काठमाडौं । मुलुकका मध्यपहाडी जिल्लालाई पूर्व–पश्चिम यातायात सञ्जालमा जोड्दै आर्थिक, पर्यटन, शिक्षा र समग्र विकासलाई सुदृढ गर्ने लक्ष्यसहित निर्माण भइरहेको पुष्पलाल (मध्यपहाडी) राजमार्गको करिब तीन चौथाइ काम सकिएको छ ।
सडक विभागका अनुसार पूर्वमा पाँचथरको चिवाभन्ज्याङ (नेपाल–भारत सिमाना) देखि पश्चिममा बैतडीको झुलाघाट (महाकाली) सम्म विस्तार हुने यो राष्ट्रिय गौरवको आयोजनाको भौतिक प्रगति ८२ प्रतिशत र वित्तीय प्रगति ८३.२३ प्रतिशत पुगेको छ ।
सहायक प्रवक्ता ई. शुभाञ्जन दाहालका अनुसार राजमार्गको एक चौथाइभन्दा कम काम मात्र बाँकी छ । महेन्द्र राजमार्ग र हुलाकी राजमार्गपछि मुलुकलाई पूर्व–पश्चिम जोड्ने यो तेस्रो विकल्पीय राजमार्ग हो । २६ जिल्लाका २१५ बस्तीलाई जोड्ने यो मार्गबाट करिब एक करोड जनसंख्या प्रत्यक्ष लाभान्वित हुने अपेक्षा छ ।
राजमार्ग सञ्चालनपछि क्षेत्रको आर्थिक–सामाजिक विकासमा प्रभावकारी प्रगति हुने, बसाइँसराइ न्यून हुने र वातावरणीय सन्तुलन कायम रहने दाबी विभागको छ ।
कुल १,८७९ किलोमिटरमध्ये १,५१० किलोमिटर कालोपत्र
दाहालका अनुसार कुल १ हजार ८७९ किलोमिटर लम्बाइको राजमार्गमध्ये १ हजार ५१०.८६ किलोमिटर कालोपत्र भइसकेको छ । २६१.१४ किलोमिटर खण्ड निर्माणाधीन छन् भने १०७ किलोमिटरमा ठेक्का प्रक्रियासमेत बाँकी छ ।
पुल संरचनामा आवश्यक १३७ पुलमध्ये १११ वटा बनिसकेका छन् । २४ पुल निर्माणाधीन छन् भने पहिरोले बगाएका पुलसहित १५ पुलमा ठेक्का प्रक्रिया हुन बाँकी छ ।
आयोजनाको कुल लागत ८४ अर्ब ३३ करोड रुपैयाँ रहेकामा हालसम्म ६५ अर्ब ९७ करोड खर्च भइसकेको विभागले जनाएको छ । चालु आर्थिक वर्ष २०८२/८३ मा ३ अर्ब ५९ करोड रुपैयाँ विनियोजन छ ।
सूचना महामार्ग र आधुनिक सहर विकास
दाहालका अनुसार राजमार्गलाई द्रुत सञ्चारका लागि ‘सूचना महामार्ग’को रूपमा पनि विकास गर्ने तयारी छ । साथै पाँचथरको फिदिम, तेह्रथुमको वसन्तपुर, सिन्धुलीको खुर्कोट, धादिङको बैरेनी, तनहुँको डुम्रे, बागलुङको बुर्तीबाङ, रुकुमको चौरजहारी, दैलेखको राकम कर्णाली, अछामको साँफेबगर र बैतडीको पाटन गरी १० स्थानमा आधुनिक सहर निर्माणको योजना अघि बढाइएको छ ।
रेखाङ्कन र कार्यान्वयन
राष्ट्रिय यातायात नीति २०५८ मा पूर्व–पश्चिम राजमार्गको विकल्पका रूपमा मध्यपहाड हुँदै सडक निर्माण गर्ने सोच अनुसार २०६४/६५ मा परियोजना सुरु भएको हो । मन्त्रिपरिषद्को २०६५ फागुन २६ को निर्णयबाट रेखाङ्कन स्वीकृत भएको थियो ।
आर्थिक वर्ष २०६७/६८ देखि पूर्व (७२१ किमी) र पश्चिम (१,१५८ किमी) गरी दुई खण्डमा निर्माण थालिएको यो परियोजना २०७५/७६ देखि पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजना निर्देशनालय अन्तर्गत पाँच योजना कार्यालयमार्फत सञ्चालन हुँदै आएको छ ।
रुख कटानीको जटिलता, निर्माण सामग्री अभाव, विद्युत्, खानेपानी तथा अन्य युटिलिटी संरचनाको स्थानान्तरण, मुआब्जा/क्षतिपूर्ति विवाद, सडक सीमा विवाद र निर्माण व्यवसायीको लापरबाही मुख्य चुनौती रहेको विभागले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: