैन । हाल विश्वमा अमेरिका–युरोप र रूस–बेलारुसबीच मात्र औपचारिक आणविक “छत्र” व्यवस्था छ । तर केही साउदी र पाकिस्तानी स्रोतले सम्भावित आणविक आयामको संकेत दिएका छन् । एक साउदी पूर्व–जनरलले एएफपीलाई “सम्झौतामा परम्परागत र गैर–परम्परागत दुवै साधन समेटिएका छन्, जसमा पाकिस्तानी आणविक हतियार पनि पर्न सक्छ” भनेका छन् । तर जाफरीका अनुसार पाकिस्तानको आणविक सिद्धान्त भारतमै केन्द्रित छ र साउदीलाई आणविक छत्र दिने कुनै प्रमाण छैन । पेरिसस्थित फाउन्डेसन फर स्ट्रेटेजिक रिसर्चका ब्रुनो टट्र्रेसले यसलाई “रणनीतिक अस्पष्टता” भनेका छन् ।

साउदी अरेबियाले पाकिस्तानको प्रमुख प्रतिद्वन्द्वी भारतसँग पनि बलियो सम्बन्ध राखेको छ । भारतको तीव्र आर्थिक वृद्धिले साउदी पेट्रोलियममा निर्भरता बढाएको छ र साउदी भारतको तेस्रो ठूलो आपूर्तिकर्ता हो ।

लोन्सका अनुसार “साउदी अरेबिया भारत–पाकिस्तान तनावलाई थप चर्काउने बाटोमा जाँदैन, किनकि उसको कूटनीति बहु–सन्तुलनमा आधारित  छ ।” तर यो सम्झौता केही महिनाअघि भएको भारत–पाकिस्तानबीचको चार दिन लामो द्वन्द्वपछि आएको हो, जसलाई दशकौँकै गम्भीर संकट मानिन्छ । ह्वाइटका अनुसार रियादले पाकिस्तानसँगको सुरक्षा दायित्व पूरा गर्दै भारतसँगको आर्थिक–व्यापारिक सम्बन्ध जोगाउने प्रयास गर्नेछ, तर यस्तो सन्तुलन अब चुनौतीपूर्ण हुनेछ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending