लहान। युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले युवालाई राहत हुनेगरी कार्यक्रम ल्याइने बताएको छन् ।
मन्त्रीमा नियुक्त भएपछि आफ्नो गृहगाउँ लहान–२३, गढा छठ पर्व मनाउन आएको मन्त्री गुप्ताले आज मङगलबार पत्रकारहरूसँग कुराकानी गर्दै युवाहरूको चाहना र भावनाको प्रतिनिधित्व गर्न युवा तथा खेलकुदमन्त्रीको जिम्मेबारी पाएको बताए।
‘‘छठ पर्व सकिएपछि सरकारले हरेक क्षेत्रमा राहत महसुस हुने गरी कार्यक्रम त आउँछ नै । आफू युवा तथा खेलकुदमन्त्रीको हैसियतमा युवाहरूको समस्या र मागलाई सम्बोधन गर्ने गरी कार्यक्रम ल्याउन संयन्त्र बनाउन लागेका छौँ’’,उनले भने।
सरकारमा युवाहरूको नेतृत्व गर्दै युवा तथा खेलकुद मन्त्रालयको जिम्मेबारी पाएकोले खेलकुद त प्राथमिकतामा भएपनि युवाहरूको मागलाई सम्बोधन गर्न पनि त्यतिकै आवश्यक्ता रहेको मन्त्री गुप्ताले प्रष्टयाए।
हरेक निकायमा देखिएको भ्रष्टाचार नियणत्रण गरेर सुशासनको प्रत्याभुति दिलाउन र चुनावको वातावरण बनाउन सरकारले काम गरिरहेको उनले भन्दै अवसरभन्दा पनि चुनौती अगाडि रहेकोले त्यस्ता चुनौतीहरूको सामना गर्न पनि यो सरकार सक्षम रहेको प्रष्टयाए ।
फागुन २१ गते चुनाव गराउन सरकारले वातावरण के के काम थालेको प्रश्नको जिज्ञासामा मन्त्री गुप्ताले भने,‘‘पुरानै संसदको चुनाव गराउन जेनजी पुस्ताले आन्दोलन गरेको छैन । भ्रष्टाचार अन्त्य गर्न र कार्यकारी प्रमुखको निर्वाचन गर्नुपर्ने युवाहरूको दबाब रहेकेकोले संविधान संशोधन गरेर भएपनि युवाहरूको माग पूरा गराउने गरी सरकारले काम गर्न काम गरिरहेको छ ।’’
युवा तथा खेलकुद मन्त्रालय शिक्षा स्वास्थ्य र रोजगारीसँग समेत जोडिएकोले स्वदेशमा नै रोजगारी सृजना गर्ने, शिक्षा र स्वास्थ्यमा देखिएको विकृति र अनियमिततालाई अन्तय गर्ने र भ्रष्टाचारीहरूले उन्मुक्ति नपाउने मन्त्री गुप्ताले विश्वास व्यक्त गरे।
मन्त्री गुप्ता आज दिनभरी विभिन्न कार्यक्रमहरूमा सहभागी भई युवाहरूको भावना बुझ्ने र अग्रजहरूको सललाह सुझाव ग्रहण गर्ने कार्यक्रम रहेको उनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ५ गते, २०८२ - १७:२२
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौं–तराईरमधेश द्रुतमार्गको प्रस्थानविन्दु खोकनाको खोकनामा देखिएको विवादलाई थाती राख्दै वैकल्पिक स्थानबाट...
फाल्गुन ५ गते, २०८२ - १७:११
गुल्मी। आगामी फागुन २१ गते सम्पन्न हुन लागेको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि गुल्मीमा १७ सयभन्दा बढी कर्मचारी परिचालन गरिने भएको छ । दुई निर्वाच...
फाल्गुन ५ गते, २०८२ - १६:५५
काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक २० दशमलव ७५ अङ्कले घटेर दुई हजार ६४२ दशमलव १५ मा पुगेको हो ।...
फाल्गुन ५ गते, २०८२ - १६:४७
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन्। उनी मंगलबार दिउँसो तारिख बुझ्न काठ...
फाल्गुन ५ गते, २०८२ - १६:४३
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वर राज प...
फाल्गुन ५ गते, २०८२ - १६:३३
काठमाडौँ । काठमाडौँमा पैदलयात्रीलाई मुक्का हानेको आरोपमा एक जना कार चालकलाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ। ट्राफिक प्रहरी स्रोतका अनुसार पक्राउ प...
फाल्गुन ५ गते, २०८२ - १६:२७
काठमाडौँ। चन्द्रागिरी नगरपालिका–२, नागढुङ्गास्थित ‘चेक प्वाइन्ट’बाट रु १२ लाखको चाँदीसहित एक जना पक्राउ परेका छन्। वीरगन्जबाट काठमाडौँ आइरहेको यात...
फाल्गुन ५ गते, २०८२ - १५:३८
काठमाडौँ। महाशिवरात्रिमा पशुपतिनाथको दर्शनमा आएका साधुसन्तलाई दक्षिणासहित बिदाइ गरिएको छ। साधुसन्तलाई मंगलबार गुठी संस्थान र पशुपति क्षेत्र विकास ...
फाल्गुन ५ गते, २०८२ - १५:२६
एक व्यक्ति २ पटक मात्र प्रधानमन्त्री
फाल्गुन ५ गते, २०८२ - १५:०७
सर्लाही। पूर्वाधार विकास कार्यालय मलङ्गवामा कार्यरत सव-इन्जिनियर प्रमोदकुमार यादवको गोली हानी हत्या भएको विरोधमा सर्लाहीका सम्पूर्ण सरकारी कार्यालयको ...



प्रतिकृया लेख्नुहोस्: