चितवन । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले जेन–जी आन्दोलनका क्रममा कार्तिक २३ गते भएको घटनाको जिम्मेवारी तत्कालीन सरकारकै भएको बताएका छन्।
बुधवार चितवनमा पत्रकारहरूसँग कुरा गर्दै उनले भने, “धरहरा कसले बनायो भन्दा तत्कालीन सरकारले बनाएको भन्ने, तर गोली कसले चलायो भन्ने थाहा छैन भन्नु गलत हो।”
उनको भनाइमा, सरकारकै पालामा घटना भएको हुनाले त्यसको जिम्मेवारी सरकारले लिनैपर्छ र निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्छ।
२३ र २४ गते दुवै दिनका घटना अक्षम्य
पाण्डेले पहिलो दिन (२३ गते) को घटना जत्तिकै २४ गतेको घटना पनि अक्षम्य भएको बताएका छन्। उनका अनुसार, “देशमा कानूनी शासन स्थापना गर्न दुवै दिनका घटनाका दोषीले उन्मुक्ति पाउनु हुँदैन।”
उनले थपे, “एमाले सरकारमा भएको कारणले मात्र होइन, न्यायको प्रश्नका हिसाबले पनि छानबिन अनिवार्य छ।”
“छानबिन नगरे एमाले पनि त्रासमा बस्नुपर्ने हुन्छ” पाण्डेले भने, “एमाले सरकारमा हुँदा भएको घटना भएकाले छानबिन गरेर साँचो बाहिर ल्याउन सकेनौँ भने, माओवादीका कार्यकर्ताजस्तै हाम्रो पार्टीका नेताहरू पनि कहिले समातिन्छौं भन्ने डरमा बस्नुपर्ने हुन्छ।”
उनका अनुसार, जेन–जी आन्दोलन एमालेको “आफ्नै कमजोरी” को परिणाम थियो।
“पार्टी र सरकारका संयन्त्रलाई यति ठूलो आन्दोलन र विध्वंसको सूचना नहुनु ठूलो कमजोरी हो,” उनले भने।
चुनाव गराउने क्षमता छैन अहिलेको सरकारले
अर्को प्रसङ्गमा पाण्डेले अहिलेको सरकारले आगामी निर्वाचन गराउने क्षमता र तयारी दुवै नगरेको टिप्पणी गरे। उनले भने, “फागुन २१ मा चुनाव गराउन निकै कठिन छ, प्राविधिक, राजनीतिक र मनोवैज्ञानिक तयारी नै छैन।”
उनका अनुसार, दलहरू चुनावको पक्षमा भए पनि सरकारको उदासिनता र निष्क्रियताले देशलाई “अझ अन्यौलमा लैजान सक्ने” खतरा छ।
“एमालेको महाधिवेशनमा प्रतिस्पर्धाबाटै नेतृत्व चयन हुन्छ”
एमालेको आगामी महाधिवेशनबारे कुरा गर्दै पाण्डेले नेतृत्व प्रतिस्पर्धाबाटै चयन हुने स्पष्ट पारे।
“हाम्रो आठौँ महाधिवेशनबाट प्रतिस्पर्धाको संस्कार सुरु भएको हो। प्रतिनिधिहरू बराबर छन्, कसैले प्रतिस्पर्धा रोक्न सक्दैन,” उनले भने।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १४ गते, २०८२ - ११:१७
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा र राष्ट्रियसभामा यसअघि सांसद भइसकेका तथा मन्त्री भएका नेताहरूलाई समानुपातिक उम्मेदवारको बन्दसूचीमा ...
पौष १४ गते, २०८२ - ११:०८
काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आज सोमबार समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा बुझ...
पौष १४ गते, २०८२ - ११:०६
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ भने चाँदीले नयाँ रेकर्ड ब्रेक गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल...
पौष १४ गते, २०८२ - १०:५९
काठमाडौँ । मधेश केन्द्रित दुई ठूला दल जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच आइतबार पार्टी एकीकरण गर्ने सहमति भएक...
पौष १४ गते, २०८२ - १०:१९
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आज जनकपुरमा प्रदेशस्तरीय सभा गर्दैछ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग एकीकरणपछि पहिलो शक्ति प्र...
पौष १४ गते, २०८२ - १०:१६
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनको विकल्प खोज्दा देश दुर्घटनातर्फ जान सक्ने चेतावनी दिएका छन् । निर्वा...
पौष १३ गते, २०८२ - १७:०९
ललितपुर । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...
पौष १३ गते, २०८२ - १७:०१
इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे
पौष १३ गते, २०८२ - ११:२१
काठमाडौं । नेपाली बजारमा दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...
पौष १३ गते, २०८२ - ११:१३
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...




प्रतिकृया लेख्नुहोस्: