काठमाडौँ । मधेश प्रदेशको मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति असंवैधानिक रहेको दाबी गर्दै जनमत पार्टीले वीरगन्जमा भर्चस्वपूर्ण प्रदर्शन गरेको छ। पार्टीका नेता–कार्यकर्ताले यादवको बर्खास्त र तत्कालीन प्रदेश प्रमुख सावित्री सुवेदी भण्डारीविरुद्ध कारवाहीको माग गरेका हुन्।
आज बिहान घण्टाघर चोकमा जुटेका प्रदर्शनकारीहरूले सडकमा टायर बालेर नाराबाजी गरे। प्रहरीले प्रदर्शन नियन्त्रण गर्न हस्तक्षेप गर्दा प्रदर्शनकारी र प्रहरीले बीचमा धकेलाधकेल भएको र केही बेर तनावग्रस्त स्थिति सिर्जना भएको प्रहरीले जनाएको छ।
विरोधसभामा बोल्दै जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सरार्फले संघीयताको मूल भावना र मधेसको अधिकारमाथि आक्रमण सह्य नहुने चेतावनी दिए। उनले भने, “संविधानले दिएको अधिकारलाई कुण्ठित गरेर प्रदेशलाई कमजोर बनाउने प्रयास भइरहेको छ। मधेसको आवाजलाई फेरि दबाउने खेल सुरु भएको छ — यो खेल अब सफल हुन दिइने छैन।”
सरार्फले मुख्यमन्त्री पदमा सरोजकुमार यादवको नियुक्ति तुरुन्त सच्याउन नपरे जनमत पार्टी कडा संघर्षमा उत्रिने चेतावनीसमेत दिएका छन्। उनका अनुसार, यदि सरकार निर्णय सच्याइएन भने पार्टीले सडक आन्दोलन प्रभावकारी बनाउँदै लैजानेछ।
प्रहरी र सम्बन्धित निकायले घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको र सार्वजनिक शान्ति–व्यवस्था कायम राख्न आवश्यक कदम उठाइने बताइएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २१ गते, २०८२ - १०:४१
काठमाडौं उपत्यकाको जीवन, संस्कृति र संगीतमा जहाँ–जहाँ पाइला टर्छ, त्यहीँ कतै ‘सिलु’ नामको कथा अनिवार्य रूपमा उपस्थित हुन्छ। यो कथा केवल प्रेमी दम्पतीक...
मंसिर २१ गते, २०८२ - १०:३५
हेटौँडा। उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पार्टीबाट राजीनामा दिएकी छन्। श्रेष्ठले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै पार्टीको न...
मंसिर २१ गते, २०८२ - १०:३१
काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न तरकारी र फलफूलको थोक मूल्य तोकेको छ। मूल्य सूची किसान, व्यापारी र उपभोक्ताले ...
मंसिर २१ गते, २०८२ - १०:२७
ओखलढुंगा । ओखलढुंगाको ढेबुवा, बिहान ५ बजे। सुनकोशी नदी किनारमा स–साना विद्यार्थीहरू भेला हुन्छन्। उनीहरूको विद्यालयको बाटो मात्र १० मिनेटको दूरीमा भए ...
मंसिर २१ गते, २०८२ - १०:२४
म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडक पहिरोले बारम्बार संकटमा पारिरहेको छ। सडकको खतर...
मंसिर २१ गते, २०८२ - १०:१६
ललितपुर । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति राजमार्ग बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरका अनुसार कान्ति राजमा...
मंसिर २१ गते, २०८२ - ०९:५९
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मधेश प्रदेशको राजनीतिक यथार्थमा आएको नयाँ परिवर्तनलाई ऐतिहासिक मोडका रूपमा व्याख्या गरेका छन् । सामाजिक...
मंसिर २१ गते, २०८२ - ०८:३५
नवलपरासी । पूर्वी नवलपरासीको देवचुली नगरपालिका–१३ स्थित मातृभूमि मध्यवर्ती सामुदायिक वन क्षेत्रमा ८ वटा मृग मृतावस्थामा फेला परेका छन्। एकैपटक यति ठूल...
मंसिर २१ गते, २०८२ - ०८:०५
मकवानपुर । सडक डिभिजन हेटौंडाले आज बिहानैबाट बुद्धचोक क्षेत्रमा सडक विस्तारका लागि घर र संरचना भत्काउन सुरु गरेको छ। सडक डिभिजनले ५ मंसिरमा १५ दिने...
मंसिर २१ गते, २०८२ - ०७:५५
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवको शपथग्रहण आइतबार हुने भएको छ। यादव सात दलको समर्थनमा शुक्रबार मुख्यमन्त्रीमा नियुक्...




प्रतिकृया लेख्नुहोस्: