Khabar Dabali १७ माघ २०८२ शुक्रबार | 30th January, 2026 Fri
Investment bank

जेनजी आन्दोलनपछि एमालेमा नयाँ ‘संयन्त्र बनाउने दौड’, मार्चपास : ‘शक्तिको प्रदर्शन’ कि ‘बर्चस्व चिनाउने’ कसरत ?

नयाँ सुरक्षा दस्ताः जनताको सुरक्षा कि राजनीतिक हाइजिन ?

खबरडबली संवाददाता

काठमाडौं । नेपाली राजनीति फेरि एकचोटि हलचलमा छ—यसपालि सरकार फेर्न वा संसद् भंगलिनु–जोडिनुका कारण होइन, एमालेले आज सार्वजनिक गर्न लागेको नेशनल भोलियन्टर फोर्स अर्थात् राष्ट्रिय स्वयंसेवक बलका कारण।

पार्टी नेताहरूले यसलाई ‘आम नागरिकको सुरक्षा’का नाममा प्रस्तुत गरे पनि नेताहरूकै शैली सुन्दा यो बल सुरक्षा गार्ड र राजनीतिक उत्साह मिश्रित एउटा बहु–उपयोगी टिम बन्ने देखिन्छ।

बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बिहान ११ बजे यो विशेष बलको उद्घाटन हुँदैछ। प्रमुख अतिथि भन्नेबित्तिकै सबैलाई थाहा—अध्यक्ष केपी शर्मा ओली नै। अहिले नेपालमा कुनै नयाँ संरचना जन्मिँदा ओली उपस्थित नभएजस्तै असम्भव कुरा अरू के नै हुन्छ र?

मार्चपास : ‘शक्तिको प्रदर्शन’ कि ‘बर्चस्व चिनाउने’ कसरत?

घोषणापूर्व एमाले कार्यकर्ताहरू बबरमहलदेखि माइतीघर हुँदै नयाँ बानेश्वरसम्म मार्चपास गर्नेछन्। बाटोमा भिड बढ्दा ट्राफिकले सास फेर्न नपाए पनि, आयोजकले भने यसलाई ‘स्वयंसेवकहरूको शिस्तबद्ध प्रदर्शन’ भन्न छाड्नेवाला छैनन्।

यस मार्चपासलाई कतिपयले एमालेको शक्ति प्रदर्शन भनेका छन्, कतिले ‘राजनीतिक जिम्नास्टिक’। तर, पार्टी नेतृत्व भने यसलाई नयाँ संरचना ‘जनताको बीच देखाउने औपचारिक परेड’ बताइरहेको छ।

जेनजी आन्दोलनपछि एमालेमा ‘संयन्त्र बनाउने दौड’

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि एमालेलाई प्रतिनिधि सभा पुनर्स्थापनाको माग अघि सार्न प्रेरणा मिल्यो। त्यसबेलादेखि पार्टीले एकपछि अर्को संरचना बनाइरहेको छ—सुरक्षाका नाममा, जनताको सुरक्षाका नाममा, र कहिलेकाहीँ पार्टीकै सुरक्षाका नाममा पनि।

पार्टीका कतिपय कार्यकर्ताले यसलाई एमालेको ‘सुरक्षात्मक ड्रेस रिहर्सल’ पनि भन्न थालेका छन्। सामाजिक सञ्जालमा त टिप्पणी झन् कडा— “अब राज्यको सुरक्षा फोर्सभन्दा शक्तिशाली फोर्स एमालेतिर हुने भए।”  “कसरी उपयोग हुन्छ थाहा छैन, तर नाम सुन्दा त हल्कासँग लड्न सक्ने जस्ता लाग्छ।”

जनताको सुरक्षा कि राजनीतिक हाइजिन?

एमालेले भनेको छ—यो फोर्सले नेता, कार्यकर्ता र आम जनताको सुरक्षामा काम गर्नेछ। तर आलोचकहरूका अनुसार  नेता–कार्यकर्ताको सुरक्षा त बुझियो, ‘आम जनताको सुरक्षा’ भने कुन कोणबाट?

नेपालमा सुरक्षा संरचना बनाउने काम सामान्यतः राज्यको जिम्मा हो। तर यहाँ राजनीतिक दलहरूले ‘स्वयंसेवक’, ‘बल’, ‘फोर्स’ जस्ता शब्दले सजिएको आफ्नै टिम बनाइरहेका छन्।
त्यसमाथि एमालेले यसलाई विशेष प्रकारको ‘समाजसेवी फोर्स’ भन्दै प्रचार गरिरहेको छ—जसले ट्राफिकलाई सहयोग गर्न सक्छ, भीड व्यवस्थापन गर्न सक्छ, र आवश्यक भए राजनीतिक स्वायत्तता पनि प्रदर्शन गर्न सक्छ।

नेशनल भोलियन्टर फोर्स सञ्चालनमा आएपछि के–कसरी चल्ने हो, कसरी प्रभाव पार्ने हो, र कुन परिस्थितिमा एकाएक एक्टिभ मोडमा जाने हो ।यो सबै अहिले अनुमानमै छ।

तर एक कुरा पक्का छ ।नेपालमा राजनीतिक दलहरू संरचना बनाउने क्रममा यति क्रियाशील हुन्छन् कि कहिलेकाहीँ सरकारभन्दा उनीहरूकै मोडेल शक्तिशाली देखिन थाल्छ। र आजको कार्यक्रम त्यही सक्रियताको अर्को नमुना हो । झन् ठूलो नाम, झन् ठूलो कार्यक्रम, र झन् ठूलो मार्चपाससहित।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भक्तपुरमा फर्निचर उद्योगमा भीषण आगलागी, ३५ लाखभन्दा बढीको क्षति

भक्तपुर – भक्तपुरमा स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा करिब ३५ लाख ८० हजार रुपैयाँ बराबरको सामग्री नष्ट भएको छ। आगलागीले उद्योगसँगै आसपासका पसल र ...

नेविसंघका ८ पूर्वअध्यक्ष कांग्रेसबाट प्रत्यक्षतर्फ प्रतिनिधि सभा उम्मेदवार

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संगठन ‘नेपाल विद्यार्थी संघ’ (नेविसंघ)का ८ पूर्वअध्यक्ष आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष...

परम्परागत दलका पुराना लडाकूले मैदान छाड्दा नयाँ उम्मेदवारले खोटाङमा कब्जा जमाउने

खोटाङ । आगामी फागुन २१ मा खोटाङमा प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि विभिन्न दलबाट नयाँ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। यसपटक उम्मेदवारहरूले ...

कांग्रेस मधेश प्रदेश समितिको बैठक फागुन ७ मा, सभापति थापापनि सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेस मधेश प्रदेश कार्यसमितिले आगामी फागुन ७ गते जनकपुरमा बैठक बोलाएको छ। मधेश प्रदेश प्रचार विभाग प्रमुख नितिशकुमा गुप्ताले बैठक...

नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले नेपाल प्रहरीका लागि रासन स्केल र रासनबापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरेको छ। यो निर्णय मन्त्रिपरिषद्को आजको बैठकमा अनुमोदन भए...

बागमतीमा सत्तारुढ दलको निद हराम: ३३ क्षेत्रमा कांग्रेस–एमालेमाथि रास्वपाको कडा दबाब

ललितपुर  । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा बागमती प्रदेशको राजनीति निर्णायक मोडमा पुगेको छ। परम्परागत रूपमा सत्ताको केन्द्र मानिँदै आएको बागमतीमा...

निर्वाचन आयोगको कडा निगरानी: १० दिनमा २१ स्पष्टीकरण, अधिकांश जवाफ बाँकी

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएको १० दिनमै निर्वाचन आयोगले राजनीतिक दल, उम्मेदवार, सरकारी निकाय र सामाजिक संस्थालाई गरी २१ स्पष्टीकरण माग...

निर्वाचन सुरक्षामा कडाइ: कुकुरसहित सेना–प्रहरीको संयुक्त गस्ती

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंले कुकुरसहितको संयुक्त गस्ती सुरु गरेको छ। निर्वाचनलाई शान्ति...

ग्रीनल्यान्ड विषयमा अमेरिका–डेनमार्क वार्ता सकारात्मक दिशामा अघि बढ्यो : डेनमार्कका विदेशमन्त्री

ब्रसेल्स ।  डेनमार्कका विदेशमन्त्री लार्स लोके रास्मुसनले ग्रीनल्यान्ड विषयमा संयुक्त राज्य अमेरिकासँग प्राविधिक तहको वार्ता सुरु भएपछि आफू अझ आशावादी...

डेढ लाख घुससहित नगरपालिका इन्जिनियर अख्तियारको फन्दामा

बर्दिया । बारबर्दिया नगरपालिकाअन्तर्गत भवन तथा बस्ती विकास शाखामा कार्यरत एक इन्जिनियर घुस रकम लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending