काठमाडौं । नेपालका लागि नेपाली पार्टीले निर्वाचनका बेला उम्मेदवारहरुले गर्ने खर्च दिनहुँ सार्वजनिक गर्नुपर्ने व्यवस्था गर्न निर्वाचन आयोगलाई सुझाव दिएको छ । विद्युतीय प्रणाली अवलम्बन गर्न पनि उसले सुझाव दिएको छ ।
यसो हुँदा खर्च पादरर्शी र व्यवस्थित हुने सो पार्टीको विश्वास छ । प्रस्तावित निर्वाचन आचारसंहिताउपर सुझाव पठाउँदै यो पार्टीले भनेको छ, ‘चुनाव खर्च व्यवस्थापन प्रभावकारी बनाउन खर्च सीमा उल्लंघन रोक्न डिजिटल ट्रान्जेक्सन अनिवार्य बनाउनुपर्छ ।’
अध्यक्ष सुशीलचन्द्र अधिकारीले पेश गरेको सुझावमा अगाडि भनिएको छ, ‘प्रत्येक उम्मेदवारले दैनिक खर्च विवरण अनिवार्य रूपमा अनलाइन पोर्टलमा अपलोड गर्नुपर्ने व्यवस्था हुनुपर्छ ।’
सहयोग गर्नेहरुको सन्दर्भमा समेत पारदर्शिता अपनाउन भनिएको छ । ‘दातृको विवरण पारदर्शी गराउन अफिसियल फाइनान्स ट्रान्सपरेन्सी पोर्टलसञ्चालन गर्नुपर्छ’ निर्वाचन आयोगलाई दिएको सुझावमा उल्लेख छ ।
साथै, राज्यका स्रोत–साधनको दुरुपयोग रोकथाम सरकारी सवारी, भवन, कर्मचारी, कार्यक्रम आदिको दुरुपयोग भएमा तत्काल निलम्बन/कारबाही गर्न सकिने प्रावधान राख्न भनिएको छ ।
बजेट खर्चलाई रोक लगाइने अवधि स्पष्ट रूपमा परिभाषित गर्नुपर्ने, प्रदेश तथा स्थानीय तहका प्रमुख उपप्रमुखले समेत समान नियम पालन गर्नुपर्छ भन्ने सुनिश्चितता गर्नुपर्ने लगायतका सुझाव दिएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - ११:०७
काठमाडौँ । महोत्तरीका पूर्व नेकपा (माओवादी केन्द्र) जिम्मेवार नेता तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता काशी महतो (करण)को निधन भएकाे छ । महतोको नि...
मंसिर २३ गते, २०८२ - १०:५७
जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५, खलङ्गा बजारको एक मोबाइल पसलमा हालै भएको आगलागीलाई ‘फायर हाइड्रेन्ट’ को प्रयोग गरी नियन्त्रणमा लिइएको छ। दमकल छ...
मंसिर २३ गते, २०८२ - १०:५२
काठमाडौँ । मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र राजनीतिक प्रस्तावलाई लिएर मतभेद सतहमा आएको छ । अध्यक्ष केपी शर...
मंसिर २३ गते, २०८२ - १०:४९
काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घटना काठमाडौँको...
मंसिर २३ गते, २०८२ - १०:४९
रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणि खनाल ‘बलदेव’ले कम्युनिष्ट आन्दोलनभित्र देखिएका असन्तुष्ट धारहरू अन्ततः केपी शर्मा ओलीतर्फै मोडिने...
मंसिर २३ गते, २०८२ - १०:४५
सल्यान । सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुर आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारामा दुर्घटना भएको छ । बसमा यात्रुहरु सवार नभएको र चालकलाई ...
मंसिर २३ गते, २०८२ - १०:४१
उपेक्षा र मर्मत अभावले बायोग्यास प्रणाली धराशायी, ऊर्जा रूपान्तरणमै संकट
मंसिर २३ गते, २०८२ - ०९:५८
तनहुँ । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तर...
मंसिर २३ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...
मंसिर २३ गते, २०८२ - ०६:५५
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...




प्रतिकृया लेख्नुहोस्: