Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

मंसिर ५ अघि काठमाडौंः एमाले प्रदर्शनको प्रतिक्षा

खबरडबली संवाददाता

काठमाडौं ।  माइतीघर मण्डलामा आज बिहान चहलपहल सामान्य थियो।  सहज गतिमा गुँडीहेका गाडी, हातमा कफी लिएर कफीको सुर्पो तानीरहेका युवाहरू, र छेउको पोलमा बेरिएको एक फाट्टफुट्ट पोस्टर । यतिबेला राजधानीमा चलिरहेको राजनीतिक बेचैनीसँग मेल नखाने शान्त दृश्य।  तर सतहको शान्तीभित्र गहिरो हलचल छ ।

७ मंसिरका लागि आन्दोलनको घोषणा गरेका दुर्गा प्रसाईंलाई पक्राउ गरेको स्थानीय प्रशासनले ५ मंसिरमा एमालेले गर्ने भनेको प्रदर्शनलाई के गर्ला भन्ने सबैको चासो छ ।  नेकपा एमालेले मंसिर ५ मा माइतीघरदेखि नयाँ बानेश्वरसम्म मार्चपास गर्ने घोषणा गरिसकेको छ,  तर प्रशासनले अनुमति  नदिएको मात्र होइन ।  अनुमति माग्नेसम्म कोही नआएको पुष्टि गरेको छ। यसअघि २५ असोजमा एमालेको युवा संघले काठमाडौंमा गर्न खोजेको मोटरसाइकल र्या ली र सभालाई जिल्ला प्रशासन कार्यालयले रोक लगाएको थियो ।
मैले बिहान ११स्३० बजे प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलको कक्षमा ढोकै ढक्ढक्याएर प्रवेश गरेँ। कक्ष सफा, व्यवस्थित, टेवलमाथि केही फाइल र चिया–कप । उनको अनुहारमा तनाव कम, तर सतर्कता धेरै रहेको थियो ।

“एमालेले पाँच गते प्रदर्शन गर्छ भन्ने ब्यानर त देखिएको छ, सर,” भनेर मैले सोधेँ ।  पौडेलले चस्मा मिलाउँदै छोटो जवाफ दिए “अनुमति लिन आउनुभएको छैन, प्रदर्शनको जोखिम हामी विश्लेषण गरिरहेका छौँ।”

यसपछि उनले धेरै कुरा विस्तारमा भनेनन्,  तर उनी ‘शब्दभन्दा धेरै’ कुरा संकेत गर्दै थिए—यो प्रदर्शन कुनै साधारण र्यातली जस्तो ठानिएको छैन।

माइतीघर स् सतहमा शान्ती, गहिराइमा तनाव

उनको कक्षबाट निस्केर म माइतीघर झरेँ । त्यहाँ सडकका डिभाइडरहरू ठिकठाक देखिएका थिए, सुरक्षा बलको विशेष हल्लाचल थिएन । तर ट्याक्सी चालकसँग कुराकानी गर्दा वास्तविक स्थिति बाहिरियो।

“सर, यहाँ जतिखेर पनि भिड जम्मा हुन्छ कि भन्ने डर छ,” उनले भने । “दुर्गा प्रसाईंलाई समातेपछि त झनै। राजनीतिक पार्टीहरू सबै आफ्नो–आफ्नै हिसाबमा तयारीमा छन् जस्तो लाग्छ।”

त्यसपछि म नयाँ बानेश्वरतिर लागेँ।  प्रदर्शनको सबैभन्दा सम्भावित टकराव बिन्दु यही मानिन्छ— संघीय संसद भवन अगाडि।  बानेश्वर चोकमा प्रहरीको सानो गस्ती थियो। एक जना प्रहरी जवानले नाम नखुलाउने सर्तमा भने— “अहिले केही बोल्न पाइँदैन दाइ, तर भोलि बिहानबाट फोर्स बढ्छ।”

बबरमहलमा एमाले कार्यकर्ताको लय

एमालेको ‘नेसनल भोलेन्टियर फोर्स’ कार्यक्रम सुरू हुन केही दिन अघिमात्रै  बबरमहल आसपास केही कार्यकर्ताको जमघट पाइने आशा गरेर म त्यतै हिँडेँ । एक चिउरा–तरकारी पसलमा दुई जना युवा कार्यकर्ता छलफल गरिरहेका थिए। “मार्च पास रोक्छन् कि ?” पहिलोले भन्यो।  “रोक्लान्, तर हामी जान्छौँ,” दोस्रोले पेप्सीको बोटल राख्दै भन्यो।

उनीहरु कुरा गरीरहेको अवस्थामा मैले हस्तक्षेप गरेँ “अनुमति माग्नुभएको छैन रे ?”  उनीहरूले एक–आपसमा हेराहेर गर्दै भने “हामी त कार्यकर्ता मात्र हो  दाइ, नेताले जाने दिनमै निर्णय गर्छन्।” उनीहरूको बोलीमा उत्साह पनि थियो, अनिश्चितता पनि। 

पछिल्लो अवस्थामा नेपालको राजनीतिमा दोहोरो तनाव देखिएको छ ।  दुर्गा प्रसाईं पक्राउले सहरमा राजनीतिक उर्जा दुई छेउबाट ठोक्किएको छ ।  एकातिर प्रसाईं समर्थकहरूले  ‘७ मंसिरका लागि तयार’ भनिरहेका छन् । अर्कोतिर एमाले ५ मंसिरमा निस्कन खोज्दैछ । प्रमुख जिल्ला अधिकारीले नै भने “दुवै पक्षले घोषणा गरेका कार्यक्रमले जोखिम बढाएको छ।”
सुरक्षा अधिकारीको संकेत—“भोलि बिहान थाहा हुन्छ”

सायंकालतिर प्रहरी प्रधान कार्यालय पुगेर  मैले एक प्रहरी अधिकारीसँग कुरा जमाएँ ।  उनी मुस्कुराए, तर आँखाको कठोरता छुटेन । “हामीले सबै सम्भावित स्थिति मानचित्र बनाइसकेका छौँ।  फोर्स कहाँ, कति, कसरी राख्ने सब तयार छ । भोलि बिहान ८ बजेपछि धेरै स्पष्ट हुन्छ।”

मैले सोधेँ  “मार्चपास रोकिएला ?”  उनी एकछिन टोलाए “निर्णय राजनीतिक नेतृत्व र प्रशासनको हो।  तर भीड ब्यवस्थापन ? त्यो भने हामीकै काँधमा पर्छ।”

रात पख राजधानीको मनोदशा

अहिले काठमाडौंमा राजनीतिक तनाव  हिउँदको चिसो जस्तै बिस्तारै जम्दै गएको छ ।  सडक शान्त देखिए पनि  सहरभर एउटै जिज्ञासा छ । “एमाले निस्केला कि निस्कला ?”  “प्रसाईं प्रकरणले असर पार्ला ?”  “प्रदर्शन रोकिन्छ कि भिडभाड बढ्छ ?”

सहर सुतिरहेको छ,  तर प्रशासन, सुरक्षा निकाय र राजनीतिक कार्यकर्ताहरू सबै–सबै आफ्नो–आफ्नै तयारीमा व्यस्त छन्। माइतीघरको पोलमा हल्लिरहेको एउटा फाट्टफुट्ट पोस्टरले अहिले काठमाडौंको स्थिति सटिक बताइदिन्छ । “घोषणा भएको छ,  निर्णय बाँकी छ, अनि राजधानी प्रतिक्षामा छ।”

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपाकाे निर्णय: पूर्व सांसद र मन्त्री समानुपातिक सूचीमा नपर्ने

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा र राष्ट्रियसभामा यसअघि सांसद भइसकेका तथा मन्त्री भएका नेताहरूलाई समानुपातिक उम्मेदवारको बन्दसूचीमा ...

आज समानुपातिक बन्दसूची बुझाउने अन्तिम दिन, दलहरू आयोग जाने तयारीमा

काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आज सोमबार समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा बुझ...

सुनको मूल्य सामान्य घट्दा चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ भने चाँदीले नयाँ रेकर्ड ब्रेक गरेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल...

जसपा–लोसपा एकतामा सहमति, मधेशमा बलियो राजनीतिक शक्ति निर्माण गर्ने घोषणा

काठमाडौँ । मधेश केन्द्रित दुई ठूला दल जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच आइतबार पार्टी एकीकरण गर्ने सहमति भएक...

एकीकरणपछि जसपा नेपालको पहिलो शक्ति प्रदर्शन, जनकपुरमा प्रदेशस्तरीय सभा

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आज जनकपुरमा प्रदेशस्तरीय सभा गर्दैछ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग एकीकरणपछि पहिलो शक्ति प्र...

निर्वाचन नै देशलाई निकास दिने उपाय हो : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनको विकल्प खोज्दा देश दुर्घटनातर्फ जान सक्ने चेतावनी दिएका छन् । निर्वा...

पम्फा भुसालको रणनीतिक निर्णय: युवा नेतृत्वलाई मौका दिन चुनावमा नउठ्ने

ललितपुर  । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...

जनयुद्ध, गणतन्त्र र जेन जेड: इतिहास, जिम्मेवारी र भविष्य

इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे

सुनको मुल्यले आजपनि बनायो कीर्तिमान, तोलामै २ लाख ७० हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा  दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...

प्रतिनिधिसभा निर्वाचनमा १ करोड ८९ लाखभन्दा बढी मतदाता, आयोगले अन्तिम नामावली सार्वजनिक गर्‍यो

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending