जनकपुरधाम । मधेस प्रदेशमा सभामुख रामचन्द्र मण्डल पदमुक्त भएलगत्तै नयाँ नेतृत्व चयनको विषयले राजनीतिक हलचल तिब्र बनेको छ। बुधबार दुई तिहाइ बहुमतले मण्डललाई पदमुक्त गरेपछि आज (बिहीबार) सर्वदलीय बैठक बस्ने भएको छ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक रामअशिष यादवका अनुसार बैठकमा नयाँ सभामुख चयन र मुख्यमन्त्रीको एजेन्डा मुख्य विषय रहनेछन्। सात दलीय गठबन्धनभित्र सभामुखमा कसले दाबी गर्ने र मुख्यमन्त्री लोसपा (लोकतान्त्रिक समाजवादी पार्टी) बाटै रहने कि अन्य दलले दाबी गर्ने भन्ने विषयमा विस्तृत छलफल हुने उनले बताए।
यादवका अनुसार आजको बैठक निर्णयभन्दा बढी एजेन्डा तयारी र दलहरूबीचको मत मिलानमा केन्द्रित हुनेछ। सभामुख चयनबारे केन्द्र नेतृत्वबाट आउने निर्देशनले पनि महत्वपूर्ण भूमिका खेल्न सक्ने उनले बताएका छन्।
यसैबीच, लोसपा भने मुख्यमन्त्री आफूहरैले पाउनेमा आश्वस्त देखिन्छ। लोसपा संसदीय दलका नेता जयनुल राइनले सात दलीय गठबन्धन यस विषयमा एकढिक्का रहेको र जितेन्द्र सोनल नै पुन: मुख्यमन्त्री बन्नेमा कुनै दुईमत नभएको दाबी गरेका छन्।
मधेस प्रदेशको सत्ताको समीकरण आजको सर्वदलीय बैठकपछि झनै स्पष्ट हुने अपेक्षा गरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ३१ गते, २०८३ - १२:२७
काठमाडौं । रास्वपा सांसद गणेश पराजुलीले प्रतिनिधिसभामा दिएको अभिव्यक्तिको केही अंश संसदीय अभिलेखबाट हटाइएको छ। वैशाख २९ गते बसेको प्रतिनिधिसभा बैठक...
बैशाख ३१ गते, २०८३ - १२:१९
बेइजिङ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बिहीबार बेइजिङमा भएको बहुप्रतीक्षित शिखर भेटवार्ता औपचारिक मित्रता,कूटनीति...
बैशाख ३१ गते, २०८३ - ११:३२
काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा प्रतिनिधिसभामा उपस्थित नभए विरोध जारी राख्ने चेतावनी दिएको छ। प्र...
बैशाख ३१ गते, २०८३ - ११:२८
काठमाडौँ । बुधबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । सुन तोलामा रु ३०० र चाँदी रु ३५ ले बढेको हो । नेपाल सुनचाँ...
बैशाख ३१ गते, २०८३ - ११:१६
काठमाडौँ। पुतलीबजार नगरपालिकाका सब–इन्जिनियर समित जिरेलमाथि कार्यकक्षमै प्रवेश गरी कुटपिट गरिएको छ । उनलाई नगरपालिकाभित्रै प्रवेश गरेर वडा नं। ३ का बा...
बैशाख ३१ गते, २०८३ - ११:०३
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले दिने भएका छन् । संस...
बैशाख ३१ गते, २०८३ - १०:४१
क–कसले सम्पत्ति विवरण बुझाउनुपर्छ ?
बैशाख ३१ गते, २०८३ - १०:१८
स्याङ्जा। स्याङ्जा जिल्लामा माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा चार विद्यालयको नतिजा शून्य आएको छ । जिल्लाका १७२ माध्यमिक विद्यालयबाट एसइईमा सह...
बैशाख ३१ गते, २०८३ - १०:०६
भैरहवा। रुपन्देहीको सीमानाकाबाट हुने तस्करीको जालो अझै रोकिन सकेको छैन । प्रहरीले दैनिक जसो तस्करीका अवैध सामान बरामद गर्दै आएको छ । भारतसँग खुला स...
बैशाख ३१ गते, २०८३ - ०९:५७
सर्लाही। महेन्द्र राजमार्गअन्तर्गत सर्लाहीको हरिवन नगरपालिका–११, मा बुधबार मध्यराति बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । गाईघाटबाट काठमाडौँतर्फ ग...



प्रतिकृया लेख्नुहोस्: