मंगलबार बिहान जनकपुरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमा प्रदर्शन तीव्र बनेको हो। प्रदर्शनमा सहभागी कार्यकर्ताहरूले कार्यालय परिसरमा तोडफोड गर्दै ‘नियुक्ति असंवैधानिक र सिंहदरबारको निर्देशनमा गरिएको षड्यन्त्र’ भन्दै नारा लगाएका छन्।
स्रोतका अनुसार प्रदर्शनकारीहरूले मुख्यमन्त्री कार्यालयको गेट, साइनबोर्ड र केही फर्निचर तोडफोड गरेका छन्। त्यस्तै, उनीहरूले प्रदेश गृह, सञ्चार तथा कानुन मन्त्रालयमा समेत तालाबन्दी गरेका छन्। केही समूहले अन्य मन्त्रालयहरूमा पनि तालाबन्दीको तयारी गरेको जनाइएको छ।
प्रदर्शनमा सहभागी एक नेताले भने, “सिंहदरबारले मधेशको जनादेश माथि खेलबाड गरेको छ। हामी यो अन्याय सहँदैनौं। यो लडाइँ मधेशको स्वाभिमानका लागि हो।”
नवनियुक्त मुख्यमन्त्री सरोज यादव कार्यालय पुग्ने जानकारी पाएपछि प्रदर्शनकारीहरू ठूलो संख्यामा त्यहाँ जम्मा भएका थिए। प्रहरीले भिड नियन्त्रणका लागि बल प्रयोग गर्न नपरे पनि स्थिति अत्यन्त तनावपूर्ण रहेको बताइएको छ।
प्रदेश प्रहरी प्रमुखका अनुसार सुरक्षाकर्मीलाई उच्च सतर्कतामा राखिएको छ र सबै मन्त्रालय परिसरमा थप प्रहरी परिचालन गरिएको छ।
यसअघि, प्रदेश प्रमुख सुमित्रा भण्डारीले एमालेका यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन्। उनले ‘सबैभन्दा ठूलो दलको हैसियत’मा यादवलाई सरकार गठनको अवसर दिएको बताएकी थिइन्। तर, मधेशका अन्य दलहरूले यो कदम संविधान विपरीत भएको दाबी गर्दै भण्डारी र संघीय सरकार दुवैप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
राजनीतिक रूपमा यो घटना मधेश प्रदेशको सन्तुलनमा ठूलो प्रभाव पार्ने देखिएको छ। विशेषगरी जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले सोमबार नै ‘मधेश प्रदेशलाई स्वायत्त घोषणा गर्नुपर्ने’ भन्दै दिएको अभिव्यक्तिपछि प्रदेशमा स्वायत्तताको आन्दोलनलाई पुनः सक्रिय गर्ने संकेत देखिएको हो।
विश्लेषकहरूका अनुसार मधेश प्रदेशमा हालको सत्ता–संघर्षले केवल मुख्यमन्त्रीको पदको लडाइँ मात्र होइन, संघीय संरचनाप्रतिको असन्तुष्टि र स्वायत्तताको मागलाई पनि पुनर्जीवित बनाएको छ।
राजनीतिक दलबीच संवादको पहल नभए स्थिति थप चर्कन सक्ने सुरक्षा निकायको मूल्याङ्कन छ। मधेश प्रदेशका सरकारी कार्यालयहरूमा तालाबन्दी र विरोध प्रदर्शन जारी रहेकाले प्रशासनले अत्यावश्यक सेवामा असर पर्ने चिन्ता जनाएको छ।
स्थिति नियन्त्रणका लागि प्रहरी र स्थानीय प्रशासनले सबै दलका नेताहरूसँग संवाद गर्ने तयारी गरेको छ। तर, अहिलेसम्म कुनै सहमति या वार्ताको संकेत प्राप्त भएको छैन।
यो घटनाले मधेश प्रदेशको राजनीतिक स्थिरता र संघीयताको व्यवहारिक कार्यान्वयनमा गहिरो प्रश्न उठाएको देखिन्छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १४ गते, २०८२ - ११:१७
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा र राष्ट्रियसभामा यसअघि सांसद भइसकेका तथा मन्त्री भएका नेताहरूलाई समानुपातिक उम्मेदवारको बन्दसूचीमा ...
पौष १४ गते, २०८२ - ११:०८
काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आज सोमबार समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा बुझ...
पौष १४ गते, २०८२ - ११:०६
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ भने चाँदीले नयाँ रेकर्ड ब्रेक गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल...
पौष १४ गते, २०८२ - १०:५९
काठमाडौँ । मधेश केन्द्रित दुई ठूला दल जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच आइतबार पार्टी एकीकरण गर्ने सहमति भएक...
पौष १४ गते, २०८२ - १०:१९
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आज जनकपुरमा प्रदेशस्तरीय सभा गर्दैछ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग एकीकरणपछि पहिलो शक्ति प्र...
पौष १४ गते, २०८२ - १०:१६
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनको विकल्प खोज्दा देश दुर्घटनातर्फ जान सक्ने चेतावनी दिएका छन् । निर्वा...
पौष १३ गते, २०८२ - १७:०९
ललितपुर । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...
पौष १३ गते, २०८२ - १७:०१
इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे
पौष १३ गते, २०८२ - ११:२१
काठमाडौं । नेपाली बजारमा दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...
पौष १३ गते, २०८२ - ११:१३
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...




प्रतिकृया लेख्नुहोस्: