Khabar Dabali ६ फाल्गुन २०८२ बुधबार | 18th February, 2026 Wed
Investment bank

उच्च हिमाली क्षेत्रमा कात्तिक १५ गतेसम्म यात्रा नगर्न आग्रह

खबरडबली संवाददाता

सङ्खुवासभा। सङ्खुवासभामा वर्षा र हिमपात भइरहेकाले उच्च हिमाली क्षेत्रका पर्यटकीय पदमार्गमा यात्रा नगर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । कार्यालयले एक सूचना प्रकाशित गर्दै कात्तिक १५ गतेसम्म मकालु आधार शिविर तथा उत्तरी हिमाली क्षेत्रका पदमार्गमा यात्रा नगर्न अनुरोध गरेको हो । 

प्रतिकूल मौसमका कारण मङ्गलबारदेखि मकालु आधार शिविरसहित उच्च हिमाली भेगमा वर्षा र हिमपात भइरहेकाले पर्यटकलाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले बताए। निरन्तर वर्षा र हिमपात भइरहेकाले कात्तिक १५ गतेसम्म उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न उहाँले सबैमा अनुरोध गरे ।

उत्तरी क्षेत्रको चार हजार भन्दामाथि निरन्तर हिमपात भइरहँदा चिसो बढेको, खाद्यन्य र अन्य अत्यावश्यक सामग्रीसमेत अभाव हुनसक्ने भन्दै मकालु आधार शिविर तथा उत्तरी हिमाली क्षेत्रका पदमार्गमा यात्रा नगर्नु उपयुक्त हुने प्रजिअ थपलियाको भनाइ छ । 

मकालु आधार शिविरमा नेपालीसहित दुई सयबढी पर्वतारोही शिविरमा रहेका प्रशासनले जनाएको छ । प्रजिअ थपलियाका अनुसार सत्तरी जना विदेशी नागरिकसहित दुई सयभद्या बढी नेपाली पर्वतारोही अहिले आधार शिविरमा छन् । जिल्लाको मकालु, सभापोखरीसहित उच्च हिमाली भेगमा वर्षा र हिमपात भइर्हेको उहाँले जानकारी दिए।

निरन्तर वर्षा भइरहँदा पहिरो जानसक्ने तथा सडक अवरुद्ध हुनसक्ने भएकाले अत्यावश्यक कामबाहेक यात्रा नगर्नसमेत प्रशासनले सबैमा अनुरोध गरेको छ । पहिरोको जोखिममा रहेका परिवारलाई सचेत रहन आग्रह गर्दै प्रजिअ थपलियाले उच्च जोखिममा रहेका परिवारको स्थानान्तरणमा सहजीकरण गर्न १० वटै स्थानीय तहका प्रमुख तथा जनप्रतिनिधिलाई आग्रह गरे।

बाढीपहिरोको जोखिम भए वा विपद्को जोखिमको सम्भावना भएमा जिल्ला प्रहरी कार्यालय वा जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रमा जानकारी गराउन प्रशासनले अनुरोध गरेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

खोकना विवादका बीच द्रुतमार्गको प्रस्थानविन्दु सार्न प्रधानमन्त्री कार्कीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौं–तराईरमधेश द्रुतमार्गको प्रस्थानविन्दु खोकनाको खोकनामा देखिएको विवादलाई थाती राख्दै वैकल्पिक स्थानबाट...

प्रतिनिधिसभा निर्वाचन: गुल्मीमा १७ सयभन्दा बढी कर्मचारी परिचालन

गुल्मी। आगामी फागुन २१ गते सम्पन्न हुन लागेको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि गुल्मीमा १७ सयभन्दा बढी कर्मचारी परिचालन गरिने भएको छ । दुई निर्वाच...

नेप्से परिसूचक बीस अङ्कले घट्यो, आठ अर्ब ३६ करोड बराबरको कारोबार

काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक २० दशमलव ७५ अङ्कले घटेर दुई हजार ६४२ दशमलव १५ मा पुगेको हो ।...

रवि लामिछाने तारिख बुझ्न काठमाडौं जिल्ला अदालतमा उपस्थित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन्। उनी मंगलबार दिउँसो तारिख बुझ्न काठ...

दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वर राज प...

पैदलयात्रीलाई मुक्का हान्ने व्यक्ति पक्राउ

काठमाडौँ । काठमाडौँमा पैदलयात्रीलाई मुक्का हानेको आरोपमा एक जना कार चालकलाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ। ट्राफिक प्रहरी स्रोतका अनुसार पक्राउ प...

तीन किलो चाँदीसहित एक जना पक्राउ

काठमाडौँ। चन्द्रागिरी नगरपालिका–२, नागढुङ्गास्थित ‘चेक प्वाइन्ट’बाट रु १२ लाखको चाँदीसहित एक जना पक्राउ परेका छन्।  वीरगन्जबाट काठमाडौँ आइरहेको यात...

महाशिवरात्रिमा पशुपतिनाथ आएका साधुसन्तको दक्षिणासहित बिदाइ

काठमाडौँ। महाशिवरात्रिमा पशुपतिनाथको दर्शनमा आएका साधुसन्तलाई दक्षिणासहित बिदाइ गरिएको छ।  साधुसन्तलाई मंगलबार गुठी संस्थान र पशुपति क्षेत्र विकास ...

नेकपा (संयुक्त) ले फागुन २१ को निर्वाचनका लागि घोषणापत्र सार्वजनिक

एक व्यक्ति २ पटक मात्र प्रधानमन्त्री

सव-इन्जिनियर हत्याको विरोधमा सर्लाहीका सरकारी कार्यालय ठप्प

सर्लाही। पूर्वाधार विकास कार्यालय मलङ्गवामा कार्यरत सव-इन्जिनियर प्रमोदकुमार यादवको गोली हानी हत्या भएको विरोधमा सर्लाहीका सम्पूर्ण सरकारी कार्यालयको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE