लहान। दसैँ दिपावली र छठ पर्व गर्न घर आएका कर्मचारी, विद्यार्थी र मजदुरहरुलाई पश्चिम काठमाडौँ पोखरा धनगडीलगायतका लामो दूरी जानको लागि तोकिएको भाडामा थप तिन बाध्यता रहेका छ ।
लहानबाट काठमाडौँ जान एक हजार दुई सय भाडा तोकिएको भए पनि छठ पर्व सकिएलगत्तै काठमाडौँ जान एक हजार आठ सयदेखि दुई हजारसम्म तिरेर पनि बस हाइसमा टिकट पाउन सकिरहेको छैन ।
भगवानपुर गाउँपालिका ४ नम्बरका वडाध्यक्ष अमरलाल यादव भन्न्छन्, ‘‘काठमाडौँ पढिरहेका छोरा छोरीलाई पठाउन थप रकम तिरेर पनि जसोतसो हाइस पाइयो । दसैँ लागेपछि काठमाडौँबाट घर आइपुग्न र छठ पर्व सकेपछि घरबाट काठमाडौँ जान थप रकम तिरेर पनि टिकेट पाइँदैन । यस्तो बेला थप सवारी साधन उपलब्ध गराइ दिए राहत हुन्थ्यो ।’’
मकालु काउन्टरका सञ्चालक जुगुत यादवसँग किन थप रकम लिइरहनु भएको छ भने जिज्ञासामा उनी भन्न्छन्, ‘‘के गर्ने पूर्वबाट पश्चिम जाने यात्रुहरु आउने आइतबासम्म प्याक छ । काठमाडौँबाट फर्किदा एउटा पनि यात्रु नपाउने भएकाले यतिवेला सवारी साधनको इन्धन र चालकको खर्च जुटाउन पनि प्रति यात्रु थप भाडा लिनु परेको हो । थप तिरेर पनि आइबारसम्म टिकट उपलब्ध गराउन सकिरहेका छैन ।’’
कर्मचारी र व्यापारीहरु हवाइयात्रा गरेर पनि काठमाडौँ गइरहेका छन् भने उच्च शिक्षा हासिल गर्न काठमाडौँ पढिरहेका विद्यार्थीहरुलाई पुग्न टिकेट नपाउँदा ठुलो सास्ती नै खेप्नु परिरहेको बाध्यता रहेको लहान–१ का दिलिप साहले गुनासो पोख्दै हरेक वर्ष आइपर्ने यस्ता समस्या समाधानका लागि सरकार र सम्बन्धित निकायको ध्यान केन्द्रित हुनुपर्ने माग गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ५ गते, २०८२ - १७:२२
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौं–तराईरमधेश द्रुतमार्गको प्रस्थानविन्दु खोकनाको खोकनामा देखिएको विवादलाई थाती राख्दै वैकल्पिक स्थानबाट...
फाल्गुन ५ गते, २०८२ - १७:११
गुल्मी। आगामी फागुन २१ गते सम्पन्न हुन लागेको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि गुल्मीमा १७ सयभन्दा बढी कर्मचारी परिचालन गरिने भएको छ । दुई निर्वाच...
फाल्गुन ५ गते, २०८२ - १६:५५
काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक २० दशमलव ७५ अङ्कले घटेर दुई हजार ६४२ दशमलव १५ मा पुगेको हो ।...
फाल्गुन ५ गते, २०८२ - १६:४७
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन्। उनी मंगलबार दिउँसो तारिख बुझ्न काठ...
फाल्गुन ५ गते, २०८२ - १६:४३
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वर राज प...
फाल्गुन ५ गते, २०८२ - १६:३३
काठमाडौँ । काठमाडौँमा पैदलयात्रीलाई मुक्का हानेको आरोपमा एक जना कार चालकलाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ। ट्राफिक प्रहरी स्रोतका अनुसार पक्राउ प...
फाल्गुन ५ गते, २०८२ - १६:२७
काठमाडौँ। चन्द्रागिरी नगरपालिका–२, नागढुङ्गास्थित ‘चेक प्वाइन्ट’बाट रु १२ लाखको चाँदीसहित एक जना पक्राउ परेका छन्। वीरगन्जबाट काठमाडौँ आइरहेको यात...
फाल्गुन ५ गते, २०८२ - १५:३८
काठमाडौँ। महाशिवरात्रिमा पशुपतिनाथको दर्शनमा आएका साधुसन्तलाई दक्षिणासहित बिदाइ गरिएको छ। साधुसन्तलाई मंगलबार गुठी संस्थान र पशुपति क्षेत्र विकास ...
फाल्गुन ५ गते, २०८२ - १५:२६
एक व्यक्ति २ पटक मात्र प्रधानमन्त्री
फाल्गुन ५ गते, २०८२ - १५:०७
सर्लाही। पूर्वाधार विकास कार्यालय मलङ्गवामा कार्यरत सव-इन्जिनियर प्रमोदकुमार यादवको गोली हानी हत्या भएको विरोधमा सर्लाहीका सम्पूर्ण सरकारी कार्यालयको ...



प्रतिकृया लेख्नुहोस्: