कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ नौखरीका व्यावसायिक तरकारीखेतीमा संलग्न किसान महादेव चौधरीले यस वर्ष पहिलोपटक टिपिएस (ट्रयु पोटेटो सिडस) विधिबाट आलुखेती गरे। आलुको बिँडाबाट प्राप्त वास्तविक बियाँ प्रयोग गरी नर्सरीमा बिरुवा उत्पादन गरेपछि खेतमा सारेर उनले बिरुवा रोपे।
टिपिएस विधिबाट प्राप्त बिरुवा रोगप्रतिरोधी, स्वस्थ र बढी उत्पादन दिने भएकाले यसलाई प्राथमिकता दिएकाे चाैधरीले बताए। “पहिले बियाँ रोपेर वेर्ना बनायौँ, त्यसपछि खेतमा सारेर रोप्यौँ”, उनले भने, “यसबाट आगामी वर्ष रोगमुक्त उच्च गुणस्तरको बीउ उत्पादन गर्ने लक्ष्य छ।”
एक दशकदेखि व्यावसायिक तरकारीखेतीमा संलग्न चौधरीका लागि टिपिएस विधि बियाँ उत्पादनतर्फको प्रवेशको पहिलो अनुभवका रूपमा रहेको छ। आधुनिक आलु उत्पादन प्रविधि उपयोग गरेर बीउ उत्पादन लागत घट्ने, रोगको जोखिम कम हुने र उत्पादन वृद्धि हुने भएकाले नयाँ विधि अपनाए।
हाल उनले दुई कट्ठा क्षेत्रमा बियाँबाट तयार पारिएका आलुका बिरुवा रोपेका छन्। आउँदो वर्ष दश कट्ठा जग्गामा यसै विधिबाट उत्पादन भएको मूल बीउ रोपेर रोगमुक्त आलु बीउ उत्पादन गर्ने लक्ष्य राखेका छन्। टिपिएसबाट उत्पादन हुने बीउको मूल्य अधिक हुने भएकाले आम्दानीमा उल्लेख्य वृद्धि हुने उनको अपेक्षा छ। उनले हाल आलुसँगै काउली, गोलभेडा, खुर्सानी, बन्दागोभी, तिते करेला, काँक्रा, लौका, फर्सी र तने बोडी गरी दश कट्ठा क्षेत्रफलमा विविध सागसब्जीखेती गर्दै आएका छन्।
सागसब्जी उत्पादनबाट उनले वार्षिक रु सात लाखभन्दा बढी आम्दानी गर्दै आएका छन्। “टिपिएस आलुखेतीलाई भविष्यमा बीउ उत्पादन तथा आधुनिक तरकारी व्यवसाय विस्तारको मुख्य आधारका रूपमा लिएको छु”, उनले भने, “यसरी उत्पादन भएको आलुको बीउलाई व्यावसायिक रूपमा आलुखेती गर्ने किसानलाई उपलव्ध गराउने योजना छ।”
पहिलो पुस्ताको आलुको बीउ प्रयोग गरी खेती गरिए उत्पादन बढ्नुका साथै छ वर्षसम्म बीउका रूपमा प्रयोग गर्न सकिने उनी बताउँछन्। यस प्रविधिबाट आलुको बीउ उत्पादन गर्न किसानलाई सिकाउने उनले उद्देश्य लिएका छन्। बाह्य जिल्लाका किसानले बियाँबाट बिरुवा तयार गरी आलु रोपेको देखेर उनले त्यो तरिका सिकेर आलुको बीउ उत्पादनमा संलग्न भएका हुन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८२ - १८:१०
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको बताएका छन् । गृहमन्त्रालयको नेतृत्व सम्हालेको एक सय दिने का...
पौष १२ गते, २०८२ - १८:०७
झापा । चालु आर्थिक वर्ष २०८२-०८३ को मङ्सिर मसान्तसम्ममा अलैँचीको निर्यात ६० दशमलव १० प्रतिशतले बढेको छ । मेची भन्सार कार्यालयको तथ्याङ्कअनुसार उक्त अव...
पौष १२ गते, २०८२ - १८:०५
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले देश अब नयाँ सोच, नयाँ नेतृत्व र नयाँ दिशासहित अगाडि बढ्...
पौष १२ गते, २०८२ - १८:०३
हेटाैँडा । बागमती प्रदेशका जिल्लाहरूमा यस वर्ष धानबाली उत्पादनमा सामान्य वृद्धि भएको छ । बागमती प्रदेश कृषि विकास निर्देशनालयका अनुसार बागमती प्रदेशका...
पौष १२ गते, २०८२ - १८:००
काठमाडाैं । जेन–जी आन्दोलनपछि ७ लाख ३५ हजार ४५९ जना नयाँ मतदाता थपिएका छन् । आन्दोलनपछि २१ फागुनका लागि निर्वाचन घोषणा भएसँगै निर्वाचन आयोगले ९ अस...
पौष १२ गते, २०८२ - १७:५६
काठमाडाैं । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ। आइतबार बिहान ११ बजे बस्ने गरी पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बोलाइएको हो । बै...
पौष १२ गते, २०८२ - १७:५३
उदयपुर । उदयपुरमा प्रहरीले सातसय ६३.७६ किलोग्राम गाँजासहित दुईजना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय बेल्टार र लागूऔषध नियन्त्रण ब्युरो विराट...
पौष १२ गते, २०८२ - १७:४५
काठमाडौं । मुलुक लामो समयदेखि राजनीतिक संक्रमण, अन्योल र अविश्वासको घेरामा परिरहेको बेला आउँदो फागुन २१ गते तय गरिएको निर्वाचन अब टर्ने छैन भन्ने स्पष...
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...




प्रतिकृया लेख्नुहोस्: