जमुनाह। बाँके प्रहरीले गत आर्थिक वर्ष २०८१–८२ भित्र हातहतियारका घटनामा ९ जना व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले सोही वर्षको फरक समयमा भरुवा बन्दुक ४ थान, म्याग्जिन १ थान, गोली १ थान, खोका १ थान, नाल ४ थान, गज १ थान, केप ९६ वटा, बारुद १ डिब्बा लगायत हातहतियार बनाउन प्रयोग हुने धातुजस्ता सामग्रीहरु बरामद गरेका हो ।
गत आर्थिक वर्षमा बाँके प्रहरीले हातहतियारसँग सम्बन्धित ५ वटा मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अंगुर जिसीले जानकारी दिए। आ।व। २०८०–८१ मा ८ वटा मुद्दा दर्ता भएको थियो ।
सोही आर्थिक वर्षमा १२ जनालाई हातहतियार मुद्दामा पक्राउ गरिएको थियो । ६ थान भरुवा बन्दुक, १ थान कटुवा पेस्तोल र ३ गोली राउण्ड बरामद गरेको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार आर्थिक वर्ष २०७९–८० मा १६ जना व्यक्ति पक्राउ परेका थिए । ६ वटा मुद्दा दर्ता भएको थियो ।
सो अवधिमा प्रहरीले १ थान अटोमेटिक पेस्तोल र ११ थान भरुवा बन्दुक बरामद गरेको थियो । साथै पेस्तोलका ९ राउन्ड गोली र करिब ६ सय ग्राम बारुद फेला परेको थियो ।
चालु आर्थिक वर्ष २०८२–८३ को असोज महिनासम्म कुनै मुद्दा दर्ता नभएको र हातहतियार बरामद नभएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पछिल्ला वर्षहरूमा स्थानीय समुदायको सहकार्य, सीमा क्षेत्रमा कडाइ र सूचनाको प्रभावकारी उपयोगका कारण अवैध हातहतियार नियन्त्रणमा उल्लेखनीय सुधार आएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २० गते, २०८२ - ११:०८
फुङलिङ। नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले आगामी फागुन २१ गते हुने निर्वाचन विगतको भन्दा अलिक फरक रहेको बताएको छन् । गृहजिल्ला ताप्लेजुङको फुङलिङ...
पौष २० गते, २०८२ - १०:५८
नवलपुर। पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको गैँडाकोटमा ट्रकले पैदल यात्रुलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । चितवनबाट नवलपुरको चौधरी ग्रामतर...
पौष २० गते, २०८२ - १०:४८
गुल्मी। नेकपा एमालेका केन्द्रीय सदस्य प्रदीप ज्ञवालीले संसद पुन:स्थापनानै अहिलेको समस्या समाधान गर्ने छिटो र उत्तम विकल्प भएको बताएको छन् । प्रेस चौता...
पौष २० गते, २०८२ - १०:३८
अमेरिका। भेनेजुएलामा अब थप सैन्य कारबाही नहुने भएको छ । अमेरिकी रिपब्लिकन सिनेटर माइक लीले विदेश मन्त्री मार्को रुबियोसँगको टेलिफोन संवादमा सोबारे जान...
पौष २० गते, २०८२ - १०:२५
उदयपुर। उदयपुर जिल्लाको बागमती आसपास केन्द्रबिन्दु बनाएर शनिबार राति २२:५१ बजे ४.३ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्...
पौष १९ गते, २०८२ - १७:१९
काठमाडौं । भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिग्जले राष्ट्रपति निकोलस मादुरोको पछिल्लो अवस्था अज्ञात रहेको बताएकी छन्। अमेरिकी राष्ट्रपति डोनाल्...
पौष १९ गते, २०८२ - १७:०१
काठमाडौं । नेपाली कांग्रेसमा महाधिवेशन प्रतिनिधिको बहुमतले माग गरेको विशेष महाधिवेशनको औचित्य समाप्त गर्ने अधिकार कसैलाई नभएको कानुनविद्हरूले बताएका छ...
पौष १९ गते, २०८२ - १६:४२
कङ्गो। अफ्रिकी मुलुक कङ्गोमा इस्लामिक समूहसँग सम्बन्धित विद्रोहीले तीन गाउँमा एकै साथ आक्रमण गरी कम्तीमा १४ जनाको हत्या गरेका छन् । उत्तर(पश्चिम नर्थ ...
पौष १९ गते, २०८२ - १६:०२
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरिएको दाबी गरेका छन्। भेनेजुएलाको राजधानी काराकासमा ...
पौष १९ गते, २०८२ - १५:४१
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीलाई कुनै पनि हालतमा विभाजित हुन नदिने र एकतावद्ध बनाउनेमा जोड रहने बताएका छन्। शनिबार डा।...




प्रतिकृया लेख्नुहोस्: