काठमाडौँ । नेपाली कांग्रेसमा प्रतिनिधिसभा पुनर्स्थापनाका लागि संकलित हस्ताक्षरलाई लिएर विवाद चर्किएको छ। निवर्तमान प्रमुख सचेतक श्याम घिमिरेको नेतृत्वमा संकलन भएको हस्ताक्षरप्रति असन्तुष्ट नेताहरू आजको केन्द्रीय समिति बैठकमा कुरा राख्ने तयारीमा छन्।
कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई समेत जानकारी नदिइ संकलन गरिएको हस्ताक्षरले पार्टीभित्र चर्को असन्तोष सिर्जना गरेको छ। असन्तुष्ट नेताहरूका अनुसार, ‘प्रतिनिधिसभा पुनर्स्थापनाले वर्तमान समस्याको समाधान हुँदैन, चुनावमार्फतै समाधान खोज्नुपर्छ’ भन्ने उनीहरूको बुझाइ छ।
नेताहरूले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, साथै डा. शेखर कोइरालासहितका अन्य नेता यस अभियानप्रति असन्तुष्ट रहेको बताएका छन्। घिमिरेले भने हस्ताक्षर अभियानको उद्देश्य पार्टीको चालू बैठकबाटै प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा निर्णय गराउन दबाब दिनु रहेको बताएका छन्।
हिजो नेपाल प्रेससँग कुरा गर्दै घिमिरेले भनेका थिए, ‘पार्टीले संसद् विघटन र सरकार गठन प्रक्रियालाई असंवैधानिक ठहर गरिसकेको छ। अब ट्र्याकमा ल्याउने विकल्प संसद् पुनर्स्थापनामै छ। हामी अदालतसम्म जाने तयारीमा छौँ।’
स्रोतहरूले भने घिमिरेले सभापति शेरबहादुर देउवा र आरजु राणासँग परामर्श गरेर हस्ताक्षर संकलन गरेको हुनसक्ने बताए। सिंगापुरमा उपचाररत देउवा र एमाले अध्यक्ष केपी ओलीबीच निरन्तर संवाद रहेकाले यो कदम चालेको हुनसक्ने विश्लेषण गरिएको छ।
यो कदमले कांग्रेसभित्र संस्थापन पक्ष र इतर पक्षबीचको तनावलाई अझ बढाएको छ। ओली संसद् पुनर्स्थापनाको माग लिएर सडक आन्दोलनतर्फ उन्मुख छन् भने कांग्रेसले पनि समान निर्णय गर्ने दाबी गर्दै आएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३ गते, २०८३ - ०८:५१
काठमाडौं । आज विश्वभर विश्व खडेरीविरुद्ध संघर्षको दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । प्रत्येक वर्ष जुन १७ तारिखका दिन मनाइने यो दिवस यस वर्ष “चरन...
आषाढ़ ३ गते, २०८३ - ०८:४५
काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले फिफा विश्वकप २०२६ को पहिलो खेलमै ह्याट्रिक गर्दै सनसनीपूर्ण प्रदर्शन गरेका छन् । अमेरिकाको कान्सास सिट...
आषाढ़ ३ गते, २०८३ - ०८:४१
कैलाली । कर्णाली नदीको दौलतपुरघाटमा कैलाली र बर्दियालाई जोड्ने झोलुङ्गे पुल सम्झौता समयभन्दा झन्डै दुई वर्षअघि नै निर्माण सम्पन्न भएको छ । दुई वर्षभित...
आषाढ़ ३ गते, २०८३ - ०८:३२
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाले केन्द्र दरवाङदेखि फूलबारी–च्युरीबोट–सिस्नेरी हुँदै बागलुङको तमानखोला जोड्ने सडकअन्तर्गत दरवाङ...
आषाढ़ ३ गते, २०८३ - ०८:२६
काठमाडौं । नेपालको बहुप्रतीक्षित नागढुङ्गा–नौबिसे सुरुङमार्ग आगामी साउन महिनादेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ। आयोजनाले सुरुङभित्रका अधिकांश निर्...
आषाढ़ ३ गते, २०८३ - ०८:१५
म्याग्दी । म्याग्दी जिल्लाको मालिका गाउँपालिका–३ मा पर्ने डाडाँगाउँ प्राकृतिक सौन्दर्यले भरिपूर्ण बस्तीका रूपमा परिचित छ। दुईतर्फ भिरालो पाखाले घेरिएक...
आषाढ़ ३ गते, २०८३ - ०८:११
कैलाली । कैलालीको जानकी गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न नतिजामा आधारित अनुदान तथा शिक्षक–विद्यार्थी प्रोत्साहन कार्यक्रम ...
आषाढ़ ३ गते, २०८३ - ०८:०९
काठमाडौं । चितवनबाट एक किशोरलाई अपहरण गरी काठमाडौं ल्याएर फिरौती माग्ने पाँच भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। अपहरणमा परेका १६ वर्षीय रिसब गु...
आषाढ़ ३ गते, २०८३ - ०८:०८
रूपन्देही/दाङ । सामाजिक सञ्जालमा खुकुरी देखाएर युवतीलाई धम्काउँदै कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि दाङ प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। तुलसी...
आषाढ़ ३ गते, २०८३ - ०८:०१
सिरहा । धनुषा र सिरहालाई जोड्ने कमला नदीमाथिको पुल निर्माण सुरु भएको करिब डेढ दशक बितिसक्दा पनि सम्पन्न हुन नसक्दा स्थानीयवासी निराश र आक्रोशित बनेका ...



प्रतिकृया लेख्नुहोस्: