काठमाडौँ । भदौ २३ गतेको जेनजी आन्दोलन र त्यसपछिका घटनाबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलगायत सबैले कानुन पालना गर्नुपर्ने बताएका छन्।
शुक्रबार संक्षिप्त कुराकानीमा अध्यक्ष कार्कीले प्रहरीहरूको बयानपछि अन्य सबैको बयान क्रमश: लिइने जानकारी दिए। उनले भने, “प्रहरीकै बयान ढिला भएकाले अन्य बयानहरू पनि ढिलो भएको हो।”
कार्कीले ओलीलगायत नेताहरूले आयोगमाथि विश्वास नगरेको भन्ने प्रश्नमा भने, “कानुन सबैले मान्नुपर्छ। देशको प्रधानमन्त्री भइसकेको व्यक्तिले कानुन मान्दैन भन्ने लाग्दैन। केही कुरामा उहाँहरूको चित्त नबुझेको हुन सक्छ।”
एमालेले कार्की आयोग निष्पक्ष छानबिन गर्न असमर्थ रहेको आरोप लगाउँदै आएको छ। कात्तिक ४ गते प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको दलहरूसँगको बैठकमा एमाले महासचिव शंकर पोखरेलले भनेका थिए “वर्तमान सरकारले गठन गरेको कार्की आयोग स्वतन्त्र र निष्पक्ष छानबिन गर्नसक्ने अवस्थामा छैन। आयोगका प्रमुख नै आन्दोलनलाई उक्साउने कार्यमा संलग्न रहेको प्रमाण सार्वजनिक भइसकेको छ।”
यसअघि कार्कीले भदौ २४ गते सामाजिक सञ्जाल ‘एक्स’मा लेखेका थिए —
“कसैलाई पनि भाग्न दिनु हुँदैन। केपी ओली हेलिकप्टरबाट भागे भन्ने हल्ला चलेको छ। पूर्वप्रधानमन्त्री केपी ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत अन्य पूर्वमन्त्री, सांसद तथा पदाधिकारीहरू कसैलाई पनि भाग्न र विदेश जान दिनु हुँदैन।”
सो पोस्टबारे आलोचना भएपछि कार्कीले स्पष्टीकरण दिंदै भने, “मैले त्यो बेला नागरिकको हैसियतले बोलेँ। मैले ‘पक्राउ गर्नुपर्छ’ भनेकै कारणले पक्राउ गरिएको होइन। वास्तवमा तिनीहरूलाई हेलिकप्टरमा राखेर सुरक्षित राखिएको हो। यदि नलगेको भए आक्रमण हुन सक्थ्यो।”
कार्कीले आवश्यक कारणले अनुमति लिएर उपत्यकाबाहिर जान पाइने स्पष्ट पारे। उनले भने, “पछि पनि ‘उपत्यका नछाड’ भनिएको कुरा सुरक्षा कारणले हो। आक्रमणको आशंका भएकाले त्यस्तो व्यवस्था गरिएको हो।”
अध्यक्ष कार्कीका अनुसार आयोगले सबै सरोकारवालाको बयान चरणबद्ध रूपमा लिँदैछ। “प्रहरीको बयान आएपछि अन्य नेताहरूको पनि क्रमश: बयान लिनेछौं,” उनले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८२ - १७:१९
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र जेन–जी अगुवाहरूबीच भेटवार्ता भएको छ। बिहीबार अपराह्न साढे ४ बजे उनीहरूबीच छलफल सुरु भए...
पौष १० गते, २०८२ - १७:०५
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन), ऊर्जामन्त्री कुलमान घिसिङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने...
पौष १० गते, २०८२ - १६:५०
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन–जी समूहबाट निरन्तर सरकार छोड्न दबाब आइरहेको गुनासो गरेकी छन्। बिहीबार बाह्रखरी कथा प्रतियोग...
पौष १० गते, २०८२ - १६:३६
काठमाडौं । काठमाडौंका मेयर बालेन शाह र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ। आज अपराह्न, भट्टराई ललितपुरस्थित छलफल स्थलमा अपराह्न...
पौष १० गते, २०८२ - १६:२९
काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकले आफू जाँचबुझ आयोगमा बयान दिन जाने तयारीमा रहेको बताएका छन्। बिहीबार केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर...
पौष १० गते, २०८२ - १६:२०
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग रास्वपा नेता शिशिर खनालले भेट गरेका छन्। नेता खनाल भेटका लागि ललितपुरको ज्वागलस्थित मेयर शाहका सह...
पौष १० गते, २०८२ - १६:१५
चितवन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाललाई चितवन क्षेत्र नं. ३ बाट आगामी निर्वाचनका लागि सर्वसम्मत उम्मेदव...
पौष १० गते, २०८२ - १६:०७
काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच फेरि राजनीतिक छलफल हुने भएको छ। आगामी निर्वाचनमा सहकार्य गर्ने ...
पौष १० गते, २०८२ - १५:३४
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले काठमाडौंका मेयर बालेन शाहसँग वार्ता गरेका छन्। यो वार्ता ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको ...
पौष १० गते, २०८२ - १५:१३
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले शिक्षामा लगानी बढाउनु जरुरी रहेको बताएको छिन्। बिहीबार त्रिभुवन विश्व विद्यालयको दीक्षान्त समारोहलाई सम्बोध...




प्रतिकृया लेख्नुहोस्: