Khabar Dabali ६ फाल्गुन २०८२ बुधबार | 18th February, 2026 Wed
Investment bank

अन्नपूर्ण आधार शिविरमा डेढ महिना १२ हजारभन्दा बढी पर्यटक पुगे

खबरडबली संवाददाता

म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका,४ नारच्याङस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा डेढ महिनाको अवधिमा १२ हजारभन्दा बढी आन्तरिक पर्यटक पुगेका छन्। 

दसैँ–तिहार र छठ पर्व विदाको अवसर पारेर मौरिस हर्जोग पदमार्ग हुँदै पञ्चकुण्ड ताल र आधार शिविरको पदयात्राका लागि पर्यटक पुगेका हुन् । असोज महिनाभर दैनिक रुपमा दुई सयदेखि तीनसय सम्म र कात्तिक महिनाको १० गते सम्म दैनिक पाँचसय देखि ६ सय सम्म पर्यटक आधार शिविर पुगेको मौरिस हर्जोग पदमार्गका अभियान्ता तथा पर्यटनकर्मी तेज गुरुङले बताउनुभयो । 

उनले भने, ‘‘यो ट्रेक खुलेको तीन वर्ष भयो । यो वर्ष अहिले सम्मकै धेरै पर्यटकले आधार शिविरको भ्रमण गरेका छन् । असोज महिनामा कम्तीमा ६ हजार र कात्तिकको १० गते सम्म ६ हजारदेखि ७ हजार सम्म आन्तरिक पर्यटक पदयात्रामा आउनुभएको अनुमान गरेका छौं ।’’

सामाजिक सञ्जालमा अन्नपूर्ण आधार शिविर, पञ्चकुण्ड ताल र पदमार्गमा पर्ने झरनाका दृश्यहरू भाइरल बनेपछि पदयात्राका लागि आन्तरिक पर्यटकको लहर चलेको उहाँले बताउनुभयो । पर्यटकले अन्नपूर्ण पदयात्राका क्रममा लिएका सुन्दर दृश्यहरु सामाजिक सञ्जालमा भाइरल बनेका छन् । फेसबुक, टिकटक र इन्स्टाग्राममा पोस्ट भएका दृश्यले अन्नपूर्ण क्षेत्रलाई अहिलेको सबैभन्दा ट्रेन्डिङ पर्यटकीय गन्तव्य बनाएको पर्यटनकर्मी गुरुङले बताए । 

अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा तिलिचो पिकबाट झरेको हिमपहिरोको भिडियो बागलुङका योगेश मगरले टिकटकमा पोष्ट गरेको केही घण्टामा नै भाइरल बन्यो । तिहारको दिन झापा दमकका बजगाईबन्धुले पञ्चकुण्ड ताल छेउमा बसेर लगाएको भाइटीकाको दृश्य पनि मनमोहक छ ।  

सामाजिक सञ्जालका सबैतिर अन्नपूर्णका आकर्षक भिडियोहरु मात्र देख्न पाइन्छ । तिनै भिडियोहरुले पूर्व देखि पश्चिम सम्मका आन्तरिक पर्यटकहरुलाई आकर्षित गरिरहेका छन् । 

मौरिस हर्जोग पदमार्गमा पर्ने फुतफुते झरना,मिस्त्रीखोलाको दृश्य,अन्नपूर्ण हिमाल सँगै पञ्कुण्ड तालको दृश्य र तस्बिरहरु अहिले सामाजिक सञ्जाल फेसबुक,इन्स्टाग्राम र टिकटक लगाएतका एप्सहरुमा भाइरल बनेका छन् । अन्नपूर्ण पदयात्रामा आएका पर्यटकले सामाजिक सञ्जालमा पोष्ट गरेका भिडियो र जिल्लाका पत्रकारहरुले विभिन्न राष्ट्रिय संचारमाध्यमहरुमा प्रकाशित गरेका समाचारहरु कारण अन्नपूर्ण क्षेत्रले चर्चा पाएको मौरिस हर्जोग पदमार्गका अभियान्ता तथा पर्यटनकर्मी गुरुङ बताउछन् । 

पदयात्रीहरु चार हजार पचास मिटरको उचाईमा रहेको सुन्दर पञ्चकुण्ड ताल हुँदै चार हजार एकसय ९० मिटर उचाईमा रहेको आधार शिविर सम्म पुग्ने गरेका छन् ।  टिकटक र इस्टाग्राममा धेरै भिडियो हेर्दा हेर्दै मन परेर यो ठाउँ कस्तो रहेछ भनेर पदयात्रामा आएको बुटवलकी बिनिता ज्ञावलीले भनिन्, ‘‘अहिले अन्नपूर्ण आधार शिविर,पञ्चकुण्ड ताल र मौरिस हर्जोग पदमार्गमा पर्ने विभिन्न झरनाहरु सामाजिक सञ्जालमा ट्रेन्डिङ भएको छ । हामीलाई पनि जाउँ जाउँ लाग्यो । त्यही भएर परिवारका ९ जना सदस्यहरु सहित पदयात्राका लागि आएका छौं ।’’

सामाजिक सञ्जालमा धेरै चर्चा भएकाले नै झापाको दमक देखि अन्नपूर्णको पदयात्रामा आएका सिसम बजगाईले बताए। अन्य ट्रेक भन्दा यो निकै रमाइलो रहेछ, उहाँले भन्नुभयो,‘‘छोटो दूरीको यो ट्रेक निकै रमाइलो लाग्यो । दुईदिनमै आधार शिविर पुगेर फर्किन सकिने,झरना,हिमाल र सुन्दर प्राकृतिक दृश्यहरुले यात्रा रोमाञ्चक बन्यो ।’’ 

बेनी देखि हुमखोला सम्म सवारीसाधन र हुमखोला देखि पदयात्रा गर्दै पर्यटकहरु आधार शिविर सम्म पुग्ने गरेका छन् । अन्नपूर्णमा पर्यटक आगमन वृद्धि भएसँगै बेनी,गलेश्वर,पोखरेबगर,भुरुङ तातोपानी,नारच्याङ र पदमार्गमा रहेका साना तथा ठूला होटलहरु अहिले पनि भरिभराउ भएका छन् ।  

एकजना पर्यटकको बेनीदेखि आधार शिविर पुगेर फर्किदा सम्म करिब दश हजार रुपियाँ खर्च हुन्छ । प्रति पर्यटकले गरेको खर्चलाई आधार मान्दा करिब १२ करोड रुपियाँ बराबरको आर्थिक कारोबार भएको अनुमान गरिएको पर्यटनकर्मी गुरुङले बताए। 

उहाँका अनुसार हुमखोला देखि पदमार्ग र पञ्चकुण्ड ताल छेउमा पर्यटकका लागि खान खाने र बासबस्ने होटल तथा रेष्टुरेण्टहरु संचालन गरिएको छ । पर्यटकको संख्यामा वृद्धि भएसँगै व्यवस्थापनमा समेत कठिन भएको गुरुङले बताउनुभयो । 

अन्नपूर्ण पदयात्रामा पर्यटक बढेसँगै बेनीमा समेत होटलहरु भरिभराउ भए । तिहारको भोलिपल्ट दुईदिन सम्म बेनी आसपास र भुरुङ तातोपानीका होटलहरु भरिए । अन्नपूर्ण पदयात्राका कारण नै होटलहरु भरिभराउ भएको तातोपानी स्थित होटल नेचुरल स्प्रिङका सञ्चालक राजु हमालले बताए। 

उहाँले भन्नुभयो, ‘‘केही वर्ष अघि सम्म गुमनाम बनेको यो क्षेत्र अहिले निकै चर्चित बन्यो । देशभरबाट आन्तरिक पर्यटकहरु अन्नपूर्णमा आएका छन् । पर्यटकको आगमनलाई आगामी दिनमा पनि कायम राख्न आधार शिविरमा संचार सुविधा,होटलको संख्यामा वृद्धि,सुरक्षाको भरपर्दो व्यवस्था,पदमार्ग मर्मतसम्भार र सरसफाईमा सम्बन्धित निकायको ध्यान जान आवश्यक छ ।’’ पर्यटन व्यवसायी हमालले पदयात्राीको सुरक्षाका लागि मौरिस हर्जोग पदमार्गमा प्रहरी चौकीको आवश्यकता भएको बताए। 

अन्नपूर्ण पदयात्रामा पर्यटक आगमन बढेसँगै समग्र जिल्लाको आर्थिक क्षेत्रलाई चलायमान गराएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले बताए। नारच्याङको हुमखोलाबाट सुरु हुने मौरीस हर्जोग पदमार्ग ९अन्नपूर्ण आरोहण ट्रेक० हुँदै दुईदिनको यात्रापछि अन्नपूर्णको आधार शिविर पुग्न सकिन्छ । मिस्त्रीखोलाको किनारै किनार  निर्माण गरिएको पदमार्गको यात्रामा मनोरम प्राकृतिक सुन्दरताको अवलोकन गर्न सकिन्छ । 

प्राकृतिक सुन्दरता,हिमनदी र झरनाले पर्यटकहरुलाई आकर्षित गरेको छ । भर्जिन पर्यटकीय गन्तव्यका रुपमा विकास भएको अन्नपूर्ण आधार शिविर बेनीबाट छोटो दूरीमा पर्ने आकर्षक पर्यटकीय गन्तव्य हो । 

नेपालमा ‘जेठो हिमाल’ भनेर समेत चिनिने अन्नपूर्ण प्रथमको आधार क्षेत्रसम्म पुग्ने ‘मौरिस हर्जोग पदमार्ग’ अन्तर्गत नारच्याङको दोभान–छोटेपा हुँदै हुमखोलासम्म सवारी साधनमा पुगेर त्यहाँबाट पदमार्ग हुँदै दुई दिनमा सहजै अन्नपूर्ण आधार शिविरसम्म पुग्न सकिन्छ । 

अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट २२ किलोमिटरसम्म सवारीसाधनको यात्रा गरी होमखोलासम्म  पुगेपछि त्यहाँबाट २१ किलोमिटरको पदैलयात्राबाट आधार क्षेत्र पुगिन्छ । पदमार्गमा रहेको फुतफते झरना,आधार शिविरमा रहेको पञ्चकुण्ड ताल र हिमालको प्राकृतिक सुन्दरताले पर्यटकको यात्रालाई थप रोमाञ्चक बनाउँछ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

खोकना विवादका बीच द्रुतमार्गको प्रस्थानविन्दु सार्न प्रधानमन्त्री कार्कीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौं–तराईरमधेश द्रुतमार्गको प्रस्थानविन्दु खोकनाको खोकनामा देखिएको विवादलाई थाती राख्दै वैकल्पिक स्थानबाट...

प्रतिनिधिसभा निर्वाचन: गुल्मीमा १७ सयभन्दा बढी कर्मचारी परिचालन

गुल्मी। आगामी फागुन २१ गते सम्पन्न हुन लागेको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि गुल्मीमा १७ सयभन्दा बढी कर्मचारी परिचालन गरिने भएको छ । दुई निर्वाच...

नेप्से परिसूचक बीस अङ्कले घट्यो, आठ अर्ब ३६ करोड बराबरको कारोबार

काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक २० दशमलव ७५ अङ्कले घटेर दुई हजार ६४२ दशमलव १५ मा पुगेको हो ।...

रवि लामिछाने तारिख बुझ्न काठमाडौं जिल्ला अदालतमा उपस्थित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन्। उनी मंगलबार दिउँसो तारिख बुझ्न काठ...

दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वर राज प...

पैदलयात्रीलाई मुक्का हान्ने व्यक्ति पक्राउ

काठमाडौँ । काठमाडौँमा पैदलयात्रीलाई मुक्का हानेको आरोपमा एक जना कार चालकलाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ। ट्राफिक प्रहरी स्रोतका अनुसार पक्राउ प...

तीन किलो चाँदीसहित एक जना पक्राउ

काठमाडौँ। चन्द्रागिरी नगरपालिका–२, नागढुङ्गास्थित ‘चेक प्वाइन्ट’बाट रु १२ लाखको चाँदीसहित एक जना पक्राउ परेका छन्।  वीरगन्जबाट काठमाडौँ आइरहेको यात...

महाशिवरात्रिमा पशुपतिनाथ आएका साधुसन्तको दक्षिणासहित बिदाइ

काठमाडौँ। महाशिवरात्रिमा पशुपतिनाथको दर्शनमा आएका साधुसन्तलाई दक्षिणासहित बिदाइ गरिएको छ।  साधुसन्तलाई मंगलबार गुठी संस्थान र पशुपति क्षेत्र विकास ...

नेकपा (संयुक्त) ले फागुन २१ को निर्वाचनका लागि घोषणापत्र सार्वजनिक

एक व्यक्ति २ पटक मात्र प्रधानमन्त्री

सव-इन्जिनियर हत्याको विरोधमा सर्लाहीका सरकारी कार्यालय ठप्प

सर्लाही। पूर्वाधार विकास कार्यालय मलङ्गवामा कार्यरत सव-इन्जिनियर प्रमोदकुमार यादवको गोली हानी हत्या भएको विरोधमा सर्लाहीका सम्पूर्ण सरकारी कार्यालयको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE