काठमाडौं । मुलुकका मध्यपहाडी जिल्लालाई पूर्व–पश्चिम यातायात सञ्जालमा जोड्दै आर्थिक, पर्यटन, शिक्षा र समग्र विकासलाई सुदृढ गर्ने लक्ष्यसहित निर्माण भइरहेको पुष्पलाल (मध्यपहाडी) राजमार्गको करिब तीन चौथाइ काम सकिएको छ ।
सडक विभागका अनुसार पूर्वमा पाँचथरको चिवाभन्ज्याङ (नेपाल–भारत सिमाना) देखि पश्चिममा बैतडीको झुलाघाट (महाकाली) सम्म विस्तार हुने यो राष्ट्रिय गौरवको आयोजनाको भौतिक प्रगति ८२ प्रतिशत र वित्तीय प्रगति ८३.२३ प्रतिशत पुगेको छ ।
सहायक प्रवक्ता ई. शुभाञ्जन दाहालका अनुसार राजमार्गको एक चौथाइभन्दा कम काम मात्र बाँकी छ । महेन्द्र राजमार्ग र हुलाकी राजमार्गपछि मुलुकलाई पूर्व–पश्चिम जोड्ने यो तेस्रो विकल्पीय राजमार्ग हो । २६ जिल्लाका २१५ बस्तीलाई जोड्ने यो मार्गबाट करिब एक करोड जनसंख्या प्रत्यक्ष लाभान्वित हुने अपेक्षा छ ।
राजमार्ग सञ्चालनपछि क्षेत्रको आर्थिक–सामाजिक विकासमा प्रभावकारी प्रगति हुने, बसाइँसराइ न्यून हुने र वातावरणीय सन्तुलन कायम रहने दाबी विभागको छ ।
कुल १,८७९ किलोमिटरमध्ये १,५१० किलोमिटर कालोपत्र
दाहालका अनुसार कुल १ हजार ८७९ किलोमिटर लम्बाइको राजमार्गमध्ये १ हजार ५१०.८६ किलोमिटर कालोपत्र भइसकेको छ । २६१.१४ किलोमिटर खण्ड निर्माणाधीन छन् भने १०७ किलोमिटरमा ठेक्का प्रक्रियासमेत बाँकी छ ।
पुल संरचनामा आवश्यक १३७ पुलमध्ये १११ वटा बनिसकेका छन् । २४ पुल निर्माणाधीन छन् भने पहिरोले बगाएका पुलसहित १५ पुलमा ठेक्का प्रक्रिया हुन बाँकी छ ।
आयोजनाको कुल लागत ८४ अर्ब ३३ करोड रुपैयाँ रहेकामा हालसम्म ६५ अर्ब ९७ करोड खर्च भइसकेको विभागले जनाएको छ । चालु आर्थिक वर्ष २०८२/८३ मा ३ अर्ब ५९ करोड रुपैयाँ विनियोजन छ ।
सूचना महामार्ग र आधुनिक सहर विकास
दाहालका अनुसार राजमार्गलाई द्रुत सञ्चारका लागि ‘सूचना महामार्ग’को रूपमा पनि विकास गर्ने तयारी छ । साथै पाँचथरको फिदिम, तेह्रथुमको वसन्तपुर, सिन्धुलीको खुर्कोट, धादिङको बैरेनी, तनहुँको डुम्रे, बागलुङको बुर्तीबाङ, रुकुमको चौरजहारी, दैलेखको राकम कर्णाली, अछामको साँफेबगर र बैतडीको पाटन गरी १० स्थानमा आधुनिक सहर निर्माणको योजना अघि बढाइएको छ ।
रेखाङ्कन र कार्यान्वयन
राष्ट्रिय यातायात नीति २०५८ मा पूर्व–पश्चिम राजमार्गको विकल्पका रूपमा मध्यपहाड हुँदै सडक निर्माण गर्ने सोच अनुसार २०६४/६५ मा परियोजना सुरु भएको हो । मन्त्रिपरिषद्को २०६५ फागुन २६ को निर्णयबाट रेखाङ्कन स्वीकृत भएको थियो ।
आर्थिक वर्ष २०६७/६८ देखि पूर्व (७२१ किमी) र पश्चिम (१,१५८ किमी) गरी दुई खण्डमा निर्माण थालिएको यो परियोजना २०७५/७६ देखि पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजना निर्देशनालय अन्तर्गत पाँच योजना कार्यालयमार्फत सञ्चालन हुँदै आएको छ ।
रुख कटानीको जटिलता, निर्माण सामग्री अभाव, विद्युत्, खानेपानी तथा अन्य युटिलिटी संरचनाको स्थानान्तरण, मुआब्जा/क्षतिपूर्ति विवाद, सडक सीमा विवाद र निर्माण व्यवसायीको लापरबाही मुख्य चुनौती रहेको विभागले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८२ - १८:०७
झापा । चालु आर्थिक वर्ष २०८२-०८३ को मङ्सिर मसान्तसम्ममा अलैँचीको निर्यात ६० दशमलव १० प्रतिशतले बढेको छ । मेची भन्सार कार्यालयको तथ्याङ्कअनुसार उक्त अव...
पौष १२ गते, २०८२ - १८:०५
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले देश अब नयाँ सोच, नयाँ नेतृत्व र नयाँ दिशासहित अगाडि बढ्...
पौष १२ गते, २०८२ - १८:०३
हेटाैँडा । बागमती प्रदेशका जिल्लाहरूमा यस वर्ष धानबाली उत्पादनमा सामान्य वृद्धि भएको छ । बागमती प्रदेश कृषि विकास निर्देशनालयका अनुसार बागमती प्रदेशका...
पौष १२ गते, २०८२ - १८:००
काठमाडाैं । जेन–जी आन्दोलनपछि ७ लाख ३५ हजार ४५९ जना नयाँ मतदाता थपिएका छन् । आन्दोलनपछि २१ फागुनका लागि निर्वाचन घोषणा भएसँगै निर्वाचन आयोगले ९ अस...
पौष १२ गते, २०८२ - १७:५६
काठमाडाैं । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ। आइतबार बिहान ११ बजे बस्ने गरी पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बोलाइएको हो । बै...
पौष १२ गते, २०८२ - १७:५३
उदयपुर । उदयपुरमा प्रहरीले सातसय ६३.७६ किलोग्राम गाँजासहित दुईजना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय बेल्टार र लागूऔषध नियन्त्रण ब्युरो विराट...
पौष १२ गते, २०८२ - १७:४५
काठमाडौं । मुलुक लामो समयदेखि राजनीतिक संक्रमण, अन्योल र अविश्वासको घेरामा परिरहेको बेला आउँदो फागुन २१ गते तय गरिएको निर्वाचन अब टर्ने छैन भन्ने स्पष...
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...




प्रतिकृया लेख्नुहोस्: