Khabar Dabali २३ श्रावण २०८३ शनिबार | 8th August, 2026 Sat
Investment bank

मंसिर ५ अघि काठमाडौंः एमाले प्रदर्शनको प्रतिक्षा

खबरडबली संवाददाता

काठमाडौं ।  माइतीघर मण्डलामा आज बिहान चहलपहल सामान्य थियो।  सहज गतिमा गुँडीहेका गाडी, हातमा कफी लिएर कफीको सुर्पो तानीरहेका युवाहरू, र छेउको पोलमा बेरिएको एक फाट्टफुट्ट पोस्टर । यतिबेला राजधानीमा चलिरहेको राजनीतिक बेचैनीसँग मेल नखाने शान्त दृश्य।  तर सतहको शान्तीभित्र गहिरो हलचल छ ।

७ मंसिरका लागि आन्दोलनको घोषणा गरेका दुर्गा प्रसाईंलाई पक्राउ गरेको स्थानीय प्रशासनले ५ मंसिरमा एमालेले गर्ने भनेको प्रदर्शनलाई के गर्ला भन्ने सबैको चासो छ ।  नेकपा एमालेले मंसिर ५ मा माइतीघरदेखि नयाँ बानेश्वरसम्म मार्चपास गर्ने घोषणा गरिसकेको छ,  तर प्रशासनले अनुमति  नदिएको मात्र होइन ।  अनुमति माग्नेसम्म कोही नआएको पुष्टि गरेको छ। यसअघि २५ असोजमा एमालेको युवा संघले काठमाडौंमा गर्न खोजेको मोटरसाइकल र्या ली र सभालाई जिल्ला प्रशासन कार्यालयले रोक लगाएको थियो ।
मैले बिहान ११स्३० बजे प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलको कक्षमा ढोकै ढक्ढक्याएर प्रवेश गरेँ। कक्ष सफा, व्यवस्थित, टेवलमाथि केही फाइल र चिया–कप । उनको अनुहारमा तनाव कम, तर सतर्कता धेरै रहेको थियो ।

“एमालेले पाँच गते प्रदर्शन गर्छ भन्ने ब्यानर त देखिएको छ, सर,” भनेर मैले सोधेँ ।  पौडेलले चस्मा मिलाउँदै छोटो जवाफ दिए “अनुमति लिन आउनुभएको छैन, प्रदर्शनको जोखिम हामी विश्लेषण गरिरहेका छौँ।”

यसपछि उनले धेरै कुरा विस्तारमा भनेनन्,  तर उनी ‘शब्दभन्दा धेरै’ कुरा संकेत गर्दै थिए—यो प्रदर्शन कुनै साधारण र्यातली जस्तो ठानिएको छैन।

माइतीघर स् सतहमा शान्ती, गहिराइमा तनाव

उनको कक्षबाट निस्केर म माइतीघर झरेँ । त्यहाँ सडकका डिभाइडरहरू ठिकठाक देखिएका थिए, सुरक्षा बलको विशेष हल्लाचल थिएन । तर ट्याक्सी चालकसँग कुराकानी गर्दा वास्तविक स्थिति बाहिरियो।

“सर, यहाँ जतिखेर पनि भिड जम्मा हुन्छ कि भन्ने डर छ,” उनले भने । “दुर्गा प्रसाईंलाई समातेपछि त झनै। राजनीतिक पार्टीहरू सबै आफ्नो–आफ्नै हिसाबमा तयारीमा छन् जस्तो लाग्छ।”

त्यसपछि म नयाँ बानेश्वरतिर लागेँ।  प्रदर्शनको सबैभन्दा सम्भावित टकराव बिन्दु यही मानिन्छ— संघीय संसद भवन अगाडि।  बानेश्वर चोकमा प्रहरीको सानो गस्ती थियो। एक जना प्रहरी जवानले नाम नखुलाउने सर्तमा भने— “अहिले केही बोल्न पाइँदैन दाइ, तर भोलि बिहानबाट फोर्स बढ्छ।”

बबरमहलमा एमाले कार्यकर्ताको लय

एमालेको ‘नेसनल भोलेन्टियर फोर्स’ कार्यक्रम सुरू हुन केही दिन अघिमात्रै  बबरमहल आसपास केही कार्यकर्ताको जमघट पाइने आशा गरेर म त्यतै हिँडेँ । एक चिउरा–तरकारी पसलमा दुई जना युवा कार्यकर्ता छलफल गरिरहेका थिए। “मार्च पास रोक्छन् कि ?” पहिलोले भन्यो।  “रोक्लान्, तर हामी जान्छौँ,” दोस्रोले पेप्सीको बोटल राख्दै भन्यो।

उनीहरु कुरा गरीरहेको अवस्थामा मैले हस्तक्षेप गरेँ “अनुमति माग्नुभएको छैन रे ?”  उनीहरूले एक–आपसमा हेराहेर गर्दै भने “हामी त कार्यकर्ता मात्र हो  दाइ, नेताले जाने दिनमै निर्णय गर्छन्।” उनीहरूको बोलीमा उत्साह पनि थियो, अनिश्चितता पनि। 

पछिल्लो अवस्थामा नेपालको राजनीतिमा दोहोरो तनाव देखिएको छ ।  दुर्गा प्रसाईं पक्राउले सहरमा राजनीतिक उर्जा दुई छेउबाट ठोक्किएको छ ।  एकातिर प्रसाईं समर्थकहरूले  ‘७ मंसिरका लागि तयार’ भनिरहेका छन् । अर्कोतिर एमाले ५ मंसिरमा निस्कन खोज्दैछ । प्रमुख जिल्ला अधिकारीले नै भने “दुवै पक्षले घोषणा गरेका कार्यक्रमले जोखिम बढाएको छ।”
सुरक्षा अधिकारीको संकेत—“भोलि बिहान थाहा हुन्छ”

सायंकालतिर प्रहरी प्रधान कार्यालय पुगेर  मैले एक प्रहरी अधिकारीसँग कुरा जमाएँ ।  उनी मुस्कुराए, तर आँखाको कठोरता छुटेन । “हामीले सबै सम्भावित स्थिति मानचित्र बनाइसकेका छौँ।  फोर्स कहाँ, कति, कसरी राख्ने सब तयार छ । भोलि बिहान ८ बजेपछि धेरै स्पष्ट हुन्छ।”

मैले सोधेँ  “मार्चपास रोकिएला ?”  उनी एकछिन टोलाए “निर्णय राजनीतिक नेतृत्व र प्रशासनको हो।  तर भीड ब्यवस्थापन ? त्यो भने हामीकै काँधमा पर्छ।”

रात पख राजधानीको मनोदशा

अहिले काठमाडौंमा राजनीतिक तनाव  हिउँदको चिसो जस्तै बिस्तारै जम्दै गएको छ ।  सडक शान्त देखिए पनि  सहरभर एउटै जिज्ञासा छ । “एमाले निस्केला कि निस्कला ?”  “प्रसाईं प्रकरणले असर पार्ला ?”  “प्रदर्शन रोकिन्छ कि भिडभाड बढ्छ ?”

सहर सुतिरहेको छ,  तर प्रशासन, सुरक्षा निकाय र राजनीतिक कार्यकर्ताहरू सबै–सबै आफ्नो–आफ्नै तयारीमा व्यस्त छन्। माइतीघरको पोलमा हल्लिरहेको एउटा फाट्टफुट्ट पोस्टरले अहिले काठमाडौंको स्थिति सटिक बताइदिन्छ । “घोषणा भएको छ,  निर्णय बाँकी छ, अनि राजधानी प्रतिक्षामा छ।”

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आफ्नै सरकारविरुद्ध रास्वपाकै सांसदको प्रश्न : ‘सरकार कहाँ छ ?’

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले नै संसद्मा सरकारको कार्यशैलीमाथि कडा प्रश्न उठाएका छन्। ग्यास अभाव, रासायनिक मल...

कैदी बोकेको भ्यान दुर्घटना : मोटरसाइकल चालकको मृत्यु, अर्का युवक गम्भीर घाइते

रुकुमपश्चिम । रुकुमपश्चिममा थुनुवा कैदी बोकेको कारागारको भ्यान र मोटरसाइकल एकापसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएक...

सुनकोशीमा हामफालेर श्रीमान्–श्रीमती बेपत्ता

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट सुनकोशी नदीमा हामफालेपछि एक दम्पती बेपत्ता भएका छन्। ज...

प्रधानमन्त्री बालेन शाह : जनताकाे आशा र भरोसा कि खहरेकाे भेल ?

काठमाडौं । नेपाली राजनीतिमा लामो समयदेखि स्थापित दलहरूप्रति बढ्दै गएको असन्तुष्टि, भ्रष्टाचारका आरोप, सुस्त विकास र राजनीतिक अस्थिरताले नागरिकमा नयाँ ...

सुनकोसी दुर्घटनाको तेस्रो दिन पनि खोजी जारी, यात्रु र कार अझै बेपत्ता

सिन्धुली  । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित सुनकोसी नदीमा खसेर बेपत्ता भएका कार र त्यसमा सवार तीन यात्रुको अवस्था दुई दिन बितिसक्दा पनि अज्...

मुख्यमन्त्रीको कुर्सीका लागि एमालेमा खुला युद्ध, आफ्नै नेतामाथि अपमान र दबाब

मुख्यमन्त्री चयनलाई लिएर थपलिया–किरण थापा आमनेसामने, बहुमत जुटाउन राप्रपा निर्णायक

हिक्मत कार्कीलाई हटाउने निर्णयबाट ओली ‘ब्याक’, कोशीको मुख्यमन्त्रीमै निरन्तरता

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउने निर्णयबाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पछि हटेका छन्। बुधबार भक्तपुरको गुन्ड...

सडक अवरुद्ध हुँदा इलाममा ग्यास संकट, तरकारीदेखि चामलसम्म महँगियो

इलाम। मेची राजमार्ग अवरुद्ध भएपछि इलाम सदरमुकामसहित उत्तरी क्षेत्रका उपभोक्ता ग्यास अभावको चर्को मारमा परेका छन्। एक सातादेखि खाना पकाउने ग्यास नपाउँद...

पाकिस्तानमा विदेशी सञ्चारमाध्यममाथि कडाइ, रिपोर्टिङअघि सरकारी अनुमति अनिवार्य

काठमाडौं। पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको रिपोर्टिङसम्बन्धी नयाँ निर्देशिका लागू गर्दै विदेशी सञ्चारमाध्यमका लागि काम गर्ने पत्रकारमा...

तरकारी महँगिदा उपभोक्ताको भान्सामा महँगीको आगो

-काठमाडौं । मध्य वर्षायामसँगै उपभोक्ताको भान्सामा महँगीको चर्को मार परेको छ। कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकअनुसार असारको तुलन...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending