जमुनाह। बाँके प्रहरीले गत आर्थिक वर्ष २०८१–८२ भित्र हातहतियारका घटनामा ९ जना व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले सोही वर्षको फरक समयमा भरुवा बन्दुक ४ थान, म्याग्जिन १ थान, गोली १ थान, खोका १ थान, नाल ४ थान, गज १ थान, केप ९६ वटा, बारुद १ डिब्बा लगायत हातहतियार बनाउन प्रयोग हुने धातुजस्ता सामग्रीहरु बरामद गरेका हो ।
गत आर्थिक वर्षमा बाँके प्रहरीले हातहतियारसँग सम्बन्धित ५ वटा मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अंगुर जिसीले जानकारी दिए। आ।व। २०८०–८१ मा ८ वटा मुद्दा दर्ता भएको थियो ।
सोही आर्थिक वर्षमा १२ जनालाई हातहतियार मुद्दामा पक्राउ गरिएको थियो । ६ थान भरुवा बन्दुक, १ थान कटुवा पेस्तोल र ३ गोली राउण्ड बरामद गरेको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार आर्थिक वर्ष २०७९–८० मा १६ जना व्यक्ति पक्राउ परेका थिए । ६ वटा मुद्दा दर्ता भएको थियो ।
सो अवधिमा प्रहरीले १ थान अटोमेटिक पेस्तोल र ११ थान भरुवा बन्दुक बरामद गरेको थियो । साथै पेस्तोलका ९ राउन्ड गोली र करिब ६ सय ग्राम बारुद फेला परेको थियो ।
चालु आर्थिक वर्ष २०८२–८३ को असोज महिनासम्म कुनै मुद्दा दर्ता नभएको र हातहतियार बरामद नभएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पछिल्ला वर्षहरूमा स्थानीय समुदायको सहकार्य, सीमा क्षेत्रमा कडाइ र सूचनाको प्रभावकारी उपयोगका कारण अवैध हातहतियार नियन्त्रणमा उल्लेखनीय सुधार आएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २७ गते, २०८३ - ११:३१
काठमाडौं । काठमाडौं उपत्यकामा पटक(पटक ट्राफिक नियम उल्लङ्घन गर्ने ३१ जना चालकको सवारीचालक अनुमतिपत्र ९लाइसेन्स० निलम्बनका लागि सिफारिस गरिएको छ। का...
बैशाख २७ गते, २०८३ - ११:१५
काठमाडौँ । गत शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ । सुन तोलामा रु एक हजारले घटेको छ भने चाँदीको मोल भने रु...
बैशाख २७ गते, २०८३ - ११:००
भक्तपुर। राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत कक्षा १० परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ को नतिजा एसएमएस, आईभीआर तथा वेबसाइट...
बैशाख २७ गते, २०८३ - १०:५४
हुम्ला। वर्षेनी ठुलो मात्रामा चीनको ताक्लाकोटबाट हिल्सा नाका हुँदै हुम्ला भित्रिने चिनियाँ मदिरा यस वर्ष नेपाल भित्रिन नदिने सहमति भएको छ । नेपाली सुर...
बैशाख २६ गते, २०८३ - १७:४१
काठमाडौं । कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले विधि र वैधानिक परम्परालाई कमजोर बनाउने स्वार्थ प्रेरित गतिविधिले निरंकुशताको संकेत दिने बताए...
बैशाख २६ गते, २०८३ - १७:२३
काठमाडौँ । नेकपा एमाले संसदीय दलको बैठकले दलको साङ्गठनिक संरचनालाई पूर्णता दिँदै २१ सदस्यीय ‘संसदीय बोर्ड’ गठन गरेको छ । शनिवार सिंहदरबारस्थित संसद...
बैशाख २६ गते, २०८३ - १७:११
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका आधिकारिक सदस्यले रूखबाहेक अन्य चुनाव चिन्हमा मतदान गर्न नपाइने बताएका छन्। कैलालीको धनगढीमा...
बैशाख २६ गते, २०८३ - १६:२८
ताप्लेजुङ। ताप्लेजुङमा यतिबेला बेमौसमी हिमपात भएको छ । पाथीभरा डाँडासहित जिल्लाको उच्च हिमाली भेगमा बाक्लो हिमपात भएको हो । हिमाली जिल्ला ताप्लेजु...
बैशाख २६ गते, २०८३ - १६:१६
नेपालगन्ज। भारतसँग सीमाना जोडिएको बाँके जिल्लाको नेपालगन्ज लगायत विभिन्न सीमावर्ती स्थानमा भारतीय र नेपाली रुपियाँको अवैध सटही कारोबार खुला रूपमा हुँद...
बैशाख २६ गते, २०८३ - १५:५८
काठमाडौं। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सभापति गगनकुमार थापा सँग शेरबहादुर देउवा लाई टिकट नदिनुको कारणबारे प्रश्न गरेका छन्। शन...


प्रतिकृया लेख्नुहोस्: