ललितपुर । आजदेखि सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक शुक्रबार दिउँसो १ बजे पुनः बस्ने भएको छ ।
पार्टी उपसभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको आजको बैठकमा पदाधिकारीहरुले धारणा राख्ने क्रम नसकिएकाले भोलि पुनः बस्ने गरी स्थगित भएको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी गराए ।
“वर्तमान परिवेशमा भएको घटनाक्रमले खडा गरेको राजनीतिक चुनौती र पार्टीप्रतिको चुनौतीलाई जोगाउँदै देशलाई जोगाउने विषयमा छलफल जारी छ, पार्टीलाई विशेष परिवेशमा कसरी अगाडि बढाउने भनेर छलफल भइरहेको छ”, उनले भने, “पदाधिकारी बोल्ने क्रम भोलि पनि जारी रहनेछ, समयमा नियमित अधिवेशन हुनुपर्छ भन्ने कुरा आएको छ, मङ्सिरभित्रै सम्पूर्ण विधि प्रक्रिया पूरा गर्न सकिन्छ कि सकिंदैन भनेर छलफल भएको छ”, उनले भने ।
डा. महतले गत भदौ २४ गतेको जेनजी आन्दोलनमा व्यक्तिका निजी सम्पत्ति, नेता तथा व्यवसायी, राष्ट्रिय सम्पत्तिमाथि आगजनी गर्नेलाई कारबाहीमा ल्याउनुपर्छ भन्ने कांग्रेसको धारणा बताए ।
उनले अराजकतालाई कारबाही नगर्दा पुँजी पलायन हुने खतरा बढेको उल्लेख गर्दै अराजकतालाई प्रोत्साहन गर्ने गरी गृह मन्त्रालयले सार्वजनिक गरेको घटनाप्रति असन्तुष्टि व्यक्त गरे ।
“नेताहरुको घर जलाइएको छ, किसुनजीको आश्रम जलाइएको छ, लोकतान्त्रिक मूल्य–मान्यतालाई सिध्याउने षड्यन्त्र भइरहेको छ, यसमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ, आन्दोलनमा गोली चलाउनेको पहिचान गरेर कारवाह हुनुपर्छ”, उनले भने ।
उनले निर्वाचनका लागि कांग्रेस जहिले तत्पर रहेको भन्दै विश्वसनीय निर्वाचनका लागि सरकार गम्भीर नभएन संसद् पुनःस्थापनाको विकल्प हुन सक्ने धारणा राखे । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: