काठमाडौँ । नेपाली कांग्रेसमा प्रतिनिधिसभा पुनर्स्थापनाका लागि संकलित हस्ताक्षरलाई लिएर विवाद चर्किएको छ। निवर्तमान प्रमुख सचेतक श्याम घिमिरेको नेतृत्वमा संकलन भएको हस्ताक्षरप्रति असन्तुष्ट नेताहरू आजको केन्द्रीय समिति बैठकमा कुरा राख्ने तयारीमा छन्।
कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई समेत जानकारी नदिइ संकलन गरिएको हस्ताक्षरले पार्टीभित्र चर्को असन्तोष सिर्जना गरेको छ। असन्तुष्ट नेताहरूका अनुसार, ‘प्रतिनिधिसभा पुनर्स्थापनाले वर्तमान समस्याको समाधान हुँदैन, चुनावमार्फतै समाधान खोज्नुपर्छ’ भन्ने उनीहरूको बुझाइ छ।
नेताहरूले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, साथै डा. शेखर कोइरालासहितका अन्य नेता यस अभियानप्रति असन्तुष्ट रहेको बताएका छन्। घिमिरेले भने हस्ताक्षर अभियानको उद्देश्य पार्टीको चालू बैठकबाटै प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा निर्णय गराउन दबाब दिनु रहेको बताएका छन्।
हिजो नेपाल प्रेससँग कुरा गर्दै घिमिरेले भनेका थिए, ‘पार्टीले संसद् विघटन र सरकार गठन प्रक्रियालाई असंवैधानिक ठहर गरिसकेको छ। अब ट्र्याकमा ल्याउने विकल्प संसद् पुनर्स्थापनामै छ। हामी अदालतसम्म जाने तयारीमा छौँ।’
स्रोतहरूले भने घिमिरेले सभापति शेरबहादुर देउवा र आरजु राणासँग परामर्श गरेर हस्ताक्षर संकलन गरेको हुनसक्ने बताए। सिंगापुरमा उपचाररत देउवा र एमाले अध्यक्ष केपी ओलीबीच निरन्तर संवाद रहेकाले यो कदम चालेको हुनसक्ने विश्लेषण गरिएको छ।
यो कदमले कांग्रेसभित्र संस्थापन पक्ष र इतर पक्षबीचको तनावलाई अझ बढाएको छ। ओली संसद् पुनर्स्थापनाको माग लिएर सडक आन्दोलनतर्फ उन्मुख छन् भने कांग्रेसले पनि समान निर्णय गर्ने दाबी गर्दै आएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २८ गते, २०८२ - ११:११
काठमाडौँ। आज यो लेख लेख्दा हात काँपिरहेको छ। कलम चलिरहे पनि मन भारी छ। हृदय भित्र एउटा अनकहिँदो पीडा बसी रहेको छ, जुन शब्दमा उतार्न सजिलो छैन। नेपा...
मंसिर २८ गते, २०८२ - १०:५१
काठमाडौँ । नेकपा (एमाले) ले काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोललाई पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा मनोनयन गरेको छ । एमालेले व...
मंसिर २८ गते, २०८२ - १०:४९
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा हु...
मंसिर २८ गते, २०८२ - १०:४०
काठमाडौँ । भिजिट भिसा प्रकरणमा मुछिएका तत्कालीन अध्यागमन कार्यालय प्रमुख तीर्थराज भट्टराई २५ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। भ्रष्टाचार र सम्पत्ति ...
मंसिर २८ गते, २०८२ - १०:४०
भक्तपुर । नेकपा एमालेको ११औँ महाधिवेशनमा सहभागी हुन देशभरका जिल्ला–जिल्लाबाट कार्यकर्ताहरू बिहानै भक्तपुर आइपुगेका छन्। खेतीपाती र दैनिक काम छाडेर गाड...
मंसिर २८ गते, २०८२ - १०:२६
काठमाडाैं । नेकपा (एमाले)को ११औँ महाधिवेशनको उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी नहुने भएका छन् । कांग्रेसका तर्फबाट क...
मंसिर २७ गते, २०८२ - १०:२९
मधेसमा फेरि ‘एकताको हुरी’ : दशकौँको फुट र जुटको खेल पुनः सुरु
मंसिर २७ गते, २०८२ - ०९:५५
काठमाडौं । जेनजी आन्दोलनमा दमन गरेको आरोप सामना गरिरहेका सहसचिव छवि रिजालमाथि अब भ्रष्टाचारको गम्भीर आरोपमा पनि अनुसन्धान सुरु भएको छ । काठमाडौंका ...
मंसिर २७ गते, २०८२ - ०९:३०
मुस्ताङ । घरपझोङ-२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्र नजिकै गएराति हिउँ चितुवाको आक्रमणमा १६ भेडा र ३ च्यांग्रा मरेका छन्। स्थानीयवासी सन्तो...
मंसिर २७ गते, २०८२ - ०९:१०
एमाले महाधिवेशन नजिकिँदै : वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षधर युवा समूह सक्रिय, काठमाडौंमा रणनीतिक भेला काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशन न...




प्रतिकृया लेख्नुहोस्: