काठमाडौँ । जेन्जी आन्दोलनका क्रममा काठमाडौँको चाबहिल–चुच्चेपाटीस्थित भाटभटेनी सुपरमार्केटमा भएको आगजनी र लुटपाटका दौरान जलेका सात जनाको डिएनए नमूना निकाल्न नसकिएको प्रहरीले जनाएको छ। घटनास्थलबाट भेटिएका अवशेष अत्यन्तै जलेका कारण पहिचानमा समस्या भएको हो।
काठमाडौँ प्रहरी परिसरका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार भित्रबाट मानव कंकाल मात्र जस्तै देखिने खरानी भेटिएपछि त्यसलाई डीएनए परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाइए पनि नमूना निकाल्ने अवस्था छैन।
उनका अनुसार, “सबै अवशेष पूर्णरूपमा जलेका छन्। डीएनए निकाल्न सकिने जैविक सामग्री नै भेटिएन।”
हराएकाका परिवार प्रहरीमा पुगे
आगजनीकै समयमा हराएका ७ जना पुरुषका आफन्त प्रहरी सम्पर्कमा आएको प्रहरीले जनाएको छ। तर डीएनए परीक्षणको आधार नपाएका कारण परिवारको आशंका वैज्ञानिक रूपमा पुष्टि गर्न नसिएको प्रहरी बताउँछ।
प्रवक्ता भट्टराईले भने, “डीएनए ननिस्किएपछि म्याच गरिने अवस्था छैन। विशेष प्रविधि भएको देशमा पठाएर परीक्षण सम्भव हुन्छ कि भन्नेबारे अध्ययन भइरहेको छ।”
खरानीको आकारमा अवशेष
आन्दोलनकै दिन भाटभटेनीको गोदाम–भित्र आगोले पुरै बाधिएपछि खरानीजस्तै रूपमै ७ जना जलेको अवस्थामा अवशेष भेटिएको थियो। आगजनीपछि गोदामभित्र को–को प्रवेश गरेका थिए भन्ने पूर्ण विवरण स्पष्ट नभएकाले पहिचान थप जटिल बनेको प्रहरीले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १६ गते, २०८२ - २१:४४
काठमाडौं । सरकारले ६३ जन उपसचिवको सरूवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरूवा गरेको हो । सरूवा भएका मध्ये निमित्तको भरमा चल...
चैत्र १६ गते, २०८२ - २१:२१
सिड्नी । प्रशान्त महासागरको द्वीप राष्ट्र भानुआटु नजिक शक्तिशाली भूकम्प गए पनि ठूलो क्षतिको जोखिम कम देखिएको छ । युएसजिएसका अनुसार सोमबार ७.३ म्याग्नि...
चैत्र १६ गते, २०८२ - २१:२०
झापा । नेपाल पत्रकार महासङ्घ झापा शाखाले आज १३ जना ज्येष्ठ पत्रकारलाई पेन्सनस्वरुप वार्षिक भत्ता वितरण गरेको छ । महासङ्घको ७१औँ स्थापना दिवसका अवसरमा ...
चैत्र १६ गते, २०८२ - २१:१७
धनकुटा । पूर्वी पहाडलाई चीन र भारतसँग जोड्ने लक्ष्यसहित निर्माणाधीन तमोर करिडोरमा सडक कालोपत्रे भए पनि मोटरेबल पुल निर्माणमा ढिलासुस्ती हुँदा यात्रुहर...
चैत्र १६ गते, २०८२ - २१:१४
काठमाडौं । वीर अस्पतालमा आजदेखि महिलाका लागि निःशुल्क क्यान्सर परीक्षण सेवा सुरु गरिएको छ। काठमाडौं महानगरपालिकाको सहकार्यमा सुरु गरिएको उक्त सेवाअ...
चैत्र १६ गते, २०८२ - २१:०४
काठमाडौँ । कृषि विभागले चैते धानको समर्थन मूल्य सिफारिस गरेको छ । विभागले किसानलाई उचित मूल्य सुनिश्चित गर्न विभिन्न २५ जिल्लामा स्थलगत अध्ययनसहितको प...
चैत्र १६ गते, २०८२ - २०:३३
काठमाडाेैं । सरकारले विभिन्न समयमा गठन गरेका छानबिन समिति र आयोगका प्रतिवेदनहरूलाई दराजमा थन्क्याउने नभई कार्यान्वयन गर्ने दिशामा अगाडि बढेको सरकारका...
चैत्र १६ गते, २०८२ - २०:३०
काठमाडाैं । शिक्षा क्षेत्रको सुधार र विद्यार्थीहरूको मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै सरकारले केही महत्वपूर्ण कदमहरू चालेको छ । सरकारका प्रवक्ता ...
चैत्र १६ गते, २०८२ - २०:२८
काठमाडौं । सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले प्रदेश र संघीय सरकारबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जो...
चैत्र १६ गते, २०८२ - १८:५१
काठमाडौं । जेन्जी प्रदर्शनका क्रममा भएका घटनाको छानबिन गर्न गठित कार्की आयोगले नेपाल सरकारका उपसचिव सुवास पौडेललाई पुरस्कृत गर्न सिफारिस गरेको छ। ग...


प्रतिकृया लेख्नुहोस्: