Khabar Dabali ६ फाल्गुन २०८२ बुधबार | 18th February, 2026 Wed
Investment bank

ओली र लेखकहरूको बयान प्रहरीकै कारण ढिला भएको हो : आयोग अध्यक्ष कार्की

मैले पक्राउ गर्नुपर्छ भनेकैले ओलीहरूलाई हेलिकप्टरमा हालेर सुरक्षित राखिएको हो

खबरडबली संवाददाता

काठमाडौँ । भदौ २३ गतेको जेनजी आन्दोलन र त्यसपछिका घटनाबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलगायत सबैले कानुन पालना गर्नुपर्ने बताएका छन्।

शुक्रबार संक्षिप्त कुराकानीमा अध्यक्ष कार्कीले प्रहरीहरूको बयानपछि अन्य सबैको बयान क्रमश: लिइने जानकारी दिए। उनले भने, “प्रहरीकै बयान ढिला भएकाले अन्य बयानहरू पनि ढिलो भएको हो।”

कार्कीले ओलीलगायत नेताहरूले आयोगमाथि विश्वास नगरेको भन्ने प्रश्नमा भने, “कानुन सबैले मान्नुपर्छ। देशको प्रधानमन्त्री भइसकेको व्यक्तिले कानुन मान्दैन भन्ने लाग्दैन। केही कुरामा उहाँहरूको चित्त नबुझेको हुन सक्छ।”

एमालेले कार्की आयोग निष्पक्ष छानबिन गर्न असमर्थ रहेको आरोप लगाउँदै आएको छ। कात्तिक ४ गते प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको दलहरूसँगको बैठकमा एमाले महासचिव शंकर पोखरेलले भनेका थिए “वर्तमान सरकारले गठन गरेको कार्की आयोग स्वतन्त्र र निष्पक्ष छानबिन गर्नसक्ने अवस्थामा छैन। आयोगका प्रमुख नै आन्दोलनलाई उक्साउने कार्यमा संलग्न रहेको प्रमाण सार्वजनिक भइसकेको छ।”

यसअघि कार्कीले भदौ २४ गते सामाजिक सञ्जाल ‘एक्स’मा लेखेका थिए —
“कसैलाई पनि भाग्न दिनु हुँदैन। केपी ओली हेलिकप्टरबाट भागे भन्ने हल्ला चलेको छ। पूर्वप्रधानमन्त्री केपी ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत अन्य पूर्वमन्त्री, सांसद तथा पदाधिकारीहरू कसैलाई पनि भाग्न र विदेश जान दिनु हुँदैन।”

सो पोस्टबारे आलोचना भएपछि कार्कीले स्पष्टीकरण दिंदै भने, “मैले त्यो बेला नागरिकको हैसियतले बोलेँ। मैले ‘पक्राउ गर्नुपर्छ’ भनेकै कारणले पक्राउ गरिएको होइन। वास्तवमा तिनीहरूलाई हेलिकप्टरमा राखेर सुरक्षित राखिएको हो। यदि नलगेको भए आक्रमण हुन सक्थ्यो।”

कार्कीले आवश्यक कारणले अनुमति लिएर उपत्यकाबाहिर जान पाइने स्पष्ट पारे। उनले भने, “पछि पनि ‘उपत्यका नछाड’ भनिएको कुरा सुरक्षा कारणले हो। आक्रमणको आशंका भएकाले त्यस्तो व्यवस्था गरिएको हो।”

अध्यक्ष कार्कीका अनुसार आयोगले सबै सरोकारवालाको बयान चरणबद्ध रूपमा लिँदैछ। “प्रहरीको बयान आएपछि अन्य नेताहरूको पनि क्रमश: बयान लिनेछौं,” उनले बताए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

खोकना विवादका बीच द्रुतमार्गको प्रस्थानविन्दु सार्न प्रधानमन्त्री कार्कीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौं–तराईरमधेश द्रुतमार्गको प्रस्थानविन्दु खोकनाको खोकनामा देखिएको विवादलाई थाती राख्दै वैकल्पिक स्थानबाट...

प्रतिनिधिसभा निर्वाचन: गुल्मीमा १७ सयभन्दा बढी कर्मचारी परिचालन

गुल्मी। आगामी फागुन २१ गते सम्पन्न हुन लागेको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि गुल्मीमा १७ सयभन्दा बढी कर्मचारी परिचालन गरिने भएको छ । दुई निर्वाच...

नेप्से परिसूचक बीस अङ्कले घट्यो, आठ अर्ब ३६ करोड बराबरको कारोबार

काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक २० दशमलव ७५ अङ्कले घटेर दुई हजार ६४२ दशमलव १५ मा पुगेको हो ।...

रवि लामिछाने तारिख बुझ्न काठमाडौं जिल्ला अदालतमा उपस्थित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन्। उनी मंगलबार दिउँसो तारिख बुझ्न काठ...

दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वर राज प...

पैदलयात्रीलाई मुक्का हान्ने व्यक्ति पक्राउ

काठमाडौँ । काठमाडौँमा पैदलयात्रीलाई मुक्का हानेको आरोपमा एक जना कार चालकलाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ। ट्राफिक प्रहरी स्रोतका अनुसार पक्राउ प...

तीन किलो चाँदीसहित एक जना पक्राउ

काठमाडौँ। चन्द्रागिरी नगरपालिका–२, नागढुङ्गास्थित ‘चेक प्वाइन्ट’बाट रु १२ लाखको चाँदीसहित एक जना पक्राउ परेका छन्।  वीरगन्जबाट काठमाडौँ आइरहेको यात...

महाशिवरात्रिमा पशुपतिनाथ आएका साधुसन्तको दक्षिणासहित बिदाइ

काठमाडौँ। महाशिवरात्रिमा पशुपतिनाथको दर्शनमा आएका साधुसन्तलाई दक्षिणासहित बिदाइ गरिएको छ।  साधुसन्तलाई मंगलबार गुठी संस्थान र पशुपति क्षेत्र विकास ...

नेकपा (संयुक्त) ले फागुन २१ को निर्वाचनका लागि घोषणापत्र सार्वजनिक

एक व्यक्ति २ पटक मात्र प्रधानमन्त्री

सव-इन्जिनियर हत्याको विरोधमा सर्लाहीका सरकारी कार्यालय ठप्प

सर्लाही। पूर्वाधार विकास कार्यालय मलङ्गवामा कार्यरत सव-इन्जिनियर प्रमोदकुमार यादवको गोली हानी हत्या भएको विरोधमा सर्लाहीका सम्पूर्ण सरकारी कार्यालयको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE