Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

४० वर्षमुनिका २७ प्रतिशत युवा उम्मेदवार बन्न पाउने, यस्तो छ रास्वपाको अन्य ११ निर्णयहरु

खबरडबली संवाददाता

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ४० वर्षमुनिका युवाहरूलाई २७ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्ने निर्णय गरेको छ।

चितवनको सौराहामा कात्तिक २१ र २२ गते सम्पन्न केन्द्रीय समिति विस्तारित बैठकले युवाहरूको जनसङ्ख्याको अनुपातमा प्रतिनिधित्व सुनिश्चित गरिएको जनाएको छ। साथै, विदेशबाट फर्किएका नेपाली नागरिकलाई उम्मेदवार बन्न १० प्रतिशत प्रतिनिधित्व दिने निर्णय पनि बैठकले गरेको छ।

बैठकमा कार्यवाहक सभापति डीपी अर्याल, उपसभापति डा। स्वर्णिम वाग्ले, महामन्त्री कवीन्द्र बुर्लाकोटी, सहमहामन्त्री विपिनकुमार आचार्य र सचिवालय सदस्य दीपक बोहराले आ-आफ्ना प्रतिवेदन पेस गरेका थिए।
डा। तोसिमा कार्कीले भने पार्टी सुधार मार्गचित्रबारे फरक मत पेश गरेकी थिइन्।

चार सय प्रतिनिधि सहभागी उक्त बैठकले ११ बुँदामा निष्कर्ष निकालेको छ।

रास्वपाका ११ मुख्य निर्णयहरू

- ४० वर्षमुनिका युवाहरूको २७ प्रतिशत प्रतिनिधित्व आगामी निर्वाचनमा सुनिश्चित गर्ने।

- विदेशबाट फर्किएका नेपालीहरूका लागि १० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्ने।

- महाधिवेशन मिति ६ महिना सार्ने — निर्वाचन फागुन २१ मा घोषणा भएकाले।

- उम्मेदवार छनोट प्रक्रिया पारदर्शी र प्रतिस्पर्धात्मक बनाउने।

- चुनावी वाचा–पत्र तयार गर्न उपसभापति डा। स्वर्णिम वाग्लेले नेतृत्व गर्ने।

- सङ्गठन सुदृढीकरणका लागि प्रतिवेदनको सिफारिस अनुसार कार्यान्वयन समिति गठन गर्ने।

- पार्टी सुधार मार्गचित्रमा छलफल जारी राख्ने र असहमति बुँदाहरू समाधानका लागि कार्यदल बनाउने।

- प्रदेश र जिल्ला समितिहरूको पुनर्गठन प्रक्रिया छिटो सम्पन्न गर्ने।

- आगामी निर्वाचनका लागि गठबन्धन नगरी स्वतन्त्र रूपमा प्रतिस्पर्धा गर्ने नीति लिने।

- पार्टी नीति तथा निर्णयहरू कार्यान्वयनमा पारदर्शिता र जिम्मेवारी बढाउने।

- सुझाव र प्रतिवेदनका बुँदाहरू केन्द्रीय समितिबाट अनुमोदन गरी तत्काल कार्यान्वयनमा लैजाने।

1

2

3

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बालेन र जेन–जी अगुवाहरुबीच भेटवार्ता जारी

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र जेन–जी अगुवाहरूबीच भेटवार्ता भएको छ। बिहीबार अपराह्न साढे ४ बजे उनीहरूबीच छलफल सुरु भए...

रवि, बालेन र कुलमानबीच आज साँझ फेरि भेटवार्ता हुने

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन), ऊर्जामन्त्री कुलमान घिसिङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने...

काम गर्दा गर्दैपनि दिनदिनै गालीगलौज र राजीनामाको दबाब झेल्नुपरेको छ : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन–जी समूहबाट निरन्तर सरकार छोड्न दबाब आइरहेको गुनासो गरेकी छन्। बिहीबार बाह्रखरी कथा प्रतियोग...

बालेन शाह र बाबुराम भट्टराई बीच पनि भेटवार्ता

काठमाडौं । काठमाडौंका मेयर बालेन शाह र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ। आज अपराह्न, भट्टराई ललितपुरस्थित छलफल स्थलमा अपराह्न...

रमेश लेखक जाँचबुझ आयोगमा बयान दिन जाने

काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकले आफू जाँचबुझ आयोगमा बयान दिन जाने तयारीमा रहेको बताएका छन्। बिहीबार केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर...

बालेनलाई भेटेर केहि बेरमै निस्किए शिशिर खनाल

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग रास्वपा नेता शिशिर खनालले भेट गरेका छन्। नेता खनाल भेटका लागि ललितपुरको ज्वागलस्थित मेयर शाहका सह...

चितवन–३ बाट एकल रेनु दाहाल सर्वसम्मत उम्मेदवारमा सिफारिस

चितवन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाललाई चितवन क्षेत्र नं. ३ बाट आगामी निर्वाचनका लागि सर्वसम्मत उम्मेदव...

रवि लामिछाने र बालेन शाहबीच फेरि छलफल हुने

काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच फेरि राजनीतिक छलफल हुने भएको छ। आगामी निर्वाचनमा सहकार्य गर्ने ...

रवि लामिछानेलाई प्रश्न: लौरो टेक्ने कि घण्टी बजाउने ?

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले काठमाडौंका मेयर बालेन शाहसँग वार्ता गरेका छन्। यो वार्ता ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको ...

उच्च शिक्षाको लागि विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्नु जरुरी: प्रधानमन्त्री कार्की

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले शिक्षामा लगानी बढाउनु जरुरी रहेको बताएको छिन्। बिहीबार त्रिभुवन विश्व विद्यालयको दीक्षान्त समारोहलाई सम्बोध...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending