काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठक बुधबारदेखि सुकेधारस्थित मिराकल पार्टी प्यालेसमा सुरु भएको छ। बैठकमा पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल सुरक्षाकर्मी विना नै सहभागी भएका छन्।
सरकारले मंगलबार नेपालका लागि खटाइएका सबै सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय गरेको थियो। यसअघि गृहमन्त्री ओमप्रकाश अर्यालले भ्रष्टाचारका अभियुक्तलाई पूर्वप्रधानमन्त्रीको हैसियतमा सुविधा दिन नमिल्ने भन्दै सुरक्षाकर्मी फिर्ता गर्न निर्देशन दिएका थिए।
नेपाललाई पूर्वप्रधानमन्त्रीको रूपमा सरकारबाट १६ जना सशस्त्र प्रहरी र २ जना नेपाल प्रहरी सुरक्षाकर्मी उपलब्ध गराइँदै आएको थियो। पतञ्जलि जग्गा हिनामिना प्रकरणमा विशेष अदालतले तोकेको ३५ लाख रुपैयाँ धरौटी बुझाएर नेपाल हालै रिहा भएका थिए।
‘जेनजी आन्दोलन’पछि पहिलो पटक बस्न लागेको बैठकमा पार्टीले ६ वटा मुख्य एजेण्डामा छलफल गर्ने तयारी गरेको छ। ती एजेण्डामा मुलुकको वर्तमान राजनीतिक अवस्था, जेनजी आन्दोलन, निर्वाचन तयारी, आन्तरिक सङ्गठन व्यवस्थापन, नयाँ मनोनीत केन्द्रीय सदस्यको शपथ र पार्टी एकता प्रयासबारे छलफल समावेश छन्।
बैठकमा नेता बेदुराम भुसालको नेतृत्वमा गठन गरिएको ३ सदस्यीय पार्टी एकता कार्यदलले वामपन्थी दलहरूसँग एकताका लागि भइरहेको संवाद र प्रगतिबारे प्रतिवेदन पेश गर्नेछ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ५ गते, २०८२ - १७:२२
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौं–तराईरमधेश द्रुतमार्गको प्रस्थानविन्दु खोकनाको खोकनामा देखिएको विवादलाई थाती राख्दै वैकल्पिक स्थानबाट...
फाल्गुन ५ गते, २०८२ - १७:११
गुल्मी। आगामी फागुन २१ गते सम्पन्न हुन लागेको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि गुल्मीमा १७ सयभन्दा बढी कर्मचारी परिचालन गरिने भएको छ । दुई निर्वाच...
फाल्गुन ५ गते, २०८२ - १६:५५
काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक २० दशमलव ७५ अङ्कले घटेर दुई हजार ६४२ दशमलव १५ मा पुगेको हो ।...
फाल्गुन ५ गते, २०८२ - १६:४७
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन्। उनी मंगलबार दिउँसो तारिख बुझ्न काठ...
फाल्गुन ५ गते, २०८२ - १६:४३
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वर राज प...
फाल्गुन ५ गते, २०८२ - १६:३३
काठमाडौँ । काठमाडौँमा पैदलयात्रीलाई मुक्का हानेको आरोपमा एक जना कार चालकलाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ। ट्राफिक प्रहरी स्रोतका अनुसार पक्राउ प...
फाल्गुन ५ गते, २०८२ - १६:२७
काठमाडौँ। चन्द्रागिरी नगरपालिका–२, नागढुङ्गास्थित ‘चेक प्वाइन्ट’बाट रु १२ लाखको चाँदीसहित एक जना पक्राउ परेका छन्। वीरगन्जबाट काठमाडौँ आइरहेको यात...
फाल्गुन ५ गते, २०८२ - १५:३८
काठमाडौँ। महाशिवरात्रिमा पशुपतिनाथको दर्शनमा आएका साधुसन्तलाई दक्षिणासहित बिदाइ गरिएको छ। साधुसन्तलाई मंगलबार गुठी संस्थान र पशुपति क्षेत्र विकास ...
फाल्गुन ५ गते, २०८२ - १५:२६
एक व्यक्ति २ पटक मात्र प्रधानमन्त्री
फाल्गुन ५ गते, २०८२ - १५:०७
सर्लाही। पूर्वाधार विकास कार्यालय मलङ्गवामा कार्यरत सव-इन्जिनियर प्रमोदकुमार यादवको गोली हानी हत्या भएको विरोधमा सर्लाहीका सम्पूर्ण सरकारी कार्यालयको ...



प्रतिकृया लेख्नुहोस्: