Khabar Dabali ६ फाल्गुन २०८२ बुधबार | 18th February, 2026 Wed
Investment bank

रवि र छविको मुद्दा न्यायाधीश ओमप्रकाश र तेजनारायणको इजलासमा

खबरडबली संवाददाता

बुटवल । सहकारी ठगी र संगठित अपराधको अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइ आज उच्च अदालत तुलसीपुर बुटवल इजलासमा हुँदैछ।

न्यायाधीश ओमप्रकाश अर्याल र तेजनारायण पौडेलको संयुक्त इजलासमा उनीहरूको मुद्दा पेश हुने भएको हो।

यसअघि न्यायाधीशद्वय मिलनकुमार राई र ओमप्रकाश अर्यालको इजलासले लामिछाने र जोशीको मुद्दा एकै प्रकृतिको भएकाले दुवै मुद्दा एकसाथ सुनुवाइका लागि राख्न आदेश गरेको थियो।

लामिछानेले बिगोअनुसारको रकम बुझाएर थुनाबाहिरै रहेर मुद्दा लड्न अनुमति माग गरेका थिए। त्यसअनुसार उच्च अदालतले रविसँगै छविलाल जोशीको समेत फाइल पेस गर्न आदेश दिएको थियो।

अदालतका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार आज सरकारी वकिल र प्रतिवादी पक्षका वकिलबीच बहस हुने कार्यक्रम छ।

यसअघि जेन (जी) प्रदर्शनका क्रममा उच्च अदालत बुटवल परिसरमा आगजनी र तोडफोड भए पनि लामिछाने र जोशीको मुद्दासम्बन्धी फाइल सुरक्षित रहेको थियो।

सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा भएको अपचलनअनुसार आफ्नो भाग बराबरको बिगो रकम दाखिला गरेर जिल्ला अदालत रुपन्देहीमा रिहाइका लागि निवेदन दिएका थिए। तर, जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते उक्त निवेदन अस्वीकार गरेको थियो।

रुपन्देही जिल्ला अदालतको आदेशविरुद्ध लामिछानेले भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए।

सुप्रिम सहकारी ठगी प्रकरणमा रवि लामिछानेसहितका प्रतिवादीविरुद्ध १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरेर अभियोगपत्र दायर गरिएको छ। लामिछानेले त्यसको चौथाइ हिस्सा बराबर २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बैंक जमानतका रूपमा बुझाएको कागजात पेस गरेका छन्।

छविलाल जोशीले पनि त्यति नै रकमको जमानत पेस गरेका छन्। तर, दुवै प्रतिवादीको हकमा उनीहरूको व्यक्तिगत हिस्साको बिगो कति हुने भन्ने स्पष्ट नभएकाले अदालतले उनीहरूलाई रिहा नगर्ने आदेश दिएको थियो।

हाल लामिछाने र जोशी दुवै पुर्पक्षका लागि थुनामा छन्। लामिछानेलाई हालै भैरहवा कारागारबाट ललितपुरस्थित नख्खु कारागारमा सारिएको छ भने जोशी भैरहवा कारागारमै रहेका छन्।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

खोकना विवादका बीच द्रुतमार्गको प्रस्थानविन्दु सार्न प्रधानमन्त्री कार्कीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौं–तराईरमधेश द्रुतमार्गको प्रस्थानविन्दु खोकनाको खोकनामा देखिएको विवादलाई थाती राख्दै वैकल्पिक स्थानबाट...

प्रतिनिधिसभा निर्वाचन: गुल्मीमा १७ सयभन्दा बढी कर्मचारी परिचालन

गुल्मी। आगामी फागुन २१ गते सम्पन्न हुन लागेको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि गुल्मीमा १७ सयभन्दा बढी कर्मचारी परिचालन गरिने भएको छ । दुई निर्वाच...

नेप्से परिसूचक बीस अङ्कले घट्यो, आठ अर्ब ३६ करोड बराबरको कारोबार

काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक २० दशमलव ७५ अङ्कले घटेर दुई हजार ६४२ दशमलव १५ मा पुगेको हो ।...

रवि लामिछाने तारिख बुझ्न काठमाडौं जिल्ला अदालतमा उपस्थित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन्। उनी मंगलबार दिउँसो तारिख बुझ्न काठ...

दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वर राज प...

पैदलयात्रीलाई मुक्का हान्ने व्यक्ति पक्राउ

काठमाडौँ । काठमाडौँमा पैदलयात्रीलाई मुक्का हानेको आरोपमा एक जना कार चालकलाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ। ट्राफिक प्रहरी स्रोतका अनुसार पक्राउ प...

तीन किलो चाँदीसहित एक जना पक्राउ

काठमाडौँ। चन्द्रागिरी नगरपालिका–२, नागढुङ्गास्थित ‘चेक प्वाइन्ट’बाट रु १२ लाखको चाँदीसहित एक जना पक्राउ परेका छन्।  वीरगन्जबाट काठमाडौँ आइरहेको यात...

महाशिवरात्रिमा पशुपतिनाथ आएका साधुसन्तको दक्षिणासहित बिदाइ

काठमाडौँ। महाशिवरात्रिमा पशुपतिनाथको दर्शनमा आएका साधुसन्तलाई दक्षिणासहित बिदाइ गरिएको छ।  साधुसन्तलाई मंगलबार गुठी संस्थान र पशुपति क्षेत्र विकास ...

नेकपा (संयुक्त) ले फागुन २१ को निर्वाचनका लागि घोषणापत्र सार्वजनिक

एक व्यक्ति २ पटक मात्र प्रधानमन्त्री

सव-इन्जिनियर हत्याको विरोधमा सर्लाहीका सरकारी कार्यालय ठप्प

सर्लाही। पूर्वाधार विकास कार्यालय मलङ्गवामा कार्यरत सव-इन्जिनियर प्रमोदकुमार यादवको गोली हानी हत्या भएको विरोधमा सर्लाहीका सम्पूर्ण सरकारी कार्यालयको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE