Khabar Dabali ५ फाल्गुन २०८२ मंगलवार | 17th February, 2026 Tue
Investment bank

४० वर्षमुनिका २७ प्रतिशत युवा उम्मेदवार बन्न पाउने, यस्तो छ रास्वपाको अन्य ११ निर्णयहरु

खबरडबली संवाददाता

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ४० वर्षमुनिका युवाहरूलाई २७ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्ने निर्णय गरेको छ।

चितवनको सौराहामा कात्तिक २१ र २२ गते सम्पन्न केन्द्रीय समिति विस्तारित बैठकले युवाहरूको जनसङ्ख्याको अनुपातमा प्रतिनिधित्व सुनिश्चित गरिएको जनाएको छ। साथै, विदेशबाट फर्किएका नेपाली नागरिकलाई उम्मेदवार बन्न १० प्रतिशत प्रतिनिधित्व दिने निर्णय पनि बैठकले गरेको छ।

बैठकमा कार्यवाहक सभापति डीपी अर्याल, उपसभापति डा। स्वर्णिम वाग्ले, महामन्त्री कवीन्द्र बुर्लाकोटी, सहमहामन्त्री विपिनकुमार आचार्य र सचिवालय सदस्य दीपक बोहराले आ-आफ्ना प्रतिवेदन पेस गरेका थिए।
डा। तोसिमा कार्कीले भने पार्टी सुधार मार्गचित्रबारे फरक मत पेश गरेकी थिइन्।

चार सय प्रतिनिधि सहभागी उक्त बैठकले ११ बुँदामा निष्कर्ष निकालेको छ।

रास्वपाका ११ मुख्य निर्णयहरू

- ४० वर्षमुनिका युवाहरूको २७ प्रतिशत प्रतिनिधित्व आगामी निर्वाचनमा सुनिश्चित गर्ने।

- विदेशबाट फर्किएका नेपालीहरूका लागि १० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्ने।

- महाधिवेशन मिति ६ महिना सार्ने — निर्वाचन फागुन २१ मा घोषणा भएकाले।

- उम्मेदवार छनोट प्रक्रिया पारदर्शी र प्रतिस्पर्धात्मक बनाउने।

- चुनावी वाचा–पत्र तयार गर्न उपसभापति डा। स्वर्णिम वाग्लेले नेतृत्व गर्ने।

- सङ्गठन सुदृढीकरणका लागि प्रतिवेदनको सिफारिस अनुसार कार्यान्वयन समिति गठन गर्ने।

- पार्टी सुधार मार्गचित्रमा छलफल जारी राख्ने र असहमति बुँदाहरू समाधानका लागि कार्यदल बनाउने।

- प्रदेश र जिल्ला समितिहरूको पुनर्गठन प्रक्रिया छिटो सम्पन्न गर्ने।

- आगामी निर्वाचनका लागि गठबन्धन नगरी स्वतन्त्र रूपमा प्रतिस्पर्धा गर्ने नीति लिने।

- पार्टी नीति तथा निर्णयहरू कार्यान्वयनमा पारदर्शिता र जिम्मेवारी बढाउने।

- सुझाव र प्रतिवेदनका बुँदाहरू केन्द्रीय समितिबाट अनुमोदन गरी तत्काल कार्यान्वयनमा लैजाने।

1

2

3

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

खोकना विवादका बीच द्रुतमार्गको प्रस्थानविन्दु सार्न प्रधानमन्त्री कार्कीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौं–तराईरमधेश द्रुतमार्गको प्रस्थानविन्दु खोकनाको खोकनामा देखिएको विवादलाई थाती राख्दै वैकल्पिक स्थानबाट...

प्रतिनिधिसभा निर्वाचन: गुल्मीमा १७ सयभन्दा बढी कर्मचारी परिचालन

गुल्मी। आगामी फागुन २१ गते सम्पन्न हुन लागेको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि गुल्मीमा १७ सयभन्दा बढी कर्मचारी परिचालन गरिने भएको छ । दुई निर्वाच...

नेप्से परिसूचक बीस अङ्कले घट्यो, आठ अर्ब ३६ करोड बराबरको कारोबार

काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक २० दशमलव ७५ अङ्कले घटेर दुई हजार ६४२ दशमलव १५ मा पुगेको हो ।...

रवि लामिछाने तारिख बुझ्न काठमाडौं जिल्ला अदालतमा उपस्थित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन्। उनी मंगलबार दिउँसो तारिख बुझ्न काठ...

दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वर राज प...

पैदलयात्रीलाई मुक्का हान्ने व्यक्ति पक्राउ

काठमाडौँ । काठमाडौँमा पैदलयात्रीलाई मुक्का हानेको आरोपमा एक जना कार चालकलाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ। ट्राफिक प्रहरी स्रोतका अनुसार पक्राउ प...

तीन किलो चाँदीसहित एक जना पक्राउ

काठमाडौँ। चन्द्रागिरी नगरपालिका–२, नागढुङ्गास्थित ‘चेक प्वाइन्ट’बाट रु १२ लाखको चाँदीसहित एक जना पक्राउ परेका छन्।  वीरगन्जबाट काठमाडौँ आइरहेको यात...

महाशिवरात्रिमा पशुपतिनाथ आएका साधुसन्तको दक्षिणासहित बिदाइ

काठमाडौँ। महाशिवरात्रिमा पशुपतिनाथको दर्शनमा आएका साधुसन्तलाई दक्षिणासहित बिदाइ गरिएको छ।  साधुसन्तलाई मंगलबार गुठी संस्थान र पशुपति क्षेत्र विकास ...

नेकपा (संयुक्त) ले फागुन २१ को निर्वाचनका लागि घोषणापत्र सार्वजनिक

एक व्यक्ति २ पटक मात्र प्रधानमन्त्री

सव-इन्जिनियर हत्याको विरोधमा सर्लाहीका सरकारी कार्यालय ठप्प

सर्लाही। पूर्वाधार विकास कार्यालय मलङ्गवामा कार्यरत सव-इन्जिनियर प्रमोदकुमार यादवको गोली हानी हत्या भएको विरोधमा सर्लाहीका सम्पूर्ण सरकारी कार्यालयको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE