वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा साउदी क्राउन प्रिन्स मोहम्मद बिन सलमानको सम्मानमा आयोजित भव्य रात्रिभोजमा फुटबल सुपरस्टार क्रिस्टियानो रोनाल्डो र उद्योगपति एलन मस्क पनि उपस्थित रहेको छन् ।
अमेरिका भ्रमणमा रहेका साउदी राजकुमारका लागि ह्वाइट हाउसमा गरिएको उक्त रात्रिभोज चर्चित व्यक्तित्वको उपस्थितिका कारण झनै ध्यानाकर्षक बन्यो । साउदी क्लब अल नासरका लागि खेल्दै आउनु भएका र जो धेरै जना वरिष्ठ खेलाडीसँगै साउदी अरबको आकर्षक प्रस्तावका कारण त्यहाँ पुग्नुभएका रोनाल्डोको सम्झौता यसै गर्मीमा समाप्त हुँदैछ ।
४० वर्षीय रोनाल्डो राष्ट्रपति र साउदी क्राउन प्रिन्स प्रवेश गर्नु केही क्षणअघि नै ट्रम्पको टेबल नजिकै आफ्नो सिटमा बस्नुभएको देखिन्थ्यो । राष्ट्रपति ट्रम्पले रात्रिभोजको भाषणमा भने, “तपाईलाई थाहा छ, मेरा छोरा ब्यारन रोनाल्डोका ठुला प्रशंसक हुन् ।” १९ वर्षीय ब्यारनले दिग्गज खेलाडीलाई भेट्न पाउँदा निकै उत्साहित भएको राष्ट्रपति ट्रम्पले बताउनुभयो । उनले हाँस्दै थपे, “मलाई लाग्छ, अब उसले आफ्नो बुवालाई अलिक बढी सम्मान गर्छ, किनकी मैले उसलाई जसको परिचय गराएँ, त्यो कारणले ।”
रात्रिभोजमा उपस्थित खेल सम्बन्धित अर्को प्रमुख व्यक्तित्व हुनुहुन्थ्यो(फिफाका अध्यक्ष जियानी इन्फान्टिनो । इन्फान्टिनो सन् २०२६ को विश्वकप ९संयुक्त राज्य अमेरिकासहितका राष्ट्रले सह(आयोजना गर्ने) को तयारीकै क्रममा पुन: ह्वाइट हाउस पुगेको हो । रोनाल्डोले आइतबार पोर्चुगलले विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेसँगै आगामी प्रतियोगिता ‘निश्चितरूपमा आफ्नो अन्तिम’ हुने बताएको छन् ।
समारोहमा कालो-टाई पोशाकमा उपस्थित एलन मस्क पनि निकै चर्चा बटुल्ने पाहुना थिए। उनी र राष्ट्रपति ट्रम्पबिच गत जुलाईमा सार्वजनिक रूपमा मतभेद बढेपछि सम्बन्ध चिसिएको थियो । मस्कले सरकारी दक्षता विभाग (डिओजिई) अन्तर्गत लागत कटौती विभाग प्रमुखका रूपमा पाँच महिना काम गरेको थिए । साथै उनी गत मे महिनामा साउदी अरब भ्रमणमा पनि राष्ट्रपति ट्रम्पसँगै सहभागी भएको थिए।
तर ट्रम्पको ‘ठुलो र सुन्दर’ (बिग ब्युटिफुल) खर्च विधेयकको मस्कले गरेको आलोचना तथा एपस्टेन सम्बन्धी फाइलका विषयमा टिप्पणीपछि दुवैबिच सम्बन्ध चिसिएको थियो । त्यति बेला राष्ट्रपति ट्रम्पले मस्कलाई देश निकाला गर्ने धम्कीसमेत दिएको थिए। यद्यपि, उक्त रात्रिभोजमा टक्सेडोधारी मस्कलाई अन्य पाहुनासँगै क्यान्डललिट टेबलमा सहजरूपमा कुराकानी गरिरहेको देखिन्थ्यो, यद्यपि उहाँ राष्ट्रपति ट्रम्पको टेबलमा थिए।
रात्रिभोजका क्रममा राष्ट्रपति ट्रम्पले सन् २०१८ मा असन्तुष्ट पत्रकार जमाल खशोग्जीको हत्या सम्बन्धी विवादमा साउदी क्राउन प्रिन्सको पक्षसमेत लिए । उनले राजकुमार मोहम्मद बिन सलमानलाई ‘नेतृत्वको व्यक्तित्व’ भन्दै प्रशंसा गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - १७:०६
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफू प्रत्यक्षतर्फ र समानुपातिक दुवैतर्फबाट उम्मेदवार नहुने बताएका छन्। आइतबार सम्पन्न क...
पौष १३ गते, २०८२ - १६:४१
काठमाडौं । नेपाली कांग्रेसले विभिन्न समयमा पार्टी परित्याग गरेकाहरूलाई पुन: पार्टीमा फर्किन आह्वान गरेको छ। पार्टी छाडेर स्वतन्त्र बसेकादेखि अन्य दलमा...
पौष १३ गते, २०८२ - १६:२६
काठमाडौँ । आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगले सामाजिक सञ्जाल र एआईको प्रयोगबारे आचारसंहिता तय गरेको छ । आयोगबाट स्वीकृत निर्वाचन आचा...
पौष १३ गते, २०८२ - १६:०७
काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेसँगै सेयर लगानीकर्ताहरू उत्साहित भएका छ...
पौष १३ गते, २०८२ - १५:४८
काठमाडौं । नेपाली कांग्रेसले यसपटक समानुपातिक निर्वाचन प्रणालीबाट यसअघि सांसद बनेकाहरूलाई उम्मेदवार नबनाउने निर्णय गरेको छ। समानुपातिकतर्फका उम्मेद...
पौष १३ गते, २०८२ - १५:३५
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। ११औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरू सम्मिलित सचिवालयको यो पहिलो बैठक हो। ललितपुरको च्यासलस्...
पौष १३ गते, २०८२ - १५:१९
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारले चुनावी प्रचार–प्रसारका क्रममा दुईभन्दा बढी सवारी साधन प्रयोग गर्न नपाउने ...
पौष १३ गते, २०८२ - १५:०२
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता पम्फा भुसालले आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचन नलड्ने निर्णय गरेकी छन्। उनले समानुपातिक र प्रत्य...
पौष १३ गते, २०८२ - १४:५४
काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना आफ्नो कार्यकाल समाप्त भएसँगै बिदा हुने भएका छन्। सभामुख घिमिरेका सञ्चार विज्ञ ...
पौष १३ गते, २०८२ - १४:२०
रसुवा । ६ महिनादेखि बन्द रसुवागढी नाकामा आजदेखि आवतजावत सुरू भएको छ । आजै बिहान ७ बजेदेखि नेपाली ट्रकका सवारी चालक केरूङतर्फ जान सुरू गरेका हुन् । ...




प्रतिकृया लेख्नुहोस्: