काठमाडौं। गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगजनी र त्यसपछिको बाढीका कारण क्षतिग्रस्त च्यासलस्थित नेकपा एमालेको मुख्यालय भवनले नयाँ रूप पाएको छ।
आन्दोलनका क्रममा भवनको पहिलो तल्ला र कार्यालय क्षेत्र व्यापक रूपमा क्षतिग्रस्त भएका थिए । झ्याल ढोका, कार्यालय फर्निचर ध्वस्त पारीएका थिए भने रंगरोगन बिग्रीएकाे थियो ।
महत्वपूर्ण कागजात तथा कार्यालय सामग्रीमा पनि क्षति पुगेको एमालेले बताएकाे थियो। भवनको क्षति अवस्थालाई मध्यनजर गर्दै एमालेले तत्काल मर्मत र रंगरोगनको योजना ल्याएको थियो।
सञ्चालनमा ल्याइएको मर्मतकार्यमा भित्ते पर्खालको रंगरोगन, झ्याल ढोकाको मर्मत, छतको सुधार तथा कार्यालयकाे भित्री सजावट समेत नयाँ बनाइएकाे छ । साथै, कार्यालयमा क्षतिग्रस्त फर्निचर र उपकरणहरूको पनि प्रतिस्थापन गरिएको एमालेले जनाएफकाे छ।
एमालेका नेता तथा कर्मचारीहरूले भवनको मर्मतपछि कार्यालय सञ्चालन पूर्ण रूपमा सुचारु भएको बताएका छन् । भवनको मर्मत कार्यपछि कार्यालयको दैनिक कामकाज सहज हुने उनीहरुकाे भनाइ छ । अब कार्यालयमा जनसहभागिता र पार्टीका गतिविधिहरू नियमित रूपमा अघि बढ्न सक्ने बताइएकाे छ ।
भवन पुनः सञ्चालनमा आएसँगै पार्टीका बैठक, प्रशिक्षण, र कार्यकर्ता समन्वय कार्यक्रमहरू पनि पूर्ववत् रूपमा हुन थालेका छन् । यसले पार्टीको आन्तरिक कार्यशैली र जनसम्पर्कमा पनि सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
एमालेले आगामी दिनमा सुरक्षा प्रणाली थप सुदृढ गर्दै भवनमा आवश्यक सावधानी अपनाउने योजना बनाएको छ। पार्टीका पदाधिकारीहरूले भने, यस अनुभवले भवनको दीर्घकालीन संरक्षण र आकस्मिक परिस्थितिप्रति तयार रहनुपर्ने महत्व स्पष्ट भएको छ।



यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ११ गते, २०८२ - २२:०६
ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...
पौष ११ गते, २०८२ - २१:४९
सिन्धुली । सिन्धुली- २ बाट नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम प्रत्यक्षतर्फ उम्मेद्वारका रूपमा सिफारिस गरिएको छ । फागुन २१ गते निर्धारित प्...
पौष ११ गते, २०८२ - २१:२४
अख्तियार अनुसन्धानको क्रममा प्रशासनिक सरुवा, म्याग्दीबाट जगेडा हुँदै नयाँ जिम्मेवारीमा
पौष ११ गते, २०८२ - २१:११
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच गठबन्धन र एकताको प्रयास जारी रहँदा संसद् विघटनपछि कांग्रेस र एमाले पनि निरन्तर संवादमा रहेका छन्। विशेषगरी आग...
पौष ११ गते, २०८२ - २१:०८
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्युठानले ७ जनाको उम्मेदवार सिफारिस गरेको छ। निर्व...
पौष ११ गते, २०८२ - २१:०४
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् पुनर्स्थापना नहुने दाबी गर्दै अबको राजनीतिक निकास निर्वाचन नै भएको बताएक...
पौष ११ गते, २०८२ - २०:५४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)बीच आज हुने भनिएको सहमति शनिबारका ला...
पौष ११ गते, २०८२ - २०:२०
काठमाडौं । सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर...
पौष ११ गते, २०८२ - २०:०५
काठमाडौं । भारतले बंगलादेशमा हिन्दू, ईसाई र बौद्धलगायत धार्मिक अल्पसंख्यक समुदायविरुद्ध शत्रुता र हिंसा बढ्दै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ।...
पौष ११ गते, २०८२ - २०:०४
धनगढी । श्रीमान्–श्रीमतीको सम्बन्ध मात्र होइन, पार्टी नेतृत्वसमेत फरक–फरक धारमा पुगेपछि छुट्टिएका रेशम चौधरी र रञ्जिता श्रेष्ठ पुनः एउटै राजनीतिक यात्...




प्रतिकृया लेख्नुहोस्: