काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगले विस्तृत कार्यतालिका तयार गरेको छ। आयोगको प्रारम्भिक योजनाअनुसार उम्मेदवारहरूले १५ दिनसम्म प्रचारप्रसार गर्न पाउने व्यवस्था हुने भएको छ।
आयोगका अनुसार मतदाता नामावली संकलन र अद्यावधिकको समय कात्तिक ३० गतेसम्म हुनेछ। सोही मितिसम्म राजनीतिक दलहरूले दल दर्ता प्रमाणपत्र लिइसक्नुपर्नेछ।
राजनीतिक दल दर्ता प्रक्रिया मंसिर १ देखि १० गतेसम्म सञ्चालन हुनेछ। यस अवधिमा निर्वाचनमा भाग लिन इच्छुक दलहरूले दर्ता गराएपछि प्रतिनिधि सभा सदस्यका उम्मेदवार खडा गर्न सक्नेछन्।
निर्वाचन प्रयोजनका लागि दल दर्ता सम्पन्न भएपछि आयोगले निर्वाचन कार्यक्रम स्वीकृत गरी मंसिर १० गते नेपाल राजपत्रमा प्रकाशन गर्ने तयारी गरेको छ।
मतदाता नामावली अद्यावधिक कार्यक्रम मंसिर १ देखि पुस १५ गतेसम्म, र समानुपातिक निर्वाचनतर्फ निर्वाचन अधिकृतको कार्यालय स्थापना मंसिर १५ गते हुने बताइएको छ।
त्यसैगरी, मतदान स्थल तथा केन्द्र निर्धारण गरी राजपत्रमा प्रकाशन पुस १५ गते, र समानुपातिक प्रणालीतर्फ बन्द सूची पेश गर्ने मिति पुस १८ र १९ गते निर्धारण गरिएको छ।
निर्वाचन अधिकृतको कार्यालय माघ २ गते स्थापना गरिनेछ। संयुक्त निर्वाचन सञ्चालन केन्द्र र प्रहरी संचार एकाइ माघ २ गतेदेखि फागुन ३० गतेसम्म सञ्चालनमा रहने कार्यतालिका बनाइएको छ।
प्रचारप्रसारका लागि समयावधि फागुन ४ गतेदेखि १८ गतेसम्म अर्थात् १५ दिन हुनेछ। मतपत्र ढुवानी गरी जिल्ला जिल्लामा पु(याउने काम फागुन १२ गतेभित्र सम्पन्न गरिनेछ।
प्रचारप्रसार निषेध अवधि फागुन १८ गते राति १२ बजेदेखि सुरु हुनेछ। मतदान फागुन २१ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ।
निर्वाचन आयोगले उक्त कार्यतालिका आवश्यक परे परिमार्जन गर्न सक्ने जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ५ गते, २०८२ - १७:२२
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौं–तराईरमधेश द्रुतमार्गको प्रस्थानविन्दु खोकनाको खोकनामा देखिएको विवादलाई थाती राख्दै वैकल्पिक स्थानबाट...
फाल्गुन ५ गते, २०८२ - १७:११
गुल्मी। आगामी फागुन २१ गते सम्पन्न हुन लागेको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि गुल्मीमा १७ सयभन्दा बढी कर्मचारी परिचालन गरिने भएको छ । दुई निर्वाच...
फाल्गुन ५ गते, २०८२ - १६:५५
काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक २० दशमलव ७५ अङ्कले घटेर दुई हजार ६४२ दशमलव १५ मा पुगेको हो ।...
फाल्गुन ५ गते, २०८२ - १६:४७
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन्। उनी मंगलबार दिउँसो तारिख बुझ्न काठ...
फाल्गुन ५ गते, २०८२ - १६:४३
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वर राज प...
फाल्गुन ५ गते, २०८२ - १६:३३
काठमाडौँ । काठमाडौँमा पैदलयात्रीलाई मुक्का हानेको आरोपमा एक जना कार चालकलाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ। ट्राफिक प्रहरी स्रोतका अनुसार पक्राउ प...
फाल्गुन ५ गते, २०८२ - १६:२७
काठमाडौँ। चन्द्रागिरी नगरपालिका–२, नागढुङ्गास्थित ‘चेक प्वाइन्ट’बाट रु १२ लाखको चाँदीसहित एक जना पक्राउ परेका छन्। वीरगन्जबाट काठमाडौँ आइरहेको यात...
फाल्गुन ५ गते, २०८२ - १५:३८
काठमाडौँ। महाशिवरात्रिमा पशुपतिनाथको दर्शनमा आएका साधुसन्तलाई दक्षिणासहित बिदाइ गरिएको छ। साधुसन्तलाई मंगलबार गुठी संस्थान र पशुपति क्षेत्र विकास ...
फाल्गुन ५ गते, २०८२ - १५:२६
एक व्यक्ति २ पटक मात्र प्रधानमन्त्री
फाल्गुन ५ गते, २०८२ - १५:०७
सर्लाही। पूर्वाधार विकास कार्यालय मलङ्गवामा कार्यरत सव-इन्जिनियर प्रमोदकुमार यादवको गोली हानी हत्या भएको विरोधमा सर्लाहीका सम्पूर्ण सरकारी कार्यालयको ...



प्रतिकृया लेख्नुहोस्: