Khabar Dabali १८ असार २०८३ बिहीबार | 2nd July, 2026 Thu
Investment bank

जेनजी आन्दोलनपछि एमालेमा नयाँ ‘संयन्त्र बनाउने दौड’, मार्चपास : ‘शक्तिको प्रदर्शन’ कि ‘बर्चस्व चिनाउने’ कसरत ?

नयाँ सुरक्षा दस्ताः जनताको सुरक्षा कि राजनीतिक हाइजिन ?

खबरडबली संवाददाता

काठमाडौं । नेपाली राजनीति फेरि एकचोटि हलचलमा छ—यसपालि सरकार फेर्न वा संसद् भंगलिनु–जोडिनुका कारण होइन, एमालेले आज सार्वजनिक गर्न लागेको नेशनल भोलियन्टर फोर्स अर्थात् राष्ट्रिय स्वयंसेवक बलका कारण।

पार्टी नेताहरूले यसलाई ‘आम नागरिकको सुरक्षा’का नाममा प्रस्तुत गरे पनि नेताहरूकै शैली सुन्दा यो बल सुरक्षा गार्ड र राजनीतिक उत्साह मिश्रित एउटा बहु–उपयोगी टिम बन्ने देखिन्छ।

बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बिहान ११ बजे यो विशेष बलको उद्घाटन हुँदैछ। प्रमुख अतिथि भन्नेबित्तिकै सबैलाई थाहा—अध्यक्ष केपी शर्मा ओली नै। अहिले नेपालमा कुनै नयाँ संरचना जन्मिँदा ओली उपस्थित नभएजस्तै असम्भव कुरा अरू के नै हुन्छ र?

मार्चपास : ‘शक्तिको प्रदर्शन’ कि ‘बर्चस्व चिनाउने’ कसरत?

घोषणापूर्व एमाले कार्यकर्ताहरू बबरमहलदेखि माइतीघर हुँदै नयाँ बानेश्वरसम्म मार्चपास गर्नेछन्। बाटोमा भिड बढ्दा ट्राफिकले सास फेर्न नपाए पनि, आयोजकले भने यसलाई ‘स्वयंसेवकहरूको शिस्तबद्ध प्रदर्शन’ भन्न छाड्नेवाला छैनन्।

यस मार्चपासलाई कतिपयले एमालेको शक्ति प्रदर्शन भनेका छन्, कतिले ‘राजनीतिक जिम्नास्टिक’। तर, पार्टी नेतृत्व भने यसलाई नयाँ संरचना ‘जनताको बीच देखाउने औपचारिक परेड’ बताइरहेको छ।

जेनजी आन्दोलनपछि एमालेमा ‘संयन्त्र बनाउने दौड’

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि एमालेलाई प्रतिनिधि सभा पुनर्स्थापनाको माग अघि सार्न प्रेरणा मिल्यो। त्यसबेलादेखि पार्टीले एकपछि अर्को संरचना बनाइरहेको छ—सुरक्षाका नाममा, जनताको सुरक्षाका नाममा, र कहिलेकाहीँ पार्टीकै सुरक्षाका नाममा पनि।

पार्टीका कतिपय कार्यकर्ताले यसलाई एमालेको ‘सुरक्षात्मक ड्रेस रिहर्सल’ पनि भन्न थालेका छन्। सामाजिक सञ्जालमा त टिप्पणी झन् कडा— “अब राज्यको सुरक्षा फोर्सभन्दा शक्तिशाली फोर्स एमालेतिर हुने भए।”  “कसरी उपयोग हुन्छ थाहा छैन, तर नाम सुन्दा त हल्कासँग लड्न सक्ने जस्ता लाग्छ।”

जनताको सुरक्षा कि राजनीतिक हाइजिन?

एमालेले भनेको छ—यो फोर्सले नेता, कार्यकर्ता र आम जनताको सुरक्षामा काम गर्नेछ। तर आलोचकहरूका अनुसार  नेता–कार्यकर्ताको सुरक्षा त बुझियो, ‘आम जनताको सुरक्षा’ भने कुन कोणबाट?

नेपालमा सुरक्षा संरचना बनाउने काम सामान्यतः राज्यको जिम्मा हो। तर यहाँ राजनीतिक दलहरूले ‘स्वयंसेवक’, ‘बल’, ‘फोर्स’ जस्ता शब्दले सजिएको आफ्नै टिम बनाइरहेका छन्।
त्यसमाथि एमालेले यसलाई विशेष प्रकारको ‘समाजसेवी फोर्स’ भन्दै प्रचार गरिरहेको छ—जसले ट्राफिकलाई सहयोग गर्न सक्छ, भीड व्यवस्थापन गर्न सक्छ, र आवश्यक भए राजनीतिक स्वायत्तता पनि प्रदर्शन गर्न सक्छ।

नेशनल भोलियन्टर फोर्स सञ्चालनमा आएपछि के–कसरी चल्ने हो, कसरी प्रभाव पार्ने हो, र कुन परिस्थितिमा एकाएक एक्टिभ मोडमा जाने हो ।यो सबै अहिले अनुमानमै छ।

तर एक कुरा पक्का छ ।नेपालमा राजनीतिक दलहरू संरचना बनाउने क्रममा यति क्रियाशील हुन्छन् कि कहिलेकाहीँ सरकारभन्दा उनीहरूकै मोडेल शक्तिशाली देखिन थाल्छ। र आजको कार्यक्रम त्यही सक्रियताको अर्को नमुना हो । झन् ठूलो नाम, झन् ठूलो कार्यक्रम, र झन् ठूलो मार्चपाससहित।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कान्ति लोकपथ राति अस्थायी रूपमा बन्द

आवश्यक सतर्कता अपनाउन आग्रह

थमन विक हत्या प्रकरण : एमालेका पूर्वसांसद लक्ष्मी महतो पक्राउ

महोत्तरी । सशस्त्र प्रहरी बलका असई थमन विक हत्या प्रकरणमा उच्च अदालत जनकपुरबाट दोषी ठहर भएका नेकपा (एमाले)का पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ परेक...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा जोखिम !

सेवा छाडेका कर्मचारीका ४ हजारभन्दा बढी प्रवेश पास अझै सक्रिय

८८१ थान भेप इलेक्ट्रोनिक चुरोट र नगदसहित पाँच जनालाई पक्राउ

काठमाडाैं ।  नेपाल प्रहरीले ८८१ थान भेप (इलेक्ट्रोनिक चुरोट) र नगदसहित पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले कागेश्वरी मन...

राष्ट्रिय सेवा दलसम्बन्धी नयाँ विधेयक संसद्मा

विशेष परिस्थितिमा नागरिकलाई सैन्य तालिम दिने सरकारकाे तयारी

रसुवागढी नाकाको मितेरी पुलबाट आजदेखि सवारी सञ्चालन

रसुवा । रसुवागढी नाकास्थित मितेरी पुलबाट आजदेखि पुनः सवारीसाधन सञ्चालनमा आएका छन्। बेलीब्रिजको प्राविधिक परीक्षण सम्पन्न भएपछि चार दिनपछि केरुङतर्फ सव...

बर्दियाबाट सुरु भयो लालपुर्जा वितरण अभियान

काठमाडौँ । सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले बर्दियाबाट आजदेखि जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण अभियान सुरु गरेकी छन्। बर्दियाको बढैयाता...

बुटवल–३ का वडाध्यक्षलाई पदमुक्त गर्ने आयोगको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

रुपन्देही । सर्वोच्च अदालतले बुटवल उपमहानगरपालिका–३ का वडाध्यक्ष विष्णु ढकाललाई पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम ...

सरकारका १०० दिन : विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठन, अनुसन्धान र स्टार्टअप प्रवर्द्धनमा नयाँ अभ्यास

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले १०० दिनको अवधिमा गरेको महत्वपूर्ण संरचनात्मक सुधारमध्ये छुट्टै विज्ञान, प्रविधि तथा नवप्रवर्त...

आज प्रतिनिधि सभा बैठक बस्दै, सार्वजनिक खरिददेखि सम्पत्ति शुद्धीकरण विधेयक पारित गर्ने तयारी

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे संघीय संसद् भवन, सिंहदरबारमा बस्ने भएको छ। बैठकमा विभिन्न विधेयकमाथि छलफल तथा पारित गर्ने कार्यसूची तय...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending