Khabar Dabali ६ फाल्गुन २०८२ बुधबार | 18th February, 2026 Wed
Investment bank

जाँचबुझ आयोगका अध्यक्ष कार्कीसहित तीन जनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

खबरडबली संवाददाता

काठमाडौँ । जेन–जी आन्दोलनका क्रममा भएको दमन र त्यसपछि भएका आगजनी घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीसहित तीन जनाविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरिएको छ।

अधिवक्ता विपिन ढकालले आइतबार आयोगका अध्यक्ष कार्कीसँगै सदस्यहरू विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारीलाई विपक्षी बनाएर रिट निवेदन पेश गरेका थिए। सर्वोच्च अदालत प्रशासनका अनुसार उक्त रिट मङ्गलबार दर्ता भई बुधबारका लागि पेसी तोकिएको छ।

रिट निवेदनमा आयोगका दुई पदाधिकारीहरू पूर्वाग्रही रहेको र विषयवस्तुमा तटस्थता नदेखाएको आरोप लगाइएको छ। निवेदक ढकालका अनुसार, सदस्य भण्डारीले पनि त्यसमाथि प्रश्न नउठाएकोले आयोगको विश्वसनीयता नै प्रभावित भएको छ।

रिटमा भनिएको छ, “पूर्वाग्रही धारणा राख्ने व्यक्तिलाई आयोगको अध्यक्ष बनाइनु न्याय प्रणालीमा मान्य प्राकृतिक न्यायको सिद्धान्तको उल्लङ्घन हो।”त्यस्तै, अध्यक्ष कार्कीले आफैं छानबिन गर्नुपर्ने घटनासँग सम्बन्धित समाचार सामाजिक सञ्जालमा सेयर गर्नु र सार्वजनिक अभिव्यक्ति दिनुले निष्पक्ष सुनुवाइको सिद्धान्त तोडिएको दाबी गरिएको छ।

रिट निवेदनमा कार्की र अन्य सदस्यहरूलाई मामिला टुंगो लाग्दासम्म कुनै पनि कार्य नगर्न र नगराउन अन्तरिम आदेश जारी गर्न माग गरिएको छ।

सरकारले भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा भएको जनधनको क्षति र दमनका घटनाबारे छानबिन गर्न विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

खोकना विवादका बीच द्रुतमार्गको प्रस्थानविन्दु सार्न प्रधानमन्त्री कार्कीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौं–तराईरमधेश द्रुतमार्गको प्रस्थानविन्दु खोकनाको खोकनामा देखिएको विवादलाई थाती राख्दै वैकल्पिक स्थानबाट...

प्रतिनिधिसभा निर्वाचन: गुल्मीमा १७ सयभन्दा बढी कर्मचारी परिचालन

गुल्मी। आगामी फागुन २१ गते सम्पन्न हुन लागेको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि गुल्मीमा १७ सयभन्दा बढी कर्मचारी परिचालन गरिने भएको छ । दुई निर्वाच...

नेप्से परिसूचक बीस अङ्कले घट्यो, आठ अर्ब ३६ करोड बराबरको कारोबार

काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक २० दशमलव ७५ अङ्कले घटेर दुई हजार ६४२ दशमलव १५ मा पुगेको हो ।...

रवि लामिछाने तारिख बुझ्न काठमाडौं जिल्ला अदालतमा उपस्थित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन्। उनी मंगलबार दिउँसो तारिख बुझ्न काठ...

दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वर राज प...

पैदलयात्रीलाई मुक्का हान्ने व्यक्ति पक्राउ

काठमाडौँ । काठमाडौँमा पैदलयात्रीलाई मुक्का हानेको आरोपमा एक जना कार चालकलाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ। ट्राफिक प्रहरी स्रोतका अनुसार पक्राउ प...

तीन किलो चाँदीसहित एक जना पक्राउ

काठमाडौँ। चन्द्रागिरी नगरपालिका–२, नागढुङ्गास्थित ‘चेक प्वाइन्ट’बाट रु १२ लाखको चाँदीसहित एक जना पक्राउ परेका छन्।  वीरगन्जबाट काठमाडौँ आइरहेको यात...

महाशिवरात्रिमा पशुपतिनाथ आएका साधुसन्तको दक्षिणासहित बिदाइ

काठमाडौँ। महाशिवरात्रिमा पशुपतिनाथको दर्शनमा आएका साधुसन्तलाई दक्षिणासहित बिदाइ गरिएको छ।  साधुसन्तलाई मंगलबार गुठी संस्थान र पशुपति क्षेत्र विकास ...

नेकपा (संयुक्त) ले फागुन २१ को निर्वाचनका लागि घोषणापत्र सार्वजनिक

एक व्यक्ति २ पटक मात्र प्रधानमन्त्री

सव-इन्जिनियर हत्याको विरोधमा सर्लाहीका सरकारी कार्यालय ठप्प

सर्लाही। पूर्वाधार विकास कार्यालय मलङ्गवामा कार्यरत सव-इन्जिनियर प्रमोदकुमार यादवको गोली हानी हत्या भएको विरोधमा सर्लाहीका सम्पूर्ण सरकारी कार्यालयको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE