सप्तरी। जिल्लाको राजविराज बजारको सडक अस्तव्यस्त भएपछि सर्वसाधारणले सास्ती व्यहोर्नुपरेको छ । जिल्लाको राजविराजको बजारमाको मुख्य सडकमा अतिक्रम र सडकमै सवारीसाधन पार्किङ बढ्दै गएपछि भिडभाडका कारण सर्वसाधारणलाई बाटो काट्न र सडकबाट हिडडुल गर्न एकदमै समस्या भोग्नुपरेको छ ।
राजविराजका मुख्य सडकहरू मालपोत कार्यालयदेखि जिल्ला प्रशासन कार्यालय, माइक्रो स्डेन्टदेखि छिन्नमस्ता अस्पताल, जनआन्दोलन चौकदेखि राममन्दिरसम्मको सडकमा अत्यधिक भिडभाड बढेपछि सर्वसाधारणले सास्ती व्यहोर्नुपरेको हो ।
स–साना व्यापारीहरूले सडकको छेउमा सडक अतिक्रमण गरी पसलहरू सञ्चालनमा ल्याएकाले भिडभाडका कारण पाँच मिनेटमा पुग्ने ठाउँमा १० मिनेट लाग्ने गरेको र दुर्घटनाको जोखिम उत्तिकै बढेको राजविराज उच्च अदालत बारएसोसिएसनका उपाध्यक्ष धर्मेन्द यादवले बताए।
राजविराजको सडकमा अतिक्रमण घट्नुको सट्टा दिनप्रतिदिन बढ्दै गएपछि स्थानीय व्यापारी र सडकमा दुई पांग्रे र चार पांग्रे गाडी पार्किङ गर्नेको मनपरि भिडभाडका कारण एम्बुलेन्स पनि रोकेर जानुपर्ने बाध्यता रहेको एम्बुलेन्स चालक बिजय देवले बताए।
उता करोडौंको लगानीमा बनेको राजविराज २ स्थित रहेको बसपार्क उदघाटन गरेको पाँच महिना बितिसक्दा समेत सञ्चालनमा आउन सकेको छैन । सडकमै सवारीसाधन पार्किङ, तरकारी बजार र सडकलाई अतिक्रमण गरी पसल सञ्चालन गर्दा सर्वसाधारणले समस्या भोग्नुपर्ने स्थानीयको भनाइ छ ।
सडक अतिक्रमण गरेर सञ्चालन गरेको पसलहरू पटक पटक हटाएका छौँ । हटियाको लागि तत्कालका लागि छुट्टयाइएको ठाउँ खाली छ । स–साना व्यापारीले आफ्नै हिसाबले पसल सञ्चालन गरेर सडक अतिक्रमण गर्नु राम्रो होइन । हटिया व्यवस्थापन हुन एक महिना समय लाग्छ । त्यसपछि समस्या समाधान हुनेमा विश्वस्त भएको राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत प्रविणले बताए ।
उनले भने, ‘‘आफ्नो समुदाय प्रतिको दायित्व सबैले बुझ्नुपर्ने हो । नबुझे कै कारण समस्या हुँदै आएको छ । बस पार्क सञ्चालन गर्ने तर्फ लागि रहेका छौं । सञ्चालनका लागि टेन्डर निकालेका छौँ । सम्झौता भए लगत्तै सवारी साधन सडकमा पार्किङ हुने समस्याको अन्त्य हुन्छ ।’’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ५ गते, २०८२ - १७:२२
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौं–तराईरमधेश द्रुतमार्गको प्रस्थानविन्दु खोकनाको खोकनामा देखिएको विवादलाई थाती राख्दै वैकल्पिक स्थानबाट...
फाल्गुन ५ गते, २०८२ - १७:११
गुल्मी। आगामी फागुन २१ गते सम्पन्न हुन लागेको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि गुल्मीमा १७ सयभन्दा बढी कर्मचारी परिचालन गरिने भएको छ । दुई निर्वाच...
फाल्गुन ५ गते, २०८२ - १६:५५
काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक २० दशमलव ७५ अङ्कले घटेर दुई हजार ६४२ दशमलव १५ मा पुगेको हो ।...
फाल्गुन ५ गते, २०८२ - १६:४७
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन्। उनी मंगलबार दिउँसो तारिख बुझ्न काठ...
फाल्गुन ५ गते, २०८२ - १६:४३
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वर राज प...
फाल्गुन ५ गते, २०८२ - १६:३३
काठमाडौँ । काठमाडौँमा पैदलयात्रीलाई मुक्का हानेको आरोपमा एक जना कार चालकलाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ। ट्राफिक प्रहरी स्रोतका अनुसार पक्राउ प...
फाल्गुन ५ गते, २०८२ - १६:२७
काठमाडौँ। चन्द्रागिरी नगरपालिका–२, नागढुङ्गास्थित ‘चेक प्वाइन्ट’बाट रु १२ लाखको चाँदीसहित एक जना पक्राउ परेका छन्। वीरगन्जबाट काठमाडौँ आइरहेको यात...
फाल्गुन ५ गते, २०८२ - १५:३८
काठमाडौँ। महाशिवरात्रिमा पशुपतिनाथको दर्शनमा आएका साधुसन्तलाई दक्षिणासहित बिदाइ गरिएको छ। साधुसन्तलाई मंगलबार गुठी संस्थान र पशुपति क्षेत्र विकास ...
फाल्गुन ५ गते, २०८२ - १५:२६
एक व्यक्ति २ पटक मात्र प्रधानमन्त्री
फाल्गुन ५ गते, २०८२ - १५:०७
सर्लाही। पूर्वाधार विकास कार्यालय मलङ्गवामा कार्यरत सव-इन्जिनियर प्रमोदकुमार यादवको गोली हानी हत्या भएको विरोधमा सर्लाहीका सम्पूर्ण सरकारी कार्यालयको ...



प्रतिकृया लेख्नुहोस्: