लहान। दसैँ दिपावली र छठ पर्व गर्न घर आएका कर्मचारी, विद्यार्थी र मजदुरहरुलाई पश्चिम काठमाडौँ पोखरा धनगडीलगायतका लामो दूरी जानको लागि तोकिएको भाडामा थप तिन बाध्यता रहेका छ ।
लहानबाट काठमाडौँ जान एक हजार दुई सय भाडा तोकिएको भए पनि छठ पर्व सकिएलगत्तै काठमाडौँ जान एक हजार आठ सयदेखि दुई हजारसम्म तिरेर पनि बस हाइसमा टिकट पाउन सकिरहेको छैन ।
भगवानपुर गाउँपालिका ४ नम्बरका वडाध्यक्ष अमरलाल यादव भन्न्छन्, ‘‘काठमाडौँ पढिरहेका छोरा छोरीलाई पठाउन थप रकम तिरेर पनि जसोतसो हाइस पाइयो । दसैँ लागेपछि काठमाडौँबाट घर आइपुग्न र छठ पर्व सकेपछि घरबाट काठमाडौँ जान थप रकम तिरेर पनि टिकेट पाइँदैन । यस्तो बेला थप सवारी साधन उपलब्ध गराइ दिए राहत हुन्थ्यो ।’’
मकालु काउन्टरका सञ्चालक जुगुत यादवसँग किन थप रकम लिइरहनु भएको छ भने जिज्ञासामा उनी भन्न्छन्, ‘‘के गर्ने पूर्वबाट पश्चिम जाने यात्रुहरु आउने आइतबासम्म प्याक छ । काठमाडौँबाट फर्किदा एउटा पनि यात्रु नपाउने भएकाले यतिवेला सवारी साधनको इन्धन र चालकको खर्च जुटाउन पनि प्रति यात्रु थप भाडा लिनु परेको हो । थप तिरेर पनि आइबारसम्म टिकट उपलब्ध गराउन सकिरहेका छैन ।’’
कर्मचारी र व्यापारीहरु हवाइयात्रा गरेर पनि काठमाडौँ गइरहेका छन् भने उच्च शिक्षा हासिल गर्न काठमाडौँ पढिरहेका विद्यार्थीहरुलाई पुग्न टिकेट नपाउँदा ठुलो सास्ती नै खेप्नु परिरहेको बाध्यता रहेको लहान–१ का दिलिप साहले गुनासो पोख्दै हरेक वर्ष आइपर्ने यस्ता समस्या समाधानका लागि सरकार र सम्बन्धित निकायको ध्यान केन्द्रित हुनुपर्ने माग गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ११ गते, २०८२ - १७:०५
काठमाडौँ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। यो मन्त्रिपरिषद्को नियमित बैठक भएको जनाइएक...
पौष ११ गते, २०८२ - १६:५५
काठमाडौँ । आगामी निर्वाचनमा सहकार्य कसरी गर्ने भन्नेबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बा...
पौष ११ गते, २०८२ - १६:४०
बाँके। नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले राष्ट्रको प्रमुख अङ्गहरु कमजोर बनाउन विभिन्न तहबाट प्रयास गरिएको बताएको छन् । राष्ट्रिय बाणिज्य बै...
पौष ११ गते, २०८२ - १६:२८
सर्लाही। नवलपुर–मलङ्गवा सडक अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–२, जुटपानीमा शुक्रबार दिउँसो ट्रकको ठक्करबाट एक वृद्धको मृत्यु भएपछि अवस्था तनावग्रस...
पौष ११ गते, २०८२ - १६:१८
काठमाडौं । ङ्गलादेश प्रिमियर लिग (बीपीएल)को पहिलो खेलमा नेपाली लेग स्पिन सन्दीप लामिछानेले दुई विकेट लिएको छन् । सन्दीप आबद्ध टिम राजशाही वारियर्स...
पौष ११ गते, २०८२ - १६:०५
काठमाडौँ । काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र साह (बालेन), राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टी संरक्षक तथा ऊर्जा म...
पौष ११ गते, २०८२ - १५:३०
काठमाडौँ । जेनजी घटनाको छानबिन गर्न गठन गरिएको आयोगका अध्यक्ष पूर्वन्यायाधीश गौरीबहादुर कार्की र अन्य सदस्यलाई पदमुक्त गर्न माग गरिएको रिट सर्वोच्च अद...
पौष ११ गते, २०८२ - १५:१९
काठमाडौँ । नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न क्षेत्रहरूबाट सिफारिस भएका छन्। तर उनी कुन...
पौष ११ गते, २०८२ - १५:०७
काठमाडौँ । गृह मन्त्रालयले शुक्रबार १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र कारागार व्यवस्थापन विभागका महानिर्देशकमा हेरफेर गरेको जानकारी दिएको छ।...
पौष ११ गते, २०८२ - १४:५२
काठमाडौँ । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले परराष्ट्रमन्त्री पदमा पद तथा गोपनीयताको शपथ लिएका छन्। उनले राष्ट्रपति कार्यालयमा आज आयोजित शपथ ...




प्रतिकृया लेख्नुहोस्: