Khabar Dabali २० बैशाख २०८३ आईतवार | 3rd May, 2026 Sun

जेनजीले एमालेको कार्यक्रममा अवरोध नगरेको जेनजी मधेश संयोजकको दाबी

सुनियोजित षड्यन्त्र गर्ने मुख्य योजनाकार महेश बस्नेत

खबरडबली संवाददाता

काठमाडौँ । जेनजी मधेश प्रदेश संयोजक शिव यादवले बाराको सिमरा चोकमा मङ्गलबार जेनजी बारा समितिको कार्यक्रममा नेकपा एमाले निकट समूहले आक्रमण गरेर माहोल अशान्त बनाएको बताएका छन्।

यादवका अनुसार, जेनजी बारा संयोजक सम्राट उपाध्यायसहितका युवाहरू कुटपिटमा परेका र यस क्रममा दर्जनौं घाइते भएका छन्।

शिव यादवले फेसबुकमा लेख्दै यो घटना एमालेको सुनियोजित षड्यन्त्र भएको बताएका छन्। उनले भनाए, “सिमरा चोकमा जेनजीको पूर्वनिर्धारित कार्यक्रम चलिरहेको थियो, तर परवानीपुरस्थित एमाले कार्यक्रमबाट परिचालितहरूले कार्यक्रम भाँडेका हुन्। जेनजीले एमालेको कार्यक्रममा कुनै अवरोध नगरेको दाबी गर्छ।”

यादवले यस घटनाको मुख्य योजनाकार पूर्वमन्त्री महेश बस्नेत रहेको आरोप लगाउँदै उनलाई मधेशमा निषेध गर्न र संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी कारबाही गर्न सरकारसँग माग गरेका छन्।

उनले थपे, “मधेशमा एमालेले पछिल्लो समय लगातार उक्साहटपूर्ण र तनाव सिर्जना गर्ने गतिविधि गर्दै आएको छ। यसले मधेशको शान्ति सुरक्षामा खलल पुर्‍याएको छ। यस विषयमा संवेदनशीलता अपनाएर कडा कदम चाल्न राज्य र राज्यका संयन्त्रलाई अनुरोध गर्दछु।”

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

स्वतन्त्र र जिम्मेवार प्रेस नै लोकतन्त्रको आधारस्तम्भ - सञ्चारमन्त्री

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले स्वतन्त्र प्रेसबिना सुशासन, पारदर्शिता र जनविश्वास मजबुत हुन नसक्ने बताएका छन् । ...

रास्वपा सचिवालय बैठक सुरू, यी हुन् छलफलका एजेण्डाहरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक सुरू भएको छ। पार्टी मुख्यालय घण्टीघरमा जारी बैठकमा समसामयिक राजनीतिक तथा सां...

स्थानान्तरण प्रक्रियाका क्रममा छुटेका नागरिकलाई सम्पर्कमा आउन सरकारको आह्वान

काठमाडौं । सरकारले नदी किनारमा रहेका जोखिमयुक्त बस्तीहरूको स्थानान्तरण प्रक्रियाका क्रममा छुटेका नागरिकलाई सम्पर्कमा आउन आह्वान गरेको छ। शहरी विकास...

सशस्त्र प्रहरीका नयाँ आईजीपी पौडेलले गृहसचिवमार्फत फुली लगाउने

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका नवनियुक्त महानिरीक्षक(आईजीपी) नारायणदत्त पौडेलले सोमबार दर्ज्यानी चिन्ह (फुली) लगाउने भएका छन्। १८ वैशाखमा चार...

सरकारको कार्यशैलीप्रति सीके राउतको असन्तुष्टि, ‘बाटो सच्याउन’ चेतावनी

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष सीके राउतले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै तत्काल सुधार गर्न चेतावनी...

अनामनगरको साततले घर आंशिक भत्काएर फर्कियो डोजर

काठमाडौं । अनामनगरस्थित साततले घरमा डोजर चलाइएको छ। सरकारी जग्गा अतिक्रमण गरेको आरोपमा भत्काउन सुरु गरिएको उक्त घर पूर्ण रूपमा नभत्काइ आंशिक क्षति पुर...

ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार १११ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु पाँच लाख ६५ हजार राजस्व दाखिला भए...

धोबीखोलाको चर्चित ठूलो घर भत्काउने तयारी, सुरक्षा सतर्कता कडा

काठमाडौं । देवीनगरस्थित धोबीखोला करिडोरमा रहेको एक ठूलो घर भत्काउने तयारी गरिएको छ। अतिक्रमण गरेर निर्माण गरिएको भन्दै सरकारले उक्त संरचना हटाउने प्रक...

भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमबासीको परीक्षण सुरु

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमवासीको परीक्षण सुरु गरेको छ । ...

आइतबार सुनको मूल्य ह्वात्तै घट्यो, चाँदीको बढ्यो

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको मूल्यमा वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending