Khabar Dabali २८ मंसिर २०८२ शनिबार | 13th December, 2025 Sat
Investment bank

सडक विभागले यी २२९ ठेक्का तोड्दै

खबरडबली संवाददाता
काठमाडौं । लामो समयसम्म प्रगति नभएका २ सय २९ सडक र पुल निर्माणका ठेक्का तोड्ने प्रक्रिया सडक विभागले सुरु गरेको छ।
 
सडक विभागले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार यी ठेक्काहरूलाई ‘रुग्ण ठेक्का’ को सूचीमा राखिएको हो।
 
हाल देशभरका सडक डिभिजन र योजना कार्यालयहरूले १५ दिनको सार्वजनिक सूचना जारी गर्दै निर्माण व्यवसायीहरूलाई आफ्नो प्रगति रिपोर्ट र काम नगरेको कारण पेश गर्न निर्देशन दिएका छन्।
 
केही व्यवसायीहरू सूचना पछि सम्पर्कमा आएर काम गर्ने प्रतिबद्धता जनाए पनि, धेरैजना अझै सम्पर्कमा नआएको विभागले जनाएको छ।
 
सडक विभागका प्रवक्ता श्यामबहादुर खड्काका अनुसार २०६८ सालदेखि अधूरो रहेका केही ठेक्का अझै सम्पन्न हुन सकेका छैनन्।
 
“केही ठेक्कामा सूचना निकालेपछि काम अघि बढेको छ, तर थुप्रैमा अझै प्रगति छैन,” उनले भने, “चितबुझ्दो कारण नआए कानुनअनुसार ठेक्का तोड्ने प्रक्रिया अघि बढाइनेछ।”
 
सबैभन्दा धेरै रुग्ण ठेक्का सडक डिभिजन काठमाडौं अन्तर्गत छन् — ५७ वटा।
त्यसपछि तुम्लिङटार ९१७०, जनकपुर ९२१०, इलाम ९१२० र सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना जनकपुर ९१२० ठेक्कामा पनि तोड्ने तयारी भइरहेको छ।
 
सडक विभागले तोड्ने प्रक्रियामा रहेका ठेक्काहरूको कार्यालयगत विवरण यस प्रकार छ:
 
सडक डिभिजन, काठमाडौं - ५७
सडक डिभिजन, जनकपुर - २१
सडक डिभिजन, तुम्लिङटार- १७
सडक डिभिजन, डोटी- १५
सडक डिभिजन, इलाम- १२
सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, जनकपुर-  १२
सडक डिभिजन, सुर्खेत- ७
सडक डिभिजन, हेटौंडा- ७
सडक डिभिजन, साँफेबगर- ६
सडक डिभिजन, हर्कपुर- ६
बबई सिँचाइ आयोजना- ६
सडक डिभिजन, लहान- ६
सडक डिभिजन, चरिकोट- ८
अन्य डिभिजन तथा योजना कार्यालयहरू (बुटवल, नेपालगन्ज, विराटनगर, पाल्पा, पोखरा, गोरखा, आदि) बाँकी
 
सडक विभागका अधिकारीहरूका अनुसार, ठेक्का तोडिएपछि ती आयोजनाको पुन: ठेक्का प्रक्रिया सुरु गरिनेछ।
 
रुग्ण ठेक्काबाट हुने ढिलाइले सडक निर्माण र मर्मत–सम्भार कार्य प्रभावित भएकाले विभागले यसलाई प्राथमिकताका रूपमा व्यवस्थापन गर्न थालेको बताइएको छ।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एसिसी यु–१९ एसिया कप: नेपाल श्रीलङ्कासँग पराजित

काठमाडौँ। एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल श्रीलङ्कासँग ८ विकेटले पराजित भएको छ ।  दुबईको द सेभेन्स रङ्गश...

एनपिएल फाइनलमा लुम्बिनीका कप्तान रोहितकुमार पौडेलको ह्याट्रिक

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) फाइनलमा लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले ह्याट्रिक पूरा गरेको छन् ।  ११ ओभरको चौथो, पाँचौँ र छैटौं...

एउटा देशमा हजारौँ सर्वहारा श्रमिक वर्गका पार्टी हुँदैनन्: झलनाथ खनाल

सुर्खेत । नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेकपा (एमाले) का नेताहरूलाई नेकपामा समाहित हुन आग्रह गरेका छन्। सुर्...

सुडान ड्रोन आक्रमणमा ३० भन्दा बढीको मृत्यु, संयुक्त राष्ट्रको कडा निन्दा

संयुक्त राष्ट। संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले सुडानको साउथ डारफुरमा ड्रोन आक्रमणमा कम्तीमा ३० नागरिकको मृत्यु भएको खबरप्रति गहिरो चिन्ता ...

एमालेले देशलाई गलत दिशामा जान दिदैन: अध्यक्ष ओली

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनले एकताको सन्देश दिने बताएको छन्।  नेकपा एमालेको ११ औँ मह...

एमाले अनेक धक्का चिरेर पनि न्यातपोल र धरहराजस्तै उठ्ने शक्ति हो: प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले एमाले न्यातपोल दरबारजस्तै गौरव बोकेको र धरहराजस्तै अनेक धक्का चिरेर पनि पुन: उठ्न सक्ने शक्ति भ...

विद्यालयलाई ४२ थान कम्युटर प्रदान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शान्ति विद्या गृह माध्यमिक विद्यालय लैनचौर र लोकहित आधारभूत विद्यालय भगवानवहाल ठमेललाई ४२ थान कम्युटर प्रदान गरेको ...

एक हप्तामा २८७ जनाले लिए नयाँ नागरिकता

गुल्मी। जिल्ला प्रशासन कार्यालय गुल्मीले विगत केही वर्षदेखि एक हप्तामा सम्पादन गरेका कार्यहरूको विवरण सार्वजनिक गर्दैआएको छ।  प्रशासन कार्यालयले सा...

विकास निर्माणमा ढिलासुस्ती सैह्य हुन्न, काम नगरे ठेक्का तोड्ने मन्त्री घिसिङको चेतावनी

दमौली । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोड्ने चेतावनी दिएका छन् । तनहुँको आँबुख...

लोकदोहोरी प्रतिष्ठानमा आवद्धको उपचारमा २५ प्रतिशत छुट

गुल्मी। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, गुल्मीले बुटवल हस्पिटल प्रालिसँग उपचार सम्झौता गरेको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending