काठमाडौं। गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगजनी र त्यसपछिको बाढीका कारण क्षतिग्रस्त च्यासलस्थित नेकपा एमालेको मुख्यालय भवनले नयाँ रूप पाएको छ।
आन्दोलनका क्रममा भवनको पहिलो तल्ला र कार्यालय क्षेत्र व्यापक रूपमा क्षतिग्रस्त भएका थिए । झ्याल ढोका, कार्यालय फर्निचर ध्वस्त पारीएका थिए भने रंगरोगन बिग्रीएकाे थियो ।
महत्वपूर्ण कागजात तथा कार्यालय सामग्रीमा पनि क्षति पुगेको एमालेले बताएकाे थियो। भवनको क्षति अवस्थालाई मध्यनजर गर्दै एमालेले तत्काल मर्मत र रंगरोगनको योजना ल्याएको थियो।
सञ्चालनमा ल्याइएको मर्मतकार्यमा भित्ते पर्खालको रंगरोगन, झ्याल ढोकाको मर्मत, छतको सुधार तथा कार्यालयकाे भित्री सजावट समेत नयाँ बनाइएकाे छ । साथै, कार्यालयमा क्षतिग्रस्त फर्निचर र उपकरणहरूको पनि प्रतिस्थापन गरिएको एमालेले जनाएफकाे छ।
एमालेका नेता तथा कर्मचारीहरूले भवनको मर्मतपछि कार्यालय सञ्चालन पूर्ण रूपमा सुचारु भएको बताएका छन् । भवनको मर्मत कार्यपछि कार्यालयको दैनिक कामकाज सहज हुने उनीहरुकाे भनाइ छ । अब कार्यालयमा जनसहभागिता र पार्टीका गतिविधिहरू नियमित रूपमा अघि बढ्न सक्ने बताइएकाे छ ।
भवन पुनः सञ्चालनमा आएसँगै पार्टीका बैठक, प्रशिक्षण, र कार्यकर्ता समन्वय कार्यक्रमहरू पनि पूर्ववत् रूपमा हुन थालेका छन् । यसले पार्टीको आन्तरिक कार्यशैली र जनसम्पर्कमा पनि सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
एमालेले आगामी दिनमा सुरक्षा प्रणाली थप सुदृढ गर्दै भवनमा आवश्यक सावधानी अपनाउने योजना बनाएको छ। पार्टीका पदाधिकारीहरूले भने, यस अनुभवले भवनको दीर्घकालीन संरक्षण र आकस्मिक परिस्थितिप्रति तयार रहनुपर्ने महत्व स्पष्ट भएको छ।



यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १६ गते, २०८२ - २१:४४
काठमाडौं । सरकारले ६३ जन उपसचिवको सरूवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरूवा गरेको हो । सरूवा भएका मध्ये निमित्तको भरमा चल...
चैत्र १६ गते, २०८२ - २१:२१
सिड्नी । प्रशान्त महासागरको द्वीप राष्ट्र भानुआटु नजिक शक्तिशाली भूकम्प गए पनि ठूलो क्षतिको जोखिम कम देखिएको छ । युएसजिएसका अनुसार सोमबार ७.३ म्याग्नि...
चैत्र १६ गते, २०८२ - २१:२०
झापा । नेपाल पत्रकार महासङ्घ झापा शाखाले आज १३ जना ज्येष्ठ पत्रकारलाई पेन्सनस्वरुप वार्षिक भत्ता वितरण गरेको छ । महासङ्घको ७१औँ स्थापना दिवसका अवसरमा ...
चैत्र १६ गते, २०८२ - २१:१७
धनकुटा । पूर्वी पहाडलाई चीन र भारतसँग जोड्ने लक्ष्यसहित निर्माणाधीन तमोर करिडोरमा सडक कालोपत्रे भए पनि मोटरेबल पुल निर्माणमा ढिलासुस्ती हुँदा यात्रुहर...
चैत्र १६ गते, २०८२ - २१:१४
काठमाडौं । वीर अस्पतालमा आजदेखि महिलाका लागि निःशुल्क क्यान्सर परीक्षण सेवा सुरु गरिएको छ। काठमाडौं महानगरपालिकाको सहकार्यमा सुरु गरिएको उक्त सेवाअ...
चैत्र १६ गते, २०८२ - २१:०४
काठमाडौँ । कृषि विभागले चैते धानको समर्थन मूल्य सिफारिस गरेको छ । विभागले किसानलाई उचित मूल्य सुनिश्चित गर्न विभिन्न २५ जिल्लामा स्थलगत अध्ययनसहितको प...
चैत्र १६ गते, २०८२ - २०:३३
काठमाडाेैं । सरकारले विभिन्न समयमा गठन गरेका छानबिन समिति र आयोगका प्रतिवेदनहरूलाई दराजमा थन्क्याउने नभई कार्यान्वयन गर्ने दिशामा अगाडि बढेको सरकारका...
चैत्र १६ गते, २०८२ - २०:३०
काठमाडाैं । शिक्षा क्षेत्रको सुधार र विद्यार्थीहरूको मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै सरकारले केही महत्वपूर्ण कदमहरू चालेको छ । सरकारका प्रवक्ता ...
चैत्र १६ गते, २०८२ - २०:२८
काठमाडौं । सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले प्रदेश र संघीय सरकारबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जो...
चैत्र १६ गते, २०८२ - १८:५१
काठमाडौं । जेन्जी प्रदर्शनका क्रममा भएका घटनाको छानबिन गर्न गठित कार्की आयोगले नेपाल सरकारका उपसचिव सुवास पौडेललाई पुरस्कृत गर्न सिफारिस गरेको छ। ग...


प्रतिकृया लेख्नुहोस्: