Khabar Dabali २० मंसिर २०८२ शुक्रबार | 5th December, 2025 Fri
Investment bank

हसिना पक्षधरकाे लकडाउनले बङ्गलादेश ठप्प

खबरडबली संवाददाता

ढाका । बहिष्कृत प्रधानमन्त्री शेख हसिना र उनकै पूर्व सत्तारूढ अवामी लिग पार्टीले गत वर्षको विद्यार्थी नेतृत्वको आन्दोलनमा भएको दमनसम्बन्धी मुद्दाको विरोधमा राष्ट्रव्यापी ‘लकडाउन’ आह्वान गरेपछि बङ्गलादेशभर कक्षा, यातायात र दैनिक गतिविधि बिहीबार व्यापक रूपमा अवरुद्ध भएका छन् ।

हसिनाले सन् २०२४ को अगस्टमा १५ वर्ष लामो शासन समाप्त गराएको विद्यार्थी–विद्रोहमाथि दमन गरेको भन्दै मानवता विरुद्धको अपराधको मुद्दा सामना गरिरहेका छन् । उनी त्यसबेलादेखि भारतमा निर्वासनमा बस्दै आएको छ र सार्वजनिक रूपमा देखिएको छैन ।

ढाकास्थित विशेष न्यायाधिकरणले उनीविरुद्धको मुद्दामा सोमबार फैसला सुनाउने अपेक्षा गरिएको मुख्य अभियोजक ताजुल इस्लामले पत्रकार सम्मेलनमार्फत जानकारी दिए । यसअघि नै प्रतिबन्धित अवामी लिगले आफ्ना समर्थक र आम नागरिकलाई विरोधमा सहभागी हुन आह्वान गरेको थियो, जसलाई अन्तरिम सरकार र विपक्षी दलहरूले रोक्ने घोषणा गरेका छन् ।

सुरक्षामा कडाइ गरिएपछि ढाका तथा प्रमुख सहरहरूमा सार्वजनिक यातायात लगभग ठप्प रह्यो । विद्यालयहरूले अनलाइन कक्षा र परीक्षालाई वैकल्पिक उपायका रूपमा अपनाए । सहरभर भिडभाड न्यून रहेको र धेरै सडक प्रायः खाली देखिएको रिपोर्ट गरिएको छ ।

हसिनाको पैतृक घर र अवामी लिगको मुख्य गढ रहेको गोपालगञ्जमा सरकारी भवनमा पेट्रोल बम फ्याँकिएको पुष्टि गरिएको छ । त्यस्तै, वर्तमान अन्तरिम नेता मुहम्मद युनुसले स्थापना गरेको ग्रामीण बैंकको एउटा कार्यालय बुधबार पूर्वी बङ्गलादेशमा आगजनीको सिकार बनेको स्थानीय सञ्चार माध्यमले जनाएको छ ।

युनुसले बिहीबार राष्ट्रिय प्रसारणमार्फत सम्बोधन गर्दै फेब्रुअरीमा हुने अर्को आमचुनाबाटै राजनीतिक दलहरूले गत महिना हस्ताक्षर गरेको ‘जुलाई राष्ट्रिय चार्टर’ सम्बन्धी जनमतसङ्ग्रह गरिने जानकारी दिए । यसका लागि मिति घोषणा भने गरिएको छैन । चार्टरले द्विसदनीय संसद्को प्रस्तावसमेत राखेको छ । युनुसले हसिनालाई कानूनी रूपमा उत्तरदायी बनाउने आफ्नो वाचा पनि दोहोर्‍याए ।

देशमा लगातार तीन दिनदेखि कच्चा बम तथा सवारीसाधनमा आगजनीका घटना भइरहेका छन् । यसले राजनीतिक तनाव अझ चर्किँदै गएको सङ्केत गर्छ । बुधबार साँझ ढाकामा रेल र बसमा आगो लगाइएका घटनाहरू रिपोर्ट भएका थिए भने ढाका विश्वविद्यालय परिसरमा अघिल्लो दिन कच्चा बम विस्फोट भएको थियो ।

बिहीबार बिहान ढाकास्थित विशेष न्यायाधिकरण परिसरमा सैनिक तथा अन्य सुरक्षाकर्मीहरू कडा निगरानीमा तैनाथ गरिएका थिए । त्यहाँ पूर्व गृहमन्त्री असदुज्जमान खान तथा पूर्व प्रहरी प्रमुख चौधरी अब्दुल्लाह अल–मामुन संलग्न मुद्दाको सुनुवाइ भइरहेको छ । अल–मामुनलाई कडा सुरक्षासहित न्यायाधिकरणमा हाजिर गराइएको छ भने खान भारतमा रहेको विश्वास गरिन्छ । दुवैलाई अनुपस्थितमै मुद्दा चलाइएको हो ।

सयौँ जनाको मृत्यु भई हप्तौँसम्म चलेको हिंसापछि हसिनाको पतन भएको थियो । अन्तरिम सरकारले फेब्रुअरीमा संसदीय चुनाव गर्ने घोषणा गरेको छ तर अवामी लिगले आफूलाई चुनावमा सहभागी हुन नदिएर दमन गरिएको दाबी गर्दै सामाजिक सञ्जालबाट अभियान चलाइरहेको छ । पार्टीका अनुसार हजारौँ समर्थक पक्राउ परेका छन् ।

मुख्य अभियोजकले हसिनालाई ‘विद्रोहकालीन मानवता विरुद्धका अपराधकी मास्टरमाइन्ड’ बताउँदै मृत्युदण्डको माग गरेका छन् । अवामी लिगले न्यायाधिकरणलाई ‘कङ्गारू अदालत’ भनेको छ । हसिनाले वकिल नियुक्त गर्न अस्वीकार गरेका छन् र राज्यद्वारा नियुक्त वकिलको आलोचना गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनअनुसार उक्त हिंसामा एक हजार ४०० जनासम्मको मृत्यु भएको अनुमान गरिएको छ । अन्तरिम सरकारका स्वास्थ्य सल्लाहकारहरूले ८०० भन्दा बढी मृतक र झन्डै १४ हजार घाइतेको पुष्टि गरेका छन् । हसिनाले यी तथ्याङ्कमा विवाद गर्दै स्वतन्त्र छानबिनको माग गरेका छन् ।

हालै भारतीय सञ्चार माध्यमले इमेलमार्फत हसिनासँग गरिएको अन्तर्वार्ता प्रकाशित गरेका छन् । यसले बङ्गलादेश सरकारलाई असन्तुष्ट बनाएको छ । ढाकास्थित भारतीय दूतावासका उप–उच्चायुक्तलाई बोलाई ढाकाले आफ्नो गम्भीर चिन्ता व्यक्त गरेको छ ।

अन्तर्वार्तामा हसिनाले युनुसमाथि इस्लामवादीहरूलाई समर्थन गरेको तथा मानव अधिकार उल्लङ्घन गरेको आरोप लगाएका थिए । उनका छोरा सजीब वाजेदले एसोसिएटेड प्रेससँगको कुराकानीमा देशमा स्थिरता ल्याउन समावेशी चुनाव आवश्यक रहेको बताएका छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पियुको डिन कार्यालयमा काँग्रेस कार्यकर्ताद्वारा तालाबन्दी

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको विराटनगर–१ स्थित डिन कार्यालयमा नेपाली काँग्रेस, तरुण दल र नेविसंघका स्थानीय कार्यकर्ताले तालाबन्दी गरेका छन् । ...

लगातार छैटौं जितसँगै सुदूरपश्चिम क्वालिफायरमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा लगातार उत्कृष्ट प्रदर्शन गर्दै सुदूरपश्चिम रोयल्स क्वालिफायरमा प्रवेश गर्ने पहिलो टिम बनेको छ । कीर्तिपुरस्थि...

उदयपुरमा पाँच केजीभन्दा बढी गाँजासहित एक पक्राउ

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका– ३, पैँतालीस चोकबाट पाँच केजी एक सय ग्राम प्रतिबन्धित लागुऔषध गाँजासहित एकजना पक्राउ परेका छन् ।  जिल्ला प्र...

नवलपुरमा आगो ताप्ने क्रममा जलेर घाइते

नवलपुर । नवलपुरमा आगो ताप्ने क्रममा जलेर एकजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको कावासोती– ८ निवासी ४१ वर्षीय भीमबहादुर...

कान्तिलोकपथ मर्मतकाे लागि दुई महिना दैनिक ६ घण्टा बन्द हुने

मकवानपुर । हेटौँडालाई ललितपुर हुँदै काठमाडौंसँग जोड्ने महत्त्वपूर्ण वैकल्पिक मार्ग मानिने कान्तिलोकपथ ६० दिनका लागि बन्द हुने भएको छ । जिल्ला प्रशा...

भारतको सबैभन्दा ठूलो विमान कम्पनीद्वारा एक हजार २ सय उडान रद्द

काठमाडाैँ । भारतको सबैभन्दा ठूलो विमानकम्पनी इन्डिगोले केही दिन यता देशभर एक हजार २०० भन्दा बढी उडानहरू रद्द गरेपछि भारतीय विमानस्थलहरू अस्तव्यस्त भएक...

माेरङमा मोटरसाइकल दुर्घटनामा प्रहरी सहायक हवल्दारको मृत्यु

विराटनगर । विराटनगरको बरगाछीमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । गएराति भएको दुर्घटनामा बेलबारी नगरपालिका–८ का ३० वर्षे ...

भरतपुरमा प्राङ्गारिक सूर्यमुखीखेती

चितवन । भरतपुर महानगरपालिका–१५, श्रीपुरका प्राङ्गारिक किसान चन्द्रप्रसाद अधिकारीले यस वर्ष दुई बिघा १० कठ्ठा क्षेत्रफलमा शतप्रतिशत प्राङ्गारिक तरिकाले...

बागलुङ जीप दुर्घटना हुँदा ८ जना घाइते

बागलुङ । बागलुङ बजारतर्फ आउदै गरेको पिक अप जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । बागलुङ नगरपालिका–८ सिगानामा जीप  दुर्घटना हुँदा घाइते ८ मध्ये  दु...

मोरङमा भाइको हत्या गरेर दाइ फरार

माेरङ । आपसी विवादका क्रममा मोरङमा एक व्यक्तिले छुरा प्रहार गरेर भाइको हत्या गरेका छन् । जहदा गाउँपालिका– ७, तरिगामा बुधबार राति नातामा दाजु पर्ने ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending